बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले दैनिक जीवनमा प्रयोग गर्ने
सामाग्री, पहिला प्रयोग भएर लोप हुन लागेका बस्तुहरुलाई पनि यहाँ
संग्रहित गरिएको संग्राहलय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर
थापाले बताए । झण्डै एक करोड लागतमा बनेको दुई तले संग्राहलय
भवनमा तालिम हल, शौचालय, पाहुना कोठा समेत बनाइएको छ । भौतिक
पूर्वाधार बाहेक संग्राहलयलाई देशभरका मानिस आएर अवलोकन गर्न मिल्ने
बनाउने लक्ष्य राखिएको उनले बताए । 'नाम भकुण्डे संग्राहलय
दिएपनि हामीले कम्तिमा मगर, बाहुनक्षेत्री र दलित ईतिहास र संस्कृतिको
अध्ययनस्थल बनाउन लागेका हौं' थापाले भने, 'प्रारम्भिक चरणमा
भेटिएसम्मका बस्तुहरु ल्याएर राखेका छौं, अझै धेरै बिषय र बस्तुहरु
खोजी गर्ने क्रममा छौं ।' संग्राहलय बनेपछि विश्वविद्यालय तहका
विद्यार्थीको अध्ययनको गन्तव्य समेत बन्न थालेको छ । भकुण्डेमा
होमस्टे पनि संचालनमा छ ।
त्यहाँ बसेर अध्ययन गर्ने, गोष्ठी, तालिमहरु संचालन गर्ने
लगायतमा यो संग्राहलय कोषेढुंगा भएको सिन्धुपाल्चोकका नानीराम
सुवेदीले बताए । 'संस्कृतिको अध्ययन गर्न पाईने, तालिम पनि
संचालन गर्न पाईने बुझेर ३ दिनको प्याकेज लिएर आएको थिए, सफल भयौं'
सुवेदीले भने, 'उच्च पहाडी स्थान भएकोले बैसाखमा पनि जाडोको महसुस
गर्दै बस्न पायौं ।' २ हजार २ सय मीटरको उचाईको भकुण्डेमा सधै
शितल वातावरण समेत छ । यहाँ किसानहरुले प्रयोग गर्ने हलो जुवाको
नमूना पनि हेर्न पाईन्छ । जातीय रुपमा लगाईने पोशाकलाई
पहिचानसहित राख्ने योजना बनाएको थापाले बताए । मगर संस्कृतिमा
भाँङ्ग्रो, बख्खु, धोती लगायतका कपडा लगाउने चलन छ । त्यस्तै
विभिन्न प्रकारका माला, नाक र कानमा लगाउने गहनाको नमूना, मगरको बिवाह
लगायतका संस्कारमा प्रयोग हुने सामाग्रीहरु समेत यहाँ सजाइएको
छ । स्थानीय अगुवाहरुले भकुण्डेबाट लोप भैसकेका कतिपय सामाग्री
अन्यत्र गएर खोजी गर्दै ल्याउने क्रम समेत थालेका छन् । यहाँ
घरेलु तान प्रयोग गरेर कपडा समेत बुनिएको ईतिहास
छ ।
लोप हुन लागेको ईतिहास जोगाउन प्रयोग भएका तानका जीर्ण
टुक्राहरु समेत राख्ने थापाले बताए । आधुनिक कुटानी पिसानी मिलले
लोप हुन लागेका ढीकी जाँतोलाई यहाँ सजाएर राख्ने तयारी छ ।
'हामीले कसरी रात दिन ढिकीमा धान कुट्थ्यौं भन्ने कुरा बालबालिकालाई
बुझाउनुपर्ने छ' स्थानीय अप्सरा थापाले भनिन्, 'पानी घट्टहरु त
अहिलेका युवाले पनि बिर्सन लागिसकेका छन् ।' कुनै सेवा सुविधा
नभएको जमानामा मानिसले निर्वाह गरेका दैनिकी संग्राहलयमा पुग्दा
जान्ने बनाउन लागेको उनले बताईन् । यो अभियानका लागि तीन बर्ष
अघिदेखि निर्माणको काम थालिएको थियो । तत्कालिन जिविसले २९ लाख
रुपैयाँ, शिक्षा र संस्कृतिमा काम गरेको स्वान नामक गैरसरकारी
संस्थाले ६० लाख सहयोग गरेपछि अरु काममा स्थानीयले श्रमदान गरेका
हुन् । केहीले नगदै पनि सहयोग गरेका थिए । आर्कषक भवनको
रुपमा बनिसकेकोले स्थानीयले अझै रकम संकलन गरेर घेराबार लगाउने तयारी
थालेका छन् ।
writing in Janamanch.com
Date: 5/23/2018 1:48:11 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..