दशै चुनाव र तिहार नया वर्षको शुरुवात हो। अर्थात थियो। दशै र
तिहार नेपालका आदिवासी जनजातिहरुको मौलिक चाडपर्व हुन। ईतिहासको कुनै
काल खण्डमा नेपाल बाईसे र चौबिसे राज्यको रुपमा रहेको थियो। यहाका
आदिवासीहरु त्यतिबेलाका राजाका भागिदारहरु थिए। दशैको बेला राजा
चुन्ने खेल हुन्थ्यो। तिहारबाट राजाको कार्यकाल शुरु हुन्थ्यो। राजाको
कार्यकाल एक वर्षको हुन्थ्यो र अर्को दशैमा पुन चुनिनकोलागि परिक्षा
हुन्थ्यो। दशै प्रजातन्त्रको अभ्यास थियो। राजाहुन इच्छुक प्रजाहरुले
राजाको चुनावमा सरिक हुन पाउदथे। योग्य वा सक्षम व्यक्तिनै राजा
हुन्थे। योग्यताको छनोट, योग्यताको कदर नै त प्रजातन्त्र हो। दशैमा
योग्यताको चुनाउ हुन्थ्यो। समय प्रगतिशिल र परिवर्तनशिल हुन्छ। आज
भन्दा भोलि अर्को योग्य व्यक्ति जन्मिन सक्छ।आज चुनिएको व्यक्ति
बाचुन्जेल योग्य र सक्षम रहिरहदैन। यसकारण बर्षेनि राजाको चुनाव
आयोजना गरिन्थ्यो।
त्यो जमानामा कापी कलम र मसी
अनि रबर छापको विकास भएको थिएन। अहिले दर्ता प्रमाण पत्रले जस्तै काम
त्यो बेला टीकाले गर्दथ्यो। टीका आधिकारिक सहिछाप जस्तै हुन्थ्यो त्यो
बेला। यस हिसाबले दशै त्यो बेलाको औपचारीक, वैधानिक संस्था थियो।
जनताले राजालाई र राजाले जनतालाई टीकाको सहायताले प्रमाणित गर्दथे।
टीका राजाको लागि चुनाव जितेको प्रमाण पत्र र जनताका लागि नागरिकताको
प्रमाण पत्र जस्तै थियो। आम मानिसहरुले पनि यसै अवसरमा आफ्नो परिवार,
नाता र कुटुम्बलाई प्रमाणित गर्दथे र वर्षेनि नविकरण गर्दथे। आम
जनसमुदायमा यो परम्परा आज पर्यन्त जारि छ। निरक्षर समुदायमा अदालतमा
विवाह दर्तालाई भन्दा टीकालाई बढि मान्यता दिदछन।
अर्को तिर दशै निरंकुश सैनिक
शासनको सुत्रपात भएको दिन पनि हो। राजा पृथ्वी नारायण शाहको बाजेले
दशैको नै मोका पारेर हतियार र सेनाको बलमा दशैमा गरिने सम्पूर्ण
लोकतान्त्रि विधिविधानलाई कुल्चेर निरंकुश जहानिया सैनिक शासनको शुरु
गरे। जनताको तर्फबाट नया राजालाई पहिर्याउने फूलपाति उही पुरानै
राजालाई पहिर्याउने चलनको शुरुवात गरे। बाजे र बाउको शेख पछि पृथ्वी
नारायाण शाहले बाईसे र चौबिसे राज्यमा जनताहरुलाई राज गर्न दिएनन्।
अनेक जालझेल र सैनिक आक्रमण द्वारासम्पुर्ण जनसरकारहरुलाई खतम गरि
आफ्नो एक छत्र हुकुमी शासन चलाए। त्यस यता दशै निरंकुशता को
निरन्तरतालाई अनुमोदन गर्ने परम्पराको रुपमा बिकास भयो।
हिन्दुवादी साहित्यकारहरुले
दशैको बारेमा अनेकौ कथा कुथुङ्ग्रिहरु लिएर जोडिदिए। दशैको वास्तविकता
ओझेलमा पर्दै गयो ।आम मानिसहरु तिनै कथाकुथुङ्ग्रिहरुमा रनभुल्ल परे र
परिरहे र परिरहेकै छन्।
तिहार नया कार्यकालको
शुरुवात थियो। राजाको दरवारबाट शुरु गरेर जनताको घरदैलोमा रमाईलो
उत्सव गर्दै राजस्व जम्मा गर्ने काम तिहारमा गरिन्थ्यो। त्यति बेलाको
राज्य निकै सरल र सानो भएको हुदा राजाको पहुच जनतामा र जनताको पहुच
राजामा सजिलै पुग्दथ्यो। तिहारमा जम्मा गरेको धन, द्रव्यले राज्य
चल्दथ्यो। सोरठि भैलो र खेलि(ख्यालि) तिहारको भाका हो जसमा
गाईन्छ-
हरिष(हर्ष) भयो आज हरिष भयो; राजै ज्यूको दरवारमा हरिष
भयो।.................... यस गीतले राजा भएको उपलक्षमा राजाको दरवारमा
हर्ष व्यक्त गरेको छ।
अर्को ख्यालि भाकामा गाईन्छ;
भैलो खेल्दै आयो, हरिज्युको
दुवारैमा
साल ऋतु जनाउदै, कात्तिके
दान माग्दै
भैलो खेल्दै आयो, हरिज्युको
दुवारैमा
यस ख्यालिले जनताको घरदैलोमा दान उठाउन हिडेको संकेट गर्दछ। आजकल
राज्यले कर उठाउने गर्दछ। त्यो बेला जनताको राजी खुशीले दान उठाएर
राज्यको वा भनौ जनताको सार्वजनिक ढुकुटिमा राखिन्थ्यो। आवश्यकता
अनुसार राज्य वा समाजको हितमा खर्च गरिन्थ्यो।
सोरठि भाकाको माध्यामबाट राजालाई र जनसमुदायलाई तथाकथित ज्योतिषि र
पण्डितको जालझेलबाट सचेत हुने सन्देश दिईन्थ्यो। सोरति गीतमा राजाको
अत्यन्त राम्री र प्रतिभावान छोरीलाई ज्योतिषिले राज्य मूल पर्यो
यिनले राज्यलाई नष्ट गर्छिन भनि नदिमा बगाउन सल्लाह दिन्छन र राजाले
सोही बमोजिम आफ्नो छोरीलाई सुनको मदुसमा राखि नदिमा बगाउछन।
माझिले बच्चा फेला पारेर कुमालेलाई दिन्छन र कुमालेले राजाको छोरीलाई
पालेर हुर्काउछन। उनि अत्यन्त सुन्दर र प्रतिभावान हुन्छिन। कथित
ज्योतिषिको भ्रममा परेर राजाले आफ्नि छोरी प्रति ठूलो अन्याय गर्न
पुग्दछन र पछि होस खुले पछि त्यो ज्योतिषिलाई कार्वाहि गरेको कथा
सोरतिमा छ। यसरि जनतालाई कथित ज्योतिको जालमा नपर्न गित द्वारा सचेत
गराइन्थ्यो।
"नरहेगी बास, न बजेगी बासुरी" अब राज्यनै नरहे पछि केको नया वर्ष,
कहाको नया कार्यकाल, केको सोरति भैलो? तै पनि कतै कतै गाउकै
गन्यमान्यलाई राजा मानेर सोरति र खेलि गाउने गरिन्छ। नेवार समुदायले
अहिले सम्म पनि तिहारलाई नेपाल संवतको शुरुवातको रुपमा मनाउदै आएको छ।
नेपाल संवत नेपालका आदिवासीहरुले आदिकाल देखि मान्दै र मनाउदै आएको
संवत हो । यो चन्द्रमामा आधारित गन्ने प्रणाली हो। यो पद्धति सजिलो छ।
औसी र पूर्णिमा मिलेर महिना बन्दछ। जो सुकैले पनि चन्द्रमाको आकार
हेरेर र गन्टि गरेर समयको आकलन गर्न सक्दछ। यो क्रममा छ। पछि क्रम
नमिलेको अर्थात विक्रम संवत चलनमा ल्याईयो। जसमा तथा कथित पण्डितहरुले
आफ्नो स्वार्थ अनुरुप समयलाई व्याख्या गर्ने अवसर पाउदछन। तपाईले
सुन्दै आउनु भएकै छ। कहिले औसी दुई दिन कहिले पूर्णिमा दुईदिन हुन्छ।
कुनै समय शुभ भनिदिन्छन त कुनै समय अशुभ भनिदिन्छन। समय निरन्तर
क्रममा छ तर कथित पण्डित हरुले क्रम बिगार्ने कोशिज गरेका छन। तपाईले
अहिलेकै तिहारलाई हेर्नोस त सरासर गन्ने हो भने तिहार २२ गते पर्दछ तर
१ दिन गायब गरेर तिहार २१ गते बनाईएको छ। हिन्दु शास्त्र अनुसार २ अंक
अशुभ मानिन्छ शायद यहि कारण २१ गते भाइटीका बनाएर अशुभ न्यनिकरण गर्न
खोजेको हो की?
यसरी तिहारको वास्तविकता पनि धमिल्याईएको छ। यसमा पनि हिन्दु
किताबका कथाहरु जोडिएको छ। दशैमा शक्तिको देवी र तिहारमा धनको देविलाई
जोडेर कथा कुथुङ्ग्री बनाईएको छ।
राज्यले दशै र तिहारलाई विजया दशमी र दीपावलीको रुपमा मनाएको छ र
हामीले मानेका छौ। राज्यले चाड पर्व चन्द्र मासको आधारमा, पात्रो
बिक्रम संवतको आधारमा बनाईन्छ र काम चाहि बिना आधारको साउनलाई नया
वर्ष मानेर गरिन्छ।
दशैमा शक्ति स्वरुप देविलाई पुजेर शक्तिशालि हुने भए हामी भारतबाट
यतिका विधि हेपिने थिएनौ। तिहारमा लक्ष्मीको
पूजा गरेर धनि हुने भए आज संसारको दोस्रो गरिब देश हुने थिएनौ। दशै र
तिहार हाम्रो संस्कृति हो कि विकृति ? हामीले मूल्याङ्कन गर्ने बेला
भएको छ। हामी सुख, शान्ति र समृद्धिको कामना गर्दछौ, यो राम्रो कुरा
हो। कुरा राम्रो गर्ने तर काम नराम्रो गर्ने हाम्रो आदत बनेको छ। हामी
निर्जिव पदार्थको देवीहरु र देवताहरूको मुर्ति कुदेर तिनको खानाको
रुपमा जिवित पशुपन्छिको काँचो रगत र मंस चढाउदछौ। तर जिवित मानिसहरु
भोकले रनथनिईरहेका छन। तर तिनका लागि खानाको बन्दोबस्त गर्न सकेका
छैनौ। देवी देवताहरु त भोकै भए पनि शान्तसंग वस्न सक्छन। तर के भोका
मानिसहरु भोक लागेको बेला शान्तिसंग बस्न सक्छन?
हामीले सार्थक दशै र तिहार खोज्नु परेको छ। मेरो मतलब
लोकतन्त्र र नया बर्ष खोज्नु परेको छ। जनताले हरसाल नया जननायकको खोजि
गर्ने दिन दशै होस र नया काम वा नया योजनाको शुरु गर्ने दिन तिहार होस
तब सार्थक दशै र तिहार हुनेछ।
विधिको बिदम्बना विजया दशमी आयो र गयो पनि तर देशको प्रधानमन्त्री
हरेका हारै छन। यहा नया काम र नया योजनाको कुनै सुरसार नै छैन। नया
साल बैशाखबाट शुरु भयो। नेटा र कर्मचारीहरुलाई तलब भत्ता बाड्ने
आर्थिक बर्ष साउनबाट शुरू भयो। जनताका लागि बिकासको काम अब अर्को साल
असारबाठ शुरू हुन्छ र सोहि असारमै सकिन्छ। ११ महिना खाने र १ महिना
काम गर्ने नेपालको संस्कृति हो। दशै र तिहार पनि बन्दोबस्तले काम
गर्ने होईन खाने दिनहरु हुन।
जब नेपालमा नया लोकतान्त्रिक पद्धतिको शुरुवात हुन्छ त्यो नै नया
नेपालको दशै र तिहार हुन्छ।
उदितकुमार थापा
अ.हे.व.,
संकेत नं.-१७५६७६
सेवा अवधि-११ वर्ष
धौलागिरि अञ्चल अस्पताल
बागलुङ
सम्पर्क ९८४७६२९६८३, mail:dhyangeetn@gmail.com
Date: 10/11/2012 2:19:45 पूर्वाह्न :: Yam Thapa