Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकूण्डेको सन्देश

सम्पादकीय

जनमञ्चमा अनलाइन पत्रिकामा प्रकाशित

बागलुङको भकुण्डे यतिबेला सामाजिक सञ्जालदेखी सञ्चार माध्याममा छाएको छ । होम- स्टेको गाउँ भनेर चिनिएको भकुण्डेमा रहेका पर्यटकीय स्थलदेखी त्यहाँको होम-स्टेको सद्भावको बिषयले राम्रै चर्चा पाएको छ । भकुण्डे यहि साल पर्यटकीय गाउँ बनेको भने होईन् । त्यहाँ रहेको ताल बषौं पहिलेको हो । होम-स्टे सञ्चालनमा आएको समेत केही बर्ष भैसकेको छ । त्यो ठाउँबाट हिम श्रृङ्खला देखीने कुरा नौलो कुरा भएन । धौलागिरी लगायतका हिम श्रृङ्खला देखीने भएकै कारण पहिलेदेखी नै भकुण्डे निकै चर्चामा थियो नै । केही बर्ष पहिला पर्यटकलाई लक्षित गरेर बनाईएको भ्यू टावरबाट मुलाबारी जंगल, बलेवाको फाँट, बागलुङ सदरमुकाम, पर्वत सदरमुकाममा रहेको बजार पर्वतको फलेवास लगायतका क्षेत्र देखीने भएका कारण यो निकै चर्चित बन्दै गैरहेको छ । त्यहाँ उत्पादन हुने आलु, त्यहाँ पाईने लोकल कुखुराको स्वाद र कोदोको ढिंडोको कारण पनि आन्तरिक पर्यटकको रोजाई बन्दै थियो भकुण्डे ।
केही दिन पहिला मन्त्रालयकै कामको शिलशिलामा बागलुङ आएका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ भकुण्डे पुगेपछि यतिबेला भकुण्डेको चर्चा चुलिएको हो । मन्त्रीसँगै पुगेका पत्रकारले भकुण्डेको बिषयमा लेखेका समाचार र मन्त्रीसँगै त्यहाँ पुगेका उनको पार्टिका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा चर्चासहित पोष्ट गरेका तस्बीरहरुका कारण भकुण्डेको सौन्दर्यता र त्यहाँको पर्यटनको बिषयमा थप चर्चा भएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्याममा सामान्य समयमा कम चर्चामा रहने कतिपय पर्यटकीय स्थलहरु उच्च पदस्थहरुको एकै दिनको भ्रमणका कारण पनि निकै चर्चामा आउने गरेका छन"स्् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला अन्य समयमा भन्दा धेरै चर्चा पाएका जानकी मन्दिर र मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर यसका प्रमुख उदाहरण हुन् । मोदीले घुम्ने बेला चर्चा भएका पर्यटकीय स्थानको जस्तै स्थानीय स्तरमा प्रचार-प्रसार गरेर आन्तरिक पर्यटनको विकास गर्न यतिबेला प्रदेशका मन्त्रीले भ्रमण गर्र्दा स्थानीय तहमा चर्चामा आएको गाउँ हो भकुण्डे ।

जिल्लामा कयौं ठाउँहरु छन् जुन ठाउँलाई भकुण्डेलाई जत्तिकै चर्चामा ल्याउने होभने आन्तरिक तथा बाहय पर्यटक भित्राउन सकिन्छ । भकुण्डेलाई नमुना मानेर त्यहाँको सिको गरेर आर्थिक समृद्धिको महत्वपुर्ण कडीको रुपमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार-प्रसार गर्न जरुरी छ । पर्याप्त प्रचार-प्रसारको अभावमा जिल्लाका कयौं ठाउँमा अथाह सम्भावना बोकेका क्षेत्रहरु रहेर पनि ओझेलमा परिरहेका छन् । प्रचार-प्रसारको महत्व नबुझेकै कारण ती र त्यस्ता स्थानहरुको बिषयमा पर्यटकलाई जानकारी नै गराउन सकिएको छैन् । सञ्चारमाध्याको आँखा पुगेका स्थानमा केही न केही रुपमा प्रचार-प्रसार भएको भएपनि सञ्चार माध्यामको पहुँच नरहेका स्थानहरुको भने सोचे जती प्रचार-प्रसार हुन सकेको छैन् । हाम्रो स्रोतहरुलाई सदुपयोग गर्नको लागि कोही कसैको अनुदान चाहिन्छ वा कोही कसैले आएर केही गरिदिनुपर्छ भन्ने होईन । हामी आँफैले पर्यटनका क्षेत्रमा रहेका स्रोतहरुको पर्याप्त प्रचार-प्रसार गरेर आफ्नो ठाउँको विकास गर्न सक्छौ भन्ने नमुना हो भकुण्डे ।

Date: 17/09/2018 21:30:46 :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

Welcome To Bhakunde, Nepal
Nepal is a heady mix, a fascination land of ancient history, vibrant cultures and people, bio-diversity scenic grandeur. From the magnificent snow-capped peaks to the north, the lesser mountains more..

Our Team
Yam Bahadur Thapa Magar Prem Bahadur Thapa Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Durgesh Thapa Magar Mahesh Thapa Magar Hira Bahadur Thapa Shy more..