एउटा कार्यक्रम सम्पन्न गर्न लाग्ने मिहेनत र उद्देश्य प्राप्त
गर्नु कार्यक्रमको सफलता हो । जव भकुण्डेलार्इ पर्यटकिय गाउ भनेर
राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा चिनाउने उद्देश्यले भकुण्डे
महोत्सव गरियो । त्यस बेला लागेको थियो कार्यक्रम पश्चात राम्रो
सन्देश जानेछ । कार्यक्रमका आ-आफ्नै उद्देश्य हुन्छ । त्यो
कार्यक्रमको उद्दश्य कति सफल भए भएन समिक्षाको विषय छ । यति त भो कि
भकुण्डेमा पनि जानु पर्ने ठाउहरू छन जहा २, ३ दिन सम्म भकुण्डेको
प्राकृतिक संग रम्न सकिन्छ । जहा बाराहा ताल, सौरे पिक्निक स्पट,
मुलाबारी भ्यू टावर, ठूलाताल खेलमैदान, हिरा ताल लगाएतका ठुप्रै
पर्यटकिय स्थालहरू छन । पर्यटकीय हिसावले भकुण्डेमा संचालन हुने विविध
कार्यक्रमले पनि सकारात्मक सन्देश दिन सकोस भन्ने नै चाहाना हुन्छ
।
भर्खर सम्पन्न भएका दुर्इ कार्यक्रमहरू निलगिरी फूटबल कप २०७२ तथा
दशै मेला कार्यक्रम र कोजाग्रत पूर्णिमा मेला २०७२ । यि दुर्इ
कार्यक्रम फरक स्थान र फरक क्लवले सम्पन्न गरे । निलगिरी फूटबल कप
२०७२ तथा दशै मेला कार्यक्रम संभावना बोकेको ठूलाताल खेल मैदानमा
सम्पन्न भो भने । कोजाग्रत पूर्णिमा मेला २०७२ भैरव उच्च मा.विमा
सम्पन्न भो । पर्यटकिय संभावनाको हिसावले ठूला ताल खेल मैदानमा भएको
कार्यक्रमले विभिन्न स्थानमा रहेका फूटबल खेल प्रेमी लार्इ ल्याउन सफल
रहयो । जसमा उपस्थित खेल प्रेमी तथा उपस्थित महानुभावहरूले पर्यटकीय
स्थल मुलाबारी भ्यू टावर, हिरा ताल अवलोकन गर्ने मौका पाए भने ।
राष्ट्रिय कालाकार खड्ग गर्बुजाको लोक भाकामा झुम्नले अवसर दिलायो
निलगिरी युवा क्लवले ।
कोजाग्रत पूर्णिमा मेला २०७२ मा भकुण्डे भित्र रहेका भलिवल खेल
प्रेमी हरूलार्इ उपस्थित गराउने, सामुहिक नृत्य, एकल नृत्य, तारो
हान्ने र विविध सांस्कृतिक कार्यक्रम गरि उपस्थि दर्शक लार्इ मनोञ्जन
दिने काम गर्यो नव मिर्मिरे युवा क्लवले ।
Date: 11/5/2015 3:26:37 पूर्वाह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..