कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन
मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज
काग तिहार हो । धार्मिक मान्यता अनुसार यमराजको सन्देशबाहकको रुपमा
मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार
गरिन्छ ।
कागले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लाग्ने किरा
फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा
पनि लिइन्छ । धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णुले खुसी
भइ बलिराजालाई कात्र्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको
राज्यमाग गर्न पाउने... वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले
आफ्नो राज्यभरि दीपावली भगरी झकिझकाउ पारेको कथासँग जोडिएको छ
।
यस्तो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको
घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुसी
हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मान्यता छ ।
पौराणिक कथा अनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले
पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई
पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर
भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु भाइ र दिदिबहिनीले
आपसी स्नेह, सत्कार र पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति,
सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष
श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।
आजै आयुर्वेदका आचार्य धन्वन्तरिको जन्म भएकोले धन्वन्तरि
जन्मजयन्ती पनि मनाईदैँछ । आजका दिन नयाँ भाँडा किन्ने र त्यसैमा
नैवैद्य बनाई लक्ष्मीलाई अर्पण गर्ने परम्परा छ ।