सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था
लि.
भकुन्डे, बागलुङ
स्था: २०६५
पृष्ठभूमि
सहकारी मानव सभ्यताको विकाससँगै विकसित हुँदै आएको संस्था हो ।
हाम्रो समाजमा पनि पर्म, हुड्डा, ढुकुडी जस्ता संस्थाहरू प्रचलनमा छन्
। जुन सहकारीकै विभिन्न रूप हुन् । विश्वमा सहकारीको स्थापना
सन् १८४४ मा बेलायतको मेन चेस्टसर भन्ने शहरमा २८ जना सदस्यले
उपभोक्ता सहकारी संस्था स्थापना गरेका थिए । भने नेपालम वि.स. २०१३
चैत २० गते सारदा नगर चितवनमा स्थापित भएको पाइन्छ । सहकारी क्षेत्रमा
विभिन्न समयमा विभिन्न आन्दोलन हो यस क्षेत्रलाई उथलपुथल पार्दै
नेपालमा २०४६ सालको व्यवस्थामा सामान्य परिवर्तनपछि स्वतष्फुर्त
सहकारी आन्दोलनले गति लिन थाल्यो । यस सम्बन्ध रज्यबाट पनि चासो देखाई
२०४८ सालमा सहकारी ऐन ल्याई नीतिगत कानुनी र प्रक्रियागत क्षेत्रमा
सामाजिक सुधार गरी सहकारी प्राणालीमा जीवन्तता दिने प्रयास पाइन्छ
।
परिचय
All for one and one for all. (एकका लागि सबै सबैका लागि एक)
International Cooperative Alliance (ICE) (अन्तर्राष्ट्रिय सहकारी
महासंघ) ले सन् १९९५ मा गरेको परिभाषा: A Cooperative is an
autonomous Association of personal united voluntarily for the
fuceillment of their common Economic, Social, and cultural needs
and Aspirations through a jointly owned and Democratically
Controlled Enterprise. (सहकारी आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक
आवस्यकता पुरा गर्नको लागि सदस्य स्वेच्छिक रूपने संगठित भएको संस्था
हो । यसमा सामुहिक स्वामित्व र प्रजातान्त्रिक नियन्त्रण हुन्छ ।)
सहकारीका सिद्धान्तहरू
- Open and voluntary membership (खुल्ला तथा ऐच्छिक सदस्यता)
- Democratic control by member (सदस्यद्वारा प्रजातान्त्रिक
नियन्त्रण)
- Economic participation of members (सदस्यहरूको आर्थिक
सहभागिता)
- Autonomy and independence (स्वायत्तता र एकतन्त्रता)
- Information, education, and training (सुचना, शिक्षा र
तालिम)
- Cooperative among cooperatives(सहकारी संस्थाहरूबीच
सहकार्य)
- Concern to community (समुदायप्रति चासो)
सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकहरूमा सहकारी अभिवादन
प्रचलित सहकारी मुल्य, मान्यता र सिद्धान्तको आधारमा हामीहरू
स्वयम्को श्रोत, साधनलाई संगठित गरी, हामीहरू स्वयम्ले सञ्चालित एवं
नियन्त्रित प्रारम्भीकस्तरको सहकारी संस्थाका माध्यमबाट हामी प्रत्येक
सदस्यहरूको आर्थिक, वौद्धिक, सांस्कृतिक तथा सदस्य र समुदायको सामाजिक
विकास गर्नका लागि एउट बहुउद्देश्यीय सहकारी संस्थाको गठन गरी कार्य
सञ्चालन गर्न आवश्यक ठानी सहकारी ऐन २०४८ को दफा २ को उपदफा १ को
आधिकार प्रयोग गरी सहकारी स्थापना भएको हो ।
सहकारी संस्था संयुक्त स्वामित्व तथा प्राजातान्त्रिक रुपमा
नियन्त्रित व्यवसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक
आवस्यकता तथा आकांक्षाहरूलाई परिपूर्ति गर्न स्ववेच्छिक रुपमा एकजुट
हुने व्यक्तिहरूको स्वायत्त संगठन हो । सहकारीको सात सिद्धान्तहरूलाई
आत्मसाथ गरी सबै सदस्यहरूको बारबरी योगदानबाट नै सहकारी सञ्चालन गर्नु
पर्ने हुँदा यस संस्थाबाट सञ्चानग भैरहेको र हुन लागेका कार्यक्रम
जानकारी गराउँदैछौ ।
१. लघु बचत कार्यक्रम:
संस्थाले बच्चा देखि बृद्ध सम्म, सम्पन्न देखि बिपन्न बर्गका सबै
सदस्यको इच्छा तथा क्षमता अनुसार तपसिल बमोजिम बचत कार्यक्रम संचालन
गरेको छ ।
क्र.स.
|
बचत कार्यक्रम
|
उद्देश्य
|
बचत दर
|
अवधि
|
व्याज दर
|
१
|
अनिवार्य मासिक बचत
|
बृद्धा व्यवस्थाका लागि
|
रू ५० - २००।
|
५० वर्षको
|
१०%
|
२
|
शैक्षिक बाल बचत
|
उच्च शिक्षा आर्जन गर्न
|
रू १००। वा सोले भागजाने रकम
|
१६ वर्ष सम्म
|
१०%
|
३
|
दैनिक बचत
|
सना व्यवसयीका लागि
|
रू ५। वा सोले भागजाने रकम
|
५ वर्ष सम्म
|
९%
|
४
|
पर्व बचत
|
चाड पर्व मनाउन
|
रू २५। वा सोले भागजाने रकम
|
१ वर्ष सम्म
|
१०%
|
५
|
सदस्य हित कोष
|
राहत वितरण गर्न
|
अनिवार्य मासिक वचत ५% थप ५%
|
५० वर्ष उमेर सम्म
|
०%
|
६
|
लघुवित्त बचत
|
खुद्रा रकम संकलन
|
खुद्रा रकम र व्याज छुट
|
न्यूनतम रू ५०००।
|
७%
|
७
|
समुहगत वचत
|
समुह हितको लागि
|
पुरस्कार, जरिवाना तथा सहयोग रकम
|
न्यूनतम रू ५०००।
|
९%
|
८
|
साधारण वचत
|
वचत खाता
|
रू.१००। बाट खाता खोल्न सकिने
|
न्यूनतम रू ५०००। मोजदात
|
९%
|
९
|
मुद्दती वचत
|
आवधिक
|
रु.१०००।बाट
|
१, २, ३ वर्ष
|
१० -१२%
|
१०
|
ढिकुरी बचत
|
पूँजि निमार्ण
|
रु.१००। बाट खाता खोल्न सकिने
|
१, २, ३ वर्ष
|
१६%
|
२. लघु ऋण कार्यक्रम
क्र
स
|
ऋणकार्यक्रमऋण कार्यक्रम
|
सिमा रकम
|
अवधि
|
व्याज दर
|
५% छुट दिदा
|
१०% छुट दिदा
|
१
|
कृषि, पशुपालन व्यावसाय
|
१ लाख सम्म
|
३ वर्ष
|
१६%
|
१५.२०%
|
१४.४०%
|
२
|
उद्योग, व्यापार तथा सेवा
|
५ लाख सम्म
|
१ वर्ष
|
१७%
|
१६.१५%
|
१५.३०%
|
३
|
घर निर्माण तथा जग्गा खरिद
|
२ लाख सम्म
|
५ वर्ष
|
१७%
|
१६.१५%
|
१५.३०%
|
४
|
शैक्षिक
|
२ लाख सम्म
|
५ वर्ष
|
१६%
|
१५.२०%
|
१४.४०%
|
५
|
बैदेशिक रोजगार
|
२ लाख सम्म
|
३ वर्ष
|
१७%
|
१६.१५%
|
१५.३०%
|
६
|
यातायात
|
कोटेशनको ७०% सम्म
|
५ वर्ष
|
१७%
|
१६.१५%
|
१५.३०%
|
७
|
सामाजिक कार्य
|
१ लाख सम्म
|
२ वर्ष
|
१६%
|
१५.२०%
|
१४.४०%
|
८
|
उपभोग्य तथा उपकरण
|
५० हजार सम्म
|
२ वर्ष
|
१६%
|
१५.२०%
|
१४.४०%
|
९
|
लघुवित्त
|
५० हजार सम्म
|
३ वर्ष
|
१६%
|
१५.२०%
|
१४.४०%
|
१०
|
स्वस्थ्योपचार
|
५० हजार सम्म
|
१ वर्ष
|
१६%
|
१५.२०%
|
१४.४०%
|
११
|
आकस्मिक
|
१० हजार सम्म
|
६ महिना
|
१५%
|
......
|
---
|
३. सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को विषेश कार्यक्रम
क. आपतकालीन लघु राहत कार्यक्रम:
अ. स्वास्थ्योपचार: सदस्य बिरामी भए उपचार गराएको अवस्थामा
रू.१०,०००।- सम्म २ पटक राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
आ. पारिवारिक राहत: सदस्यको परिवारको मृत्यु भएमा रू.५,०००।- सम्म
३ पटक राहत उपलब्ध गराइने छ।
इ. दैवी आपतविपत राउहत: दैवी प्रकोपको कारणबाट सदस्यको सम्पत्तिको
हानी नोक्सानी भएमा रू. ५०००।- सम्म राहत उपलब्ध गराइने छ ।
ई. सदस्यको मृत्यु राहत: सदस्यको मृत्यु भएमा रू. २०,०००।- सम्स
हकवालालाई राहत उपलब्ध गराइने छ।
उ. नवजात शिशु तथा सुत्केरी राहत: सदस्यको बच्चा जन्मिएमा रू.
३००।- नवजात शिशु तथा सुत्केरी राहत २ पटकसम्म प्रदान गरिनेछ ।
ख. अन्य कार्यक्रमहरू:
अ. सामुदायिक यातायात सेवा: सुलभ यात्रा र मालसामान ढुवानीको लगि
संस्थाले सामुदायिक यातायात सेवा संचालन गर्ने कार्य प्रस्ताव गरेको
छ।
आ. व्यवस्थित आवास विकास कार्यक्रम: बस्तीलाई व्यवस्थित ढङ्गले
निमार्ण गर्ने ताकि त्यस सम्पूर्ण सेवा सुविधा उपलब्ध होस र देख्नको
लागि पनि राम्रो होस । यो सोचका साथ यो संस्था क्रियाशील छ ।
इ. लघु वित्त कार्यक्रम: संस्थाको सेवा सबै वर्गले उपभोग गर्न पाउन
भन्ने हेतुले कार्यक्रमभित्रका विपन्न, दलित, जनजउति तथा महिला
समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि समुहमा आधारित
लघुवित्त कार्यक्रम संचालन गर्नेछ ।
ई. युवा सशक्तिकरण तथा विकास कार्यक्रम: युवाहरूलाई सहकारीमा
आधारित उद्योग, व्यावसाय संचालन गर्न उद्यमशीलता र नेतृत्व विकास
गराउन युवा सशक्तीकरण तथा विकास कार्यक्रम संचालन गरिनेछ ।
उ. अभिभावक सेवा कार्यक्रम: ६० वर्षभन्दा माथिका अविभावक शेयर
सदस्यका लागि, उपयुक्त कार्यक्रम संचालन गरिनेछ ।
ऊ. स्वास्थ्य कार्यक्रम: सदस्यको मानसिक र शारीरिक स्वास्थ्यको
लागि कार्यक्रम संचालन गरिनेछ ।
धन्यवाद !
lip
Date: 5/11/2012 3:58:11 अपराह्न :: Jivan Pulamee