१. लाली गुराँस स्वागत दिनलार्इ
हजुर
सौर्य भँज्याङ पर्यटक
लिनलार्इ
हामी गर्छौ स्वागत
भकुण्डेमा आउनु भो
जहाँ बाट हामी गर्छौ
स्वागत
२. एकैछिन भँज्याङमा घुम्न जाउ
हजुर सरर बसेर हावा
खाउँ
गाउँला झ्याउरे भाकैमा
डाँडा काँडा
रमाउछन् अँखैमा गाउला
झ्याउरे भाकैमा
३. तिमीलार्इ पर्खी बसेको हिरा ताल
हजुर
खेल खेल्न आउनु है
आउने साल
त्यहाँ मगर बस्ती छ,
मेला भर्न अति नै
मस्ती छ त्यहाँ मगर
बस्ती छ ।
४. सौर्य सल्ला मिलार्इ सारेको
हजुर
बनभोज खान सबले मन
परेको
एकछिन दुःख विसाउने
सुस्त-सुस्त सालघारी
सुसाउने एकछिन दुःख
विसाउने
५. मनका पीर एकैछिन मेटिने
हिमाल
माछापुच्छ्रे निलगिरी
देखिने
माया लाउला फिरीको
अन्न पूर्ण त्यो
धौलागिरीको माया लाउला
फिरीको
६. दह जाउला सुन्तला खाउला हजुर
बराह मन्दिर दर्शन
गरौला
तालमा डुङ्गा चढौला
अनुभव
स्वर्गको गरौला तालमा
डुङ्गा चढौला
७. नभित्रियोस् नराम्रो विकृति
हजुर
जोगार्इ राखौ
आ-आफ्नो संस्कृति
छुट्टै चिनजान
दिनलार्इ सहयोग
पुग्ने पर्यटन
लिनलार्इ छुट्टै चिनजान दिनलार्इ ।
सीता थापा मगर
भकुण्डे - २
बागलुङ