तिमीलार्इ निम्तो छ है
जसरी पनि समय मिलाएर अउनु है
निम्तोको कार्यक्रम जांड, रक्सी खाएर रमाइलो गर्न होइन
कलह, झगडाको, कुटाकुटको मिलापत्र गर्न होइन
तर तिमी मेरो निम्तो मान्न आउनुपर्छ ।
विवाहको पार्टी, वर्तबन्धको, जन्मदिनको शुभकामना बाध्न पनि
होइन
तिमीलार्इ अश्चर्य लाग्न सक्छ
तर तिमीलार्इ निम्तो छ है ।
खुटा तानाताको लुछाचाडीबाट मुक्त पार्न
सकारात्मक सोचको विकास गर्न
जिवनको मुल्य र मान्यताको सार्थकता खोज्न
रणनीति, उद्देश्य र लक्ष्य बोक्न
संगत गुनाको फल निर्माण गर्न
समाजको जागरण आन्दोलनमा सहभागी हुन
भार्इ तिमीलार्इ निम्तो छ है ।
दिनहुं विदेशीने प्रतिभालार्इ रोकी उत्पादकत्व बढाउन
लगानीको मैत्रीपूर्ण वातावरण निर्माण गर्ने योजना बुन्न
रीस, राग द्धेषको न्यूनीकरण गर्न
कुलतको संस्कार र संस्कृतिलार्इ हटाउन
संगठित मोर्चा निर्माण गर्ने चोतारेको बैठकमा
बैनी तिमीलार्इ निम्तो छ है ।
सुचना र प्रविधिको दुरूपयोयगलार्इ रोकी
गुणात्मक फाइदा अधिक रूपमा प्राप्ती गर्नको लागि
सृजनात्मक क्षमता बढाउने साहित्यीक कार्यक्रमको नेतृत्व गर्न
युवाको सुनौलो भविष्य निर्माण गर्न
बुढाबुढीहरूको आत्मपरक ज्ञानको अनुभूति सात्क्षतकार गर्न
दाजु तपार्इलार्इ निम्तो छ है ।
बालबलिकाको अनिबानीमा परिवर्तन ल्याउन
अध्ययन कलाको निरन्तर विकास गर्न
काका काकी, अमा बाबा, साइला साइली सबैलार्इ निम्तो छ है
भोज भतेरको निम्तोबाट वाक्क भएकाहरूलार्इ
अब खाने र पिउने भन्दा पनि केही परिवर्तन गर्न
छलफल र बहसका लागि चुल्है पनि निम्तो छ है ।
याम बहादुर थापा मगर
भकुण्डि - ३, बागलुङ
हाल-जिल्ला शिक्षा कार्यालय बेनी, म्यग्दी
Date: 10/8/2012 7:25:15 पूर्वाह्न :: Yam Thapa