समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकूण्डेमा संस्कृति झल्कने संग्रालय

Sangralaye

बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई र सार्की जातिको बसाई छ । सबै जातिले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री, पहिला प्रयोग भएर लोप हुन लागेका बस्तुहरुलाई पनि यहाँ संग्रहित गरिएको संग्राहलय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर थापाले बताए । झण्डै एक करोड लागतमा बनेको दुई तले संग्राहलय भवनमा तालिम हल, शौचालय, पाहुना कोठा समेत बनाइएको छ । भौतिक पूर्वाधार बाहेक संग्राहलयलाई देशभरका मानिस आएर अवलोकन गर्न मिल्ने बनाउने लक्ष्य राखिएको उनले बताए । 'नाम भकुण्डे संग्राहलय दिएपनि हामीले कम्तिमा मगर, बाहुनक्षेत्री र दलित ईतिहास र संस्कृतिको अध्ययनस्थल बनाउन लागेका हौं' थापाले भने, 'प्रारम्भिक चरणमा भेटिएसम्मका बस्तुहरु ल्याएर राखेका छौं, अझै धेरै बिषय र बस्तुहरु खोजी गर्ने क्रममा छौं ।' संग्राहलय बनेपछि विश्वविद्यालय तहका विद्यार्थीको अध्ययनको गन्तव्य समेत बन्न थालेको छ । भकुण्डेमा होमस्टे पनि संचालनमा छ ।
त्यहाँ बसेर अध्ययन गर्ने, गोष्ठी, तालिमहरु संचालन गर्ने लगायतमा यो संग्राहलय कोषेढुंगा भएको सिन्धुपाल्चोकका नानीराम सुवेदीले बताए । 'संस्कृतिको अध्ययन गर्न पाईने, तालिम पनि संचालन गर्न पाईने बुझेर ३ दिनको प्याकेज लिएर आएको थिए, सफल भयौं' सुवेदीले भने, 'उच्च पहाडी स्थान भएकोले बैसाखमा पनि जाडोको महसुस गर्दै बस्न पायौं ।' २ हजार २ सय मीटरको उचाईको भकुण्डेमा सधै शितल वातावरण समेत छ । यहाँ किसानहरुले प्रयोग गर्ने हलो जुवाको नमूना पनि हेर्न पाईन्छ । जातीय रुपमा लगाईने पोशाकलाई पहिचानसहित राख्ने योजना बनाएको थापाले बताए । मगर संस्कृतिमा भाँङ्ग्रो, बख्खु, धोती लगायतका कपडा लगाउने चलन छ । त्यस्तै विभिन्न प्रकारका माला, नाक र कानमा लगाउने गहनाको नमूना, मगरको बिवाह लगायतका संस्कारमा प्रयोग हुने सामाग्रीहरु समेत यहाँ सजाइएको छ । स्थानीय अगुवाहरुले भकुण्डेबाट लोप भैसकेका कतिपय सामाग्री अन्यत्र गएर खोजी गर्दै ल्याउने क्रम समेत थालेका छन् । यहाँ घरेलु तान प्रयोग गरेर कपडा समेत बुनिएको ईतिहास छ ।
लोप हुन लागेको ईतिहास जोगाउन प्रयोग भएका तानका जीर्ण टुक्राहरु समेत राख्ने थापाले बताए । आधुनिक कुटानी पिसानी मिलले लोप हुन लागेका ढीकी जाँतोलाई यहाँ सजाएर राख्ने तयारी छ । 'हामीले कसरी रात दिन ढिकीमा धान कुट्थ्यौं भन्ने कुरा बालबालिकालाई बुझाउनुपर्ने छ' स्थानीय अप्सरा थापाले भनिन्, 'पानी घट्टहरु त अहिलेका युवाले पनि बिर्सन लागिसकेका छन् ।' कुनै सेवा सुविधा नभएको जमानामा मानिसले निर्वाह गरेका दैनिकी संग्राहलयमा पुग्दा जान्ने बनाउन लागेको उनले बताईन् । यो अभियानका लागि तीन बर्ष अघिदेखि निर्माणको काम थालिएको थियो । तत्कालिन जिविसले २९ लाख रुपैयाँ, शिक्षा र संस्कृतिमा काम गरेको स्वान नामक गैरसरकारी संस्थाले ६० लाख सहयोग गरेपछि अरु काममा स्थानीयले श्रमदान गरेका हुन् । केहीले नगदै पनि सहयोग गरेका थिए । आर्कषक भवनको रुपमा बनिसकेकोले स्थानीयले अझै रकम संकलन गरेर घेराबार लगाउने तयारी थालेका छन् ।

writing in Janamanch.com

Date: 5/23/2018 1:48:11 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसंख्या रहेको more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप्रतिनिधिलाई सो more..

हाम्रो टिम

Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar Shyam Kumar Thapa Magar Durgesh Thapa Magar Mahesh Thapa Magar Technical support Darbin Pulamee

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

स्वास्थ्य चौकी
उप स्वास्थ्य चौकी, भकुन्डे, बागलुङ स्था: २०५२ क्र.म. महिला स्वास्थ्य स्वयंसेविकाहरू   ठेगना भकुन्डे उप स्वास्थ्य चौकी व्यवस्थापन समिति १ रूपा था more..

शिक्षा
भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा more..