अधिकांश नेपालीको प्रमुख पर्व हो-दसैं । यो शरद ऋतुको आश्विन शुक्ल
प्रतिपदादेखि पूणिर्मासम्म मनाइन्छ, जसमध्ये विशेष महत्त्वका साथ
मनाइने अवधिलाई नौरथा भनिन्छ । नौरथाभित्र गरिने विविध क्रियापलापले
नै दसैंको सार रूप इङ्गीत गर्छ । जनस्तरमा हर्ष र उमङ्गको वर्षा
गराउने दसैंले धार्मिक, सांस्कृतिक एवं सामाजिक रूपमा उत्तिकै
महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले नेपालीहरूका लागि यो पर्व
प्रतीक्षाको विषय बनेको पाइन्छ ।
दसैंका अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिने जनविश्वास
रहिआएको छ । त्यसैले दसैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गर्ने
तथा दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन चलेको हो ।
दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका र
जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ । त्रेता युगमा यही दिन श्रीरामले
सीताको हरण गर्ने रावणको बध गरेका थिए भनिन्छ । यसका लागि भगवान्
रामले नारदको सल्लाहअनुसार नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र
दसौं दिन रावणमाथि विजय पाएको विश्वास गरिन्छ । यसरी रावणमाथि रामले
विजय पाएको हुनाले यो दिनलाई विजयादशमी अर्थात् बडादसैं भनिएको हो ।
महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर
जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने विश्वासकै कारण शक्ति र
साधनाको पर्व दसैं मनाउन थालिएको हो । सबै शक्तिपीठमा प्रतिपदादेखि
देवीको पूजा हुने भए पनि कुनै कुनैमा दशमीका दिन र त्यसपछि क्रमिक
रूपमा कोजाग्रत पूणिर्माका दिनसम्म विसर्जन गर्ने परम्परा छ ।
अधिराज्यका कतिपय भागमा विजयादशमीको दिन मात्र टीका लगाउने चलन भए पनि
अधिकांश क्षेत्रमा दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ ।
दसैं आर्थिक क्रियाकलापका दृष्टिले पनि निकै महत्त्वपूर्ण पर्वका
रूपमा परिचित छ । यस अवधिमा नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका
कार्यालयहरू लामो समयसम्म बिदा हुन्छन् । दसैं मनाउन भनेर बिदा मात्र
दिइँदैन, सबैजसो कार्यालयले कर्मचारीलाई दसैं खर्चका रूपमा अतिरिक्त
पारिश्रमिक पनि दिन्छन् । दसैंका अवसरमा खाद्यान्न, वस्त्र आदि
उपभोग्य सामग्रीहरूको व्यापार पनि उल्लेख्य रूपमा वृद्धि हुन्छ । वर्ष
दिनसम्म गरिएको दुःख भुल्न मानिसहरूले दसैंका अवसरमा कत्ति पनि नडराई
खर्च गर्छन् । सामान्यभन्दा सामान्य मानिसले पनि औसतभन्दा बढी खर्च
गर्छन् । अझ हिजोआज त यही अवसर पारेर स्वदेश एवं विदेशको भ्रमणमा
निस्कने ट्रेन्ड पनि बढ्दो छ । पर्यटकीय दृष्टिले पनि दसैंको समय
राम्रो मानिन्छ । यी र यस्ता विविध कारणले गर्दा दसैंजस्ता पर्वहरू
आर्थिक पक्षबाट पनि उल्लेख्य छन् भन्न सकिन्छ ।
दसैं सामाजिक गतिविधिका हिसाबले पनि महत्त्वपूर्ण छ । टाढाटाढा
गएकाहरू समेत दसैंका लागि भनेरै घर र्फकने र परिवार, गाउँ, टोल एवं
छरछिमेकीसित भेटघाट गर्ने परम्पराका कारण दसैंले सामाजिक सम्बन्धलाई
मजबुत बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यसैगरी बहुजातीय,
बहुधार्मिक एवं बहुभाषिक नेपालमा सबैजसोले आपसी सद्भाव नबिथोली रमाइलो
गर्ने हुनाले दसैंको महत्त्वमा अझ वृद्धि हुने गरेको छ तसर्थ दसैंको
सामाजिक महत्त्व पनि कम छैन ।
पहिलो दिन
दसैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यो दिन दीप, कलश र गणेशको
पूजा गरेपछि देवीको आह्वान एवं स्थापना गरेर जमरा राख्ने कार्य
हुन्छ । घटस्थापनामा व्यक्तिगत रूपमा घरैमा तथा सामूहिक रूपमा विभिन्न
देवी मन्दिर एवं कोटघरहरूमा जमरा राखिन्छ । सम्पूर्ण विधि पुर्याएर
जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ । बिहान
नुहाइधुवाइ गरी शुद्ध भएर पूजापाठ गर्ने अनि बेलुका आरती गर्ने
काम हुन्छ । घटस्थापनाका दिन देवीलाई खुसी पार्न विशेष प्रसादका रूपमा
पट्टवस्त्र -सुन्दर चोलाको कपडा), केशरज्जु -धागो), कंकतिका -काइँयो)
तथा घिउ आदि चढाइन्छ । शैलपुत्री नाम गरेकी देवीको पूजा हुने यो दिन
दसैंको विधिवत् शुभारम्भ हुन्छ । सामान्यतया स्कुल तथा कलेजहरू यसै
दिनदेखि बिदा हुन्छन् ।
दोस्रो दिन
दोस्रो दिन पूजा गरिने ब्रह्मचारिणीलाई देवी विशेष गरी दर्पण -ऐना),
सिन्दूर, गाजल तथा सख्खर चढाइन्छ ।
तेस्रो दिन
तेस्रो दिन पूजा गरिने देवी चन्द्रघण्टालाई गाईको दूध चढाएर प्रसन्न
तुल्याइन्छ ।
चौथो दिन
चौथोे दिन कूष्माण्डा देवीको विशेष पूजाआजा गरिन्छ । कूष्माण्डालाई
खुसी बनाउन काँसको कचौरामा मधुपर्क -मह, सख्खर र दहीको मिश्रण)
चढाइन्छ भने नैवेद्यका रूपमा पुवा अर्पण गरिन्छ ।
पाँचौं दिन
पाँचौं दिनमा पुजिने देवी हुन्-स्कन्दमाता । यो दिन देवीलाई खुसी
तुल्याउन साडी र ओढ्ने चढाइन्छ भने विशेष नैवेद्यका रूपमा केरा
चढाइन्छ ।
छैठौं दिन
छैठौं दिन विल्व निमन्त्रणा अर्थात् बेलको पातको पूजा गरिने भएकाले
यो दिनलाई बेलपाती पनि भनिन्छ । यो दिन पुजिने देवी कात्यायनीलाई
प्रसन्न तुल्याउन नानाथरिका अलंकार -गहना) चढाइन्छ । देवी
कात्यायनीलाई विशेष नैवेद्यका रूपमा मह चढाइन्छ ।
सातौं दिन
सातौं वा सप्तमीका दिनदेखि बिदा हुन बाँकी सबैजसो कार्यालय बिदा
हुन्छन् । अत्यावश्यकबाहेकका सबै काम रोकिने हुँदा सहर पनि सुनसान नै
हुन्छ, विभिन्न काम गरेर सहरमा बसेका मानिसहरू घर र्फकने लर्को
लाग्छ । यो दिन फूलपाती भित्र्याइन्छ । फूलपाती भित्र्याउन केरा,
दाडिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा
लहरापात एवं जातजातका फूल चाहिन्छन् । यो दिन कालरात्रि देवीका साथै
सरस्वतीको पूजा गर्ने चलन छ । यो दिन विशेष छत्र तथा पुष्पमाला
चढाइन्छ भने नैवेद्यमा चिनी चढाइन्छ । कसैकसैले यो दिन हवन पनि
गर्छन् ।
आठौं दिन
आठौं दिन महागौरी देवीको पूजा हुन्छ । यो दिनको राति कालरात्रि
देवीको विशेष पूजा हुन्छ भने बलि दिने तथा होम आदि गर्ने कार्य
हुन्छ । पायसको हवन गर्नाले लाभ हुने बताइन्छ । कसैकसैले अष्टमीमा
रातभरि भजन-कीर्तन पनि गर्छन् । यो दिन विशेष प्रसादका रूपमा नरिवल
चढाउने विधान छ ।
नवौं दिन
नवौं दिन देवी सिद्धिदात्रीको पूजा हुन्छ । यो दिन देवीलाई बोका,
कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि बलि दिइन्छ । पशुबलि नदिनेलेे
कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पिठोबाट पशुको
आकृति बनाएर बलि दिन्छन् । देवी सबैकी मातास्वरूप भएकीले काटमार गरेर
बलि दिनैपर्छ भन्ने छैन । बलि दिने कार्यमा तान्त्रिक परम्पराको
प्रभाव गाँसिएकाले तथा नेपालमा पहिले तन्त्रको ज्यादै प्रचलन भएकाले
पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ ।
नवमीकै दिन नवदुर्गा भवानीको स्वरूप मानेर नौवटी कन्याको यथाशक्ति
पूजा गरी भोजन, वस्त्र एवं दक्षिणा अर्पण गरिन्छ । यो दिन देवीलाई
खुसी तुल्याउन विशेष नैवेद्यका रूपमा लावा अर्पण गरिन्छ ।
दसौं दिन
दसौं दिन विसर्जन गरेर प्रसाद ग्रहण गरिसकेपछि सामान्यतः दसैंको पनि
अन्त्य हुन्छ । दसौं दिन अर्थात् विजयादशमीको दिन भगवतीको
प्रसादस्वरूप रातो टीका लगाउने चलन छ । कतिपय समुदायमा तथा कसैकसैले
सेतो वा पहेंलो टीका पनि ग्रहण गरेको पाइन्छ । दसैं विशेष गरी नारी
जातिको महिमागान गाइने पर्व हो । 'यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते
तत्र देवता' अर्थात् मानव सभ्यताको सुरुदेखि नै जहाँ नारीको पूजा
हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको सनातन संस्कृतिले समग्र
नारीजातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ । महिषासुर,
शुम्भ-निशुम्भ, रक्तबीज, चण्ड-मुण्डजस्ता असुरहरूलाई ठेगान लगाउन
देवताहरू नारीशक्तिकै आश्रयमा गएको देखिन्छ । नारीबिनाको पुरुष अधूरो
हुने भएकाले नारीशक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन अहम्
भूमिका निर्वाह गर्छ-दसैंले । यो महिला हिंसाविरुद्ध सशक्तिकरण जगाउने
पर्व पनि हो । महिला शक्तिको महिमा गान गरिने यो पर्वले महिलालाई
सम्मान गर्न सके मनोरथ सिद्ध हुने कुरा बताएर महिलामाथि हुने हिंसालाई
परोक्ष रूपमा निस्तेज पार्न खोजेको देखिन्छ ।
स्रोतसः नारी
Date: 10/18/2012 12:25:54 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..