बागलुङमा पहिलो पटक 'वेभ प्रोग्रामिङ' कार्यशाला शुरु भएको छ ।
डेनमार्कमा इन्टरनेट सम्बन्धी अध्ययन गरेर आएका एसइओ स्पेसलिष्ट जीवन
थापाको सक्रियतामा यो कार्यशाला शुरु भएको हो । नेपालमा इन्टरनेटको
प्रभाव बढ्दै गइरहेको समयमा वेभसाइट सम्बन्धी जानकारी आवश्यक रहेकाले
कार्यशालाको आयोजना गरिएको हो ।
पाँच दिनसम्म चल्ने कार्यशालामा जिल्लामा वेभ साइट निर्माण तथा
कम्प्युटरमा काम गर्ने पन्ध्र जनाको सहभागिता रहेको छ । कार्यशालामा
वेभसाइट डिजाइनिङ, प्रोग्रामिङ, होस्टिङ र वेभसाइटको प्रयोगका बारेमा
जानकारी गराइने प्रशिक्षक एसइओ स्पेसलिष्ट थापाले बताउनुभयो । 'विश्व
सूचना तथा प्रविधिको क्षेत्रमा धेरै अगाडि बढीसकेको छ, हामीले पनि
नेपालमा सूचना प्रविधिका माध्यमबाट केही गरौं भन्ने सोचरनै अगाडि
बढीरहेका छौं ।' वेभ डिजाइन श्यामकुमार थापाले भन्नुभयो ।
यस्तो कार्यशाला धौलागिरिमा पहिलो पटक भएकाले यसले सूचना प्रविधिको
क्षेत्रमा केही हदसम्म भएपनि सघाउ पुर्याउँने क्यानका केन्द्रीय सदस्य
अर्जुन घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार इन्टरनेटका माध्यमबाट
घरमै बसी बसी आयआर्जन गर्न सक्ने कामहरु छन, तर त्यस तर्फ नेपालीहरुको
ध्यान जान सकेको छैन, सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुलाई कसरी
इन्टरनेट मार्फत आम्दानी गर्न सकिन्छ भन्ने जानकारी यो कार्यशालाले
दिने बताउनुभयो ।
नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गएको छ, इन्टरनेट
प्रयोगकर्ताहरुको संख्या बढ्दै जाँदा सूचना प्रविधिको क्षेत्रमा नयाँ
आयाम आएकाले पनि यो कार्यशालाले केही हदसम्म सहयोग पु¥याउने घिमिरेले
बताउनुभयो । 'नेपालमा पनि सामान्य सूचना तथा जानकारी लिनका लागि
इन्टरनेटकै प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा नेपालमा इन्टरनेटको
सेवा, सुविधा तथा उपयोगका बारेमा सबैलाई जानकारी हुन जरुरी छ ।'
Web programmingप्रशिक्षक थापाले भन्नुभयो । कार्यशाला उद्घाटनका
अवसरमा क्यानका केन्द्रीय सदस्य अर्जुन घिमिरे, जिल्ला विकास समितिका
सूचना अधिकृत अखिलनाथ शर्मा लगायतले बोल्नुभएको थियो । भकुण्डे
गाविसका सचिव रिता रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको
सञ्चालन श्यामकुमार थापाले गर्नुभएको थियो ।