विन्ती गर्छु मेरो पनि, सुनिदिनु एउटा गित
मेरो मात्र हैन हजुर हुन्छ यहां सवको हित
आफै देखि शुरू गरौ यो गाउं स्वस्थ बनाउन
लागी परौ हामी सबै गाउंको शोभा बढाउन
दशवर्षको जनयुद्धमा भन्दापनि ठुलो प्रभाव
जाजरकोटमा महामारीले अस्ति भर्खर पार्यो सखाप
भाको भए यहां जस्तै त्यहां पनि जन्चेतना
घट्ने थिएन जाजरकोटमा डरैलाग्दो त्यो घटना
नबुझ्नेलार्इ बुझाउन हुन्नरैछ त्यती गाह्रो
बुझेर बुझ पचाउनेले पार्दो रैछन साह्रै साह्रो
मान्छेका ति भावनानी, हुदां रैछन कस्तो-कस्तो
सधैभरी अरूलेनै गरिदिए हुन्थ्यो जस्तो
पसल गर्ने पसले दार्इ, फोहोर व्यवस्थापन गर्नु
उप्लाघरे कांलदार्इ पनि सफा गर्न तल झर्नु
स्कुल पढ्ने विद्यार्थी हुन, यात कुनै कर्मचारी
सवैमिलि गर्नुपर्छ यस्ता काम त बराबरी
एउटा घरको फोहोरले, कति असर पार्छ यहां
एउटै मात्र रोग लागोस गाउंनै सखाप पर्छ यहां
रोग लागी उपचार गर्नु भन्दा पहिले नै
रोगबाटै बच्नु पर्छ हामी सवै अहिलेनै
त्यसैले फेरी भन्छु हामी सवै लागी परौ
बाटो घाटो चोकको धारा सवैमिलि सफा गरौ ।
चौतारे डाँडा मा.वि. कक्षा १० का
हिरा देवि थापा मगर
भकुन्डे -७
Date: 10/8/2012 7:41:31 पूर्वाह्न :: Yam Thapa