भकुन्डे, कात्तिक २३ - विहान उदाउँदो सूर्यलाई पूजा गरेपछि यस
वर्षको छठ पर्व सकिएको छ । काठमाडौंको रानी पोखरी, धनुषाको धनुषसागर
सहितका विभिन्न तलाउ, पोखरी, नदीनाला, लगायत जलाशयमा विहान उदाउँदो
सूर्यलाई अर्घ दिनेको घुईंचो लागेको थियो । शुक्रबार अस्ताउँदो
सूर्यलाई अर्घ दिइएको थियो । कात्तिक शुक्ल षष्ठीका दिन सूर्यलाई
विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । छठ पर्व विशेष गरी
नेपालको मध्य र पूर्वी तराई तथा काठमाडौं उपत्यका र केही पहाडी
क्षेत्रमा पनि उल्लासका साथ मनाउने गरिन्छ । विशेष नियम र निष्ठासाथ
मनाइने छठ पर्वका लागि तीनदिन अघिदेखि नै नदी, पोखरी तथा जलाशयहरु
सिँगारेर झकिझकाउ पारिएको थियो