समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ ।


बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसंख्या रहेको भकुण्डेमा मगर, बाहुन, क्षेत्री, दलित आदि जातको बसोबास रहेको छ ।
भकुण्डेलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नको लागि भन्दै २०६९ सालदेखि मगरका ९ घरमा अतिथि सत्कार घरबास (होमस्टे) संचालन थालिएको हो । बागलुङ बजारबाट नजिकै रहेको उक्त गाउँबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ«े लगायतका २ दर्शन भन्दा बढी हिमश्रृखलाहरु देख्न सकिन्छ ।


भकुण्डेमा जाने पर्यटकहरुको लागि होमस्टेमा साँझ सालैजो, यानिमाया, झ्याउरे लगायतको नाँचगान र सांस्कृतिक कार्यक्रम देखाइन्छ ।
भकुण्डेमा जाने पर्यटकहरुको लागि हेर्ना लायक मुख्य स्थानहरुमा बराह ताल, मुलाबारी, भ्यूटावर, लगायत हिमश्रृखलाहरु रहेका छन् । भकुण्डेको अतिथि होमस्टेमा त्यहाँको लोक कुखुराको मासु, भटमास, मकै, मुला, कोदाको रोटी, ढिडो लगायतका खानाका परिवारहरु पाइन्छ ।


कसरी पुग्नेः काठमाडौं-पोखरा २०० किमी । पोखरा-बागलुङ ७२ किमी । काठमाडौंबाट बागलुङसम्म डिलक्स, एसी बस, माइक्रो बस, जिप चल्छन् ।
पोखराबाट पनि जिप र ट्याक्सी चल्छन् । बागलुङ बजारबाट १३ किमीमा भकुण्डे छ । बागलुङ बजारबाट भकुण्डे जानको लागि जीप पाइन्छ भने पैदल पनि जान सकिन्छ ।
भकुण्डेको अतिथि होमस्टेको सम्पर्कको लागि खिमबहादुर थापा ९८४७६२८४९०

अतिथि सत्कार होमस्टे भकुण्डेमा खाना खाँदै बागलुङका पत्रकारहरु ।


तस्विरः निर थापा

 

Date: 11/6/2019 2:25:46 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

खाडि बुन्दै
खाडि बुन्दै

निलगिरि फुतवल कप २०७० शुरू
८ कार्तिक, भकुन्डे निलगिरि युवा क्लव, भकुन्डेको आयोजनामा भकुन्डे युवा संजाल र मिलिजुलि महिला समुह को सह आयोजनामा निलगिरी फुतवल कप २०७० को यहि मिति २०७० कार्तिक ७ गते वात संचालन भएको छ । सो कार् more..