कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

सूचना प्रविधिको युगमा भकुण्डे डट कम डट एनपी

an image

विषय प्रवेश

बागलुङ जिल्लाको पर्यटकीय सम्भावना बोकेको भकुण्डे गाउँ विकास समितिका युवा साथीहरूको पहलमा विश्वको बदलिदो परिवेशसँगै स्थानीय स्तरमा सृजनात्मक माहोललार्इ विश्व समुदायसँग जोडन सफल भएकोम धन्यवाद दिदै भकुण्डे डट कम डट एनपीले आगामि दिनमा दिर्घकालसम्म निरन्तरता पाओस भन्ने शुभकामना व्यक्तिगत र समग्र भकुण्डेवासीको तर्फबाट व्यक्त गर्न चाहान्छु । पहिलो वर्ष सफलता पूर्वक पार गरी दोस्रो वर्षमा प्रवेश गरेको सन्दर्भमा सम्पूर्ण आम सरोकारवाला साथीहरूलार्इ तन, मन, वचन सहित आर्थिक, भौतिक र नैतिक सहयोग गर्नको लागि अनुरोध गर्दै भकुण्डे डट कम डट एनपीलार्इ दिर्घजिवी बनाउन आग्रह गर्दछु । व्यक्तिगत रूपमा वेवसाइट खोल्ने वर्तमान युगमा हामी भकुण्डे वासीको नाममा एउटा मात्र  सामाजिक उत्तरदात्यिव र जिम्मेवारी बोकेको सुचना र प्रविधिको उपकरण माझमा आउनु पक्कै पनि गर्विलो इतिहासको रूपमा लिन सकिन्छ । अबको दिनमा मानिसहरू सुचना र प्रविधिको सहायता विना बाँच्ने कल्पना पनि गर्न नसक्ने अवस्थाको सृजना भर्इ सकेको अवस्था भकुण्डे वासीलार्इ अग्रगती दिनमा सफल संजाललार्इ हृदय देखिनै धन्यवाद दिन चाहान्छु । आगामिदिनमा थप गुणात्मक विकास गर्नको लागि शुभकामना युक्त लेखलार्इ नेपालको सुचना र प्रविधिको क्षेत्रमा तय गरिएको योजना, नीतिहरूको बारेमा सामान्य रूपमा विश्लेषण गरेर प्रस्तुत गर्ने जर्मको गरेको छु ।

नेपालको सन्दर्भमा सूचना प्रविधि नीतिको समिक्षा

नेपाल अल्पविकसित देश भएकोले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार लगायतक आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकासमा सूचना प्रविधिको क्षेत्रमा प्रविधिको क्रममा प्रयोग भएपनि सर्वत्र क्षेत्रमा प्रयोग हुन नसकेको अवस्था छ । वि.स. २०२८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा प्रयोग भएपनि सर्वत्र क्षेत्रमा प्रयोग हुन नसकेको अवस्था छ । उदारीकरणको क्रमले नीजि क्षेत्रको संलग्नता व्यापक बन्दै गएको छ ।

नवौ योजना (२०४५ देखि २०५९) मा विद्यालयहरूमा कम्प्युटर शिक्षा विस्तार गर्न, उच्च शिक्षा अध्ययनको लागि अपचारिक शिक्षा तथा उच्च तालिमको व्यवस्था गर्न, स्तरिय विद्यालय र सूचना प्रविधि व्यवस्थापनमा कम्प्युटरको उपयोगमा जोड दिने गरेको पाइन्छ । विश्वविद्याललार्इ सूचना प्रविधि शिक्षाको विकास र विस्तारका लागि अनुदान सहयोग उपलब्ध गराइएको सूचना प्रविधि नीति २०५७ जारी गरिएको र विद्युतीय कारोवार ऐन, नियम तयार गरिएको तथा बनेपामा सूचना प्रविधि पार्कको निमार्ण शुरू भएको पाइन्छ ।

सूचना प्रविधि नीति, २०५७ ले नेपाललार्इ सूचना प्रविधिको विश्व मानचित्रमा स्थपित गर्ने परिकल्पना (Vision) लार्इ सूचना प्रविधिको पहुँच सर्वसाधारण जनतामा पुर्यार्इ रोजगारीमा अभिवृद्धि गर्ने ज्ञानमा आधारित समाज र ज्ञानमा आधारित उद्योग स्थापना लिएको थियो ।

 

दशौं योजना (२०५९ देखि २०६४)मा सूचना प्रविधिको पहुंच सर्वसाधारणमा पुर्यार्इ यसका माध्यमबाट सुशानस एवं सामाजिक आर्थिक सेवाहरू सुलभ गराउने, रोजगारी अभिवृद्धि गर्न, ज्ञानमा आधारित समाज निमार्णमा टेवा पुर्याउने र ज्ञानमा आधारित उद्योग व्यवसायको प्रवर्द्धन गराउने उद्देश्य अनुरूप विद्युतय सरकार कार्यान्वयनका लागी (E - Government Master Plan) कार्यान्वयन गरेको अवस्था छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको स्थापना, सूचना प्रविधि उच्चस्तरीय आयोग र राष्ट्रिय सूचना प्रविधि केन्द्र मार्फत मुलुकका विभिन्न सार्वजनिक विद्यालय एवं सामुदायीक संस्थाहरूमा सामुदायिक ग्रामीण सूचना केन्द्र स्थापना भै संचालनमा आएको अवस्था छ ।  

तीन वर्षे अन्तरिम योजनाले सूचना तथा सञ्चार प्रविधिमा जनताको पहुँच वृद्धि, विद्युतिय सरकार कार्यान्वयन र संस्थागत क्षमता अभिवृद्धि लगायतका रणनीतिक उद्देश्य प्राप्तिका लागि परेको अवस्थाप छ ।

सुचना र प्रविधि नीति, २०६७ ले पनि दूरदृष्टि (Vision) मा नेपाललार्इ विश्व मानचित्रमा स्थापित गर्दै ज्ञानमा आधरित समाजमा रूपान्तरण गर्नु, परिदृश्य (Mission) मा नेपालमा सूचना प्रविधिको समुचित लक्ष्यहरू प्राप्त गर्ने र लक्ष्य (Goal) मा नेपालमा सूचना प्रविधिको उपयोगद्वारा सामाजिक एवं आर्थिक विकास लक्ष्यहरू हासिल गर्दै गरिवी न्यूनीकरण गर्ने लिएको पाइन्छ ।  

भकुण्डेको विकासमा सूचना प्रविधि

विकास निरन्तर चलिरहने सकारात्मक प्रतिफलको आशाले गरीने क्रियाकलापको उपजको रूपमा लिन सकिन्छ । सूचना नै शक्तिक हो । सूचना वा जनकारी विनाको परिवेश कल्पना गर्न सकिदैन । उपयुक्त प्रविधि मार्फत सहज रूपमा कम समय, कम स्रोतको खर्च मार्फत अधिकतम प्रतिफल हासिल गर्नको लागि उपुक्त मानिन्छ । विकसले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वधार, राजनीति, आर्थिक लगायत समग्र पक्षमा बहुआयामिक हिसावले ध्यान केन्द्रित गरेको हुन्छ । भौतिक विकास भन्दा पनि आधारभुत रूपमा बौद्धिक विकसले वा मानसिक रूपमा सकारात्मक विकासको परिणामले समाजलार्इ बढी भन्दा बढी फाइदा पुग्न सक्छ । भकुण्डेको विकसका गतिविधिहरू हरेह क्षेत्रमा धिमाहा गतिमा अगाडि बढी रहेको पाउन सकिन्छ । तर केही मात्रामा भएपनि अग्रगति लिने हिसावले पाइला चाल्न खोजेको भएपनि दिगो हिसावले संस्थागत रूपमा रूपान्तरण हुन नसकेको अवस्थामा पाउन सकिन्छ । पछिल्लो समयमा विकसको आम क्षेत्र ओगट्न सफल सूचन प्रविधिको क्षेत्रमा वेवसाइट निमार्ण गरी सुचना, जानकारी, शिक्षा, पर्यटन, स्वस्थ्य, साहित्य लगायतका क्षेत्रमा योगदान पुर्याउन केही मात्रामा सफल भएको पाउन सकिन्छ । सर्वोदय ग्रामीण सूचना केन्द्र मार्फत थुप्रै युवाहरूले स्थानीय स्तरमा नै कम्प्युटर शिक्षा लिन पाएको, भैरव उच्च माध्यमिक विद्यालयमा निशुल्क रूपमा उपलब्ध इमेल इन्टरनेट सेवालार्इ प्रभावकारी रूपले व्यवस्थापन गर्न सकेमा ग्रामिण स्तरमा सूचना प्रविधिको क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिन्छ । शैक्षिक विकासमा सूचना प्रविधिलार्इ अवलम्वन गर्न सकेमा पक्कै पनि गुणात्मक फड्को मार्नमा धेरै बेर लाग्दैन । अहिले सूचना र प्रविधिको विकासमा डिजिटल प्रविधिमा आधारित भएकोले पनि भकुण्डेका सुचना र प्रविधिमा विशेषज्ञता हासिल गर्न सकेका जनशक्तिहरूको सयोजनकारि संजाल विकस गरी उद्यशिलता, रोजगारीको क्षेत्रमा साझा मञ्च बनाउन सकिन्छ ।

जिल्ला सदरमुकामको नजिक भैकनपनि जति मात्रामा राज्यस्तरको सुविधा र सेवाहरूको फाइदा लिन पर्ने हो त्यसको लिन पछि परेको हो कि भन्ने लागेकोमा पछिल्ला गतिविधिले राज्यस्तरमा पहुँच र सहभागिताको मात्रा र गुणमा केही प्रतिशत भएपनि वृद्धि भएको पाउन सकिन्छ । त्यसको जस धेरै भन्दा धेरै सुचना प्रविधिलार्इ नै जान्छ । फेरी आजभोलि सूचनाको जानकारी लिनमा पनि सचेतनाको स्तरमा बढी भन्दा बढी जागरूकतामा वृद्धि भएको अवस्था छ । मोबइल सेवाको विकसले पनि थप टेवा पुगेको अवस्था छ । संस्थागत विकासको पहलमा भकुण्डे डट कम डट एनपी अगाडि आउनुमा पक्कै पनि सह्रनिय कार्य भएपनि यसलार्इ टिकाउनको लागि भकुण्डे वासी सचेत तरिकाले लाग्नुपर्छ । सबैलार्इ थाहा हुँदा हुँदै पनि किन आज सम्म ढिलो गतिमा विकास भएको हाम्रो भकुण्डे विकास भनेर छलफल चौतारीको रूपमा विकास गरिनुपर्छ ।  

भकुण्डे डट कम डट एनपीलार्इ पुस्ताकलय, वाचनालय, पत्रपत्रिका सेन्टर, साहित्यको केन्द्र, पर्यटनको पूर्वाधार विकासम टेवा, छलफलको चौतारी, अन्तरक्रियाको साधन र माध्यम बनार्इ चौतर्फी विषय वस्तुमा ध्यानकेन्द्रित गरी अगाडि वढ्न जरूरी भएको छ । समाजका युवा, बालबालिका, महिला, समाजसेवी, वृद्धा, नागरिक समाज, शिक्षक शिक्षिका, आमा समुह, सहकारि, वन समुह, युवा संजाल लगायत सरकारी तथा गैरसरकारी संस्थाहरू सँग हातेमालो गरी अगाडि बढन्मा रणनीतिक योजना तय गरी लाग्नम ढिल गर्न हुदैन ।

भकुण्डे डट कम डट एनपीआगामी कार्ययोजना

सकारात्मक सोचका साथ आगामी दिनमा विगतमा भए गरेका समस्याहरूबाट गतिलो पाठ सिकी दिर्घकालीन बाटोमा लाग्नु नै हो । आम समुदायको सहमति र सहानुभूति लिर्इ सफल नेतृत्वको विकास गर्नमा सहकार्य गर्नमा कन्जुसाइ गर्न हुदैन । स्थानीय गतिविधिका साथै विश्व र राष्ट्रिय स्तरबा गतिविधिलार्इ पनि प्राथमिकतामा पार्न सक्नुपर्छ । किनकी अन्तराष्ट्रिय, राष्ट्रिय गतिविधि समयोजन गर्ने गतिलो माध्यम नै सूचना र प्रविधि भएकोले अध्ययनशील वातावरण बनाउने खालको सामाग्रीमा निर्माण गरी गतिलो मध्यम नै सूचना र प्रविधि भएकोले अध्ययनशील वातावरण बनाउने खालको सामाग्रीमा निर्माण गरी उत्पादन र प्रशारण गर्मा पनि ध्यान पुर्याउनु पर्छ । आर्थिक, नैतिक, भौतिक सहयोगको अपेक्षा सरकारी तथा गैर सरकारी निकायबाट पनि संकलन गर्नमा पहल गर्नुपर्छ । समाजको हरेक पक्षलार्इ सकारात्मक दिशामा ल्याउन गतिशिल, लेखनशील, कल्पनाशील, उर्जाशील जनशक्ति निर्माणमा लागि पर्न समन्वयकारी दिशामा ल्याउन गतिशिल हुदै समाजको व्यक्तिसँग जोडिएको दृष्टिकोणमा उत्पादनमुखी, प्रगतिशिल, अध्ययनशील, परिश्रमी, संघर्षशील, लेखनशील, कल्पनाशील, उर्जाशिल जनशक्ति निर्माणमा लागि पर्न समन्वयकारी भूमिका खेल्नुपर्छ । बेरोजगार जनसक्तिलार्इ नैराश्यताबाट मुक्त गरी संघर्षशील भविष्यको बोध गराउन उत्प्रेरित गर्नमा सफल कार्ययोजना बन्नमा पनि तयार भै सामुहिक सांगठनिक व्यवहारमा आवद्ध गरिनु पर्छ । प्रत्येक भकुण्डे वासीको स्यावासी पाउन नसकेपनि कम्तिमा एक चौथार्इ मानिसको चासो, चिन्तन, रहर, खोजीको विषय बनाउन सकेमा मात्र पनि धेरै भन्दा धेरै सफलता मिलेको पउन सकिने छ । देश विदेशका अन्य मानिसहरूको संजालमा त यसको गतिविधि, क्रियाकलाप, स्थिरताले आफै स्थान लिन्छ भन्ने लाग्दछ । संरचना शिप विकस गर्ने, अभिव्यक्ति कला विस्तार गर्ने, समृद्ध समाजको निर्माणको लागि कुरीति, कुसंस्कार, कुचलनका विरूद्ध योजना तय गरी कार्यान्वयन गर्ने आम जनजिब्रोको जनप्रिय संजालको विकास गर्न बारम्बार अर्न्तक्रिया, छलफल समाजको आँगनीमा गर्ने जिम्मेवारी बोक्नमा भकुण्डे डट कम डट एनपी पछि पर्नु हुदैन ।

निर्ष्कष

आजभोलि सूचना र प्रविधिको विकासले सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव पारेको छ । युवा वर्गमा नकारात्मक छवि गर्नमा प्रविधिले बाँस गरेकोपनि छ । विश्व अहले मा सिमित भएको अवस्था हामी सकारात्मक सोच निर्माणमा लागि आर्थिक पाटो सँगसँगै अन्य सामाजिक, राजनीतिक, भौतिक, नैतिक विकासमा विश्वको गति समात्न लागि पर्नमा अबेर गर्नु हुदैन । युवा वर्गमा समाजमा वेवसाइट खोल्ने बाढी नै आएको छ तर त्यसलार्इ संस्थागत गरेर गुणात्मक, दिगोपन हासिल नगरेको भन्ने लागेको छ । त्यसलार्इ पनि आत्मसात गरी अब दनमा अगाडि बढ्न सामुहिक सहमति खोज्दै अगाडि बढ्नुको विकल्प छैन ।

याम बहादुर थापा मगर

भकुन्डे - ३ बाग्लुंग

हाल : शिक्षा कार्यालय

बेनी म्याग्दी

yambaglung@gmail.com

rupakdevibhakunde@gmail.com

9847620429 / 9847653659

 

 

Date: 1/11/2013 10:11:02 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

डव्ल्याङ र्‍याफ्टिङ
मालढुंगा देखि नंया पुल सम्म कालीगण्डकिमा र्‍याफ्टिङको आन्नद लिन सकिन्छ । पोखरा बाग्लुङ (भुपी शेरचन लोकमार्ग) नजिकै भकुण्डे गाविसको वडा नं ९ डब्ल्याङ् पर्यटकीय महत्वको स्थल हो । यस नजिकै मालढुंगाबा more..

Contact Us
क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य more..