समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

 

बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप्रतिनिधिलाई सोधेः सजिलो स्थानमा ८ मिटर र अप्ठ्यारोमा २ मिटर सडक बनाएर के गर्न खोजेको हो ?
उनीहरुले सडकसँगै खानेपानीको समस्या तत्काल समाधान गर्न माग गरेका थिए । पर्यटकीय गाउँमा न बाटो राम्रो न खानेपानी सुविधा कसरी हुन्छ पर्यटन विकास ।' यहाँका स्थानियले कहिलेसम्म घैटामा पानी सङ्कलन गरेर पानी प्रयोग गर्दै आएका छन् ।


स्थानियले स्वास्थ्य भवन नै अलपत्र परेको विषयमा समेत सचेत गराएका थिए । उनीहरुले एक घर एक धारा कहाँ हरायो भने कटाक्ष गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले भकुुण्डेमा खानेपानीको समस्या अन्त्यका लागि प्रदेशदेखि ५० लाख रुपैयाँ विनियोजित भएकाले अव खानेपानीको समस्य अन्त्य हुने दावी गर्नुभयो ।


यसैविच बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले स्रोत साधनको अभावले गर्दा सडक स्तर उन्नतीमा ढिला सुुस्ती भएको र नगरपालिका भित्रका पुर्वाधारमा विकासमा स्थानियको सहभागितामा अनुगमन समेत गर्ने जानकारी दिनुभएको थियो ।

कार्यक्रम वडा अध्यक्ष प्रेमबहादुर थापा, संविधान सभाका सांसद नरबहादुर थापा, नेकपाका नेता लालबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव हरिराम अधिकारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेकपा बागलुङ नगरका अध्यक्ष धनबहादुर परियारले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटिका अध्यक्ष खिमबहादुर थापाको अध्यक्षता र नगरसचिव इन्द्र के.शीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Date: 9/13/2019 11:42:45 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

Untitled Song
Before a century this song was sung by Bhakundelese.

गृह पृष्‍ठ
इतिहास नेपालको  पश्चिमाञ्चल विकास क्षेत्र  धवलागिरी अञ्चलको  बागलुङ जिल्लामा अवस्थित एक बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब more..