आऊ तिमी जसरी पनि आऊ
तिमी निरन्तर आऊ
सुनौलो भविष्य लिएर आऊ
गरिबी घटाउन र कृत्रिम मूल्य वृद्धि हटाउन आऊ
सुशासनको प्रत्याभूति गराउन र नागरीक स्यावासी पाउन
वैदेशिक लगानीको सकारात्मक प्रतिफल हासिल गर्न
तिमी जसरी पनि आऊ है ।
अत्यधिक मात्राको परियोजनाको लागत र द्धन्द्ध घटाउन
अशान्ति, कलह र सामाजिक विकृति हताउन
नैतिक मूल्य र कानुनी राज्यको आत्मसात गराउन
प्रशासनलाई जनमैत्री र सदाचार युक्त बनाउन
विकासका पूर्वाधार खडा गरी संस्थगत पुंजीको निर्माण गर्न
तिमी जसरी पनि आऊ
किनकी तिम्रो अपरीहार्य महसुस जनताको तहमा तत्काल भएको छ ।
राष्ट्रलाई बदनाम हुनबाट जोगाउन
सत्तामा भ्रष्ट राजनीतिको बाहुल्यता न्यून गर्न
स्रोत र साधनको पूर्ण सदुपयोग गर्न
भ्रष्टाचार विरूद्धका महासन्धीहरू लागु गर्न
सुचना र प्रविधिको युगको भरपुर उपयोग गर्न
तिमी विश्वालाई एकछत्र राज गर्न आऊ
सुशासन तिमी शब्दमा जस्तै
कार्यशैली र व्यवहारमा तिमी आऊ
अनुभुति गर्ने गरी योजनावद्ध तरिकाले आऊ
सुशासन तिमी विकल्प सहित आऊ
निरोधात्मक उपाय र दण्डत्मक उपाय लिएर आऊ
उपचारात्मक उपाय र प्रवर्द्धनात्मक उपाय लिएर आऊ
सुशासन नआई सुखै छैन
तिमी जसरी पनि आऊ
सुशासन तिमी पारदर्शिता र जवाफदेहिता बोकेर आऊ
मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता, कानुनको शासन स्थापीत
गर्न
भ्रष्टाचारको कुचक्रलाई न्युनीकरण गर्ने गरी
सुशासन तिमी आऊ
किनकी अन्याय र अत्याचारको विरूद्ध लडी
समानता र स्वतन्त्रता कायम गर्न
सामाजीक न्याय र नागरीक मूल्य मान्यता स्थापीत गर्न
राज्य विरूद्धको अपराध रोक्न
विकसित देश जस्तै विकासोन्मुख मुलुकलाई पूर्याउन
तिमी सुशासन आऊ
तिमी कुशासनको विरूद्धमा आऊ
तिमी सदाचारको पक्षमा आऊ
तिमी राज्यको पक्षमा आऊ
तिमी सुशासन आऊ
याम बहादुर थापा मगर
भकुण्डि - ३, बागलुङ
हाल-जिल्ला शिक्षा कार्यालय बेनी,
म्यग्दी
Date: 10/8/2012 7:24:23 पूर्वाह्न :: Yam Thapa