Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

फस्टाउदै भकुन्डेको होम स्टे, जाने होईन त हजुर ?

बागलुङ नगरपालिका-१० भकुण्डेस्थित होमस्टेलाई २०७३ देखि 'अतिथि सत्कार होमस्टे' नामकरण गरिएको छ ।

नारायण रिजाल

Baraha Tal, Bhakunde

बागलुङ, ३१ भदौ - प्राकृतिकसँगै धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण बाग्लुङको दक्षिणी गाउँ हो, भकुण्डे । कुथुकर्मको लेक र सौरेको धुरीसम्म फैलिएको यो गाउँ दुई हजार दुई सय ५० मिटरको उचाइमा रहेको छ ।समशीतोष्ण हावापानी र हिउँदमा शूल्य डिग्री सेल्सियससम्म तल झर्ने यहाँको तापक्रम गर्मीयाममा भने ३२ डिग्री सेल्सियसम्म पुग्छ । मगर जातिको बाहुल्यता रहेको भकुण्डेमा २०६८ देखि होमस्टे सञ्चालन गरिएको छ । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो बनाएको छ । बागलुङ नगरपालिका-१० भकुण्डेस्थित होमस्टेलाई २०७३ देखि 'अतिथि सत्कार होमस्टे' नामकरण गरिएको छ । दैनिक सयजनालाई खाना र वास उपलब्ध हुन्छ ।

किन जाने भकुण्डे ?

भकुण्डे नयाँ पर्यटकीय गन्तव्य हो । होमस्टेमा यानीमाया, सालैजो, झ्याउरे पञ्चेबाजालगायतका लोकसंगीतको मनोरञ्जन लिन सकिन्छ । धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका २२वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । भकुण्डे भ्युटावरबाट मनोरम सूर्योदय अवलोक गर्दै बागलुङ बजार, पर्वतको कुस्मा बजार र म्याग्दीको बेनी बजारको दृश्य मनमोहक हुन्छ । लालीगुराँस र सेतोगुराँस फुलेको याममा वनभोज गर्न आनन्द हुन्छ ।
हिउँदमा मुलाबारी, सौय, बराहताललगायतका स्थानमा पनि वनभोजका लागि घुइँचो लाग्छ । त्यस्तै, स्थानीय उत्पादन मुला, मकै, कोदो, गुन्दु्रक, आलु, खुर्पानी, किबी, सिताके च्याउलगायतका विभिन्न परिकारको स्वाद लिन सकिन्छ । कुखुरा, कालो सुँगुर तथा कालिजको मासुको पनि स्वाद लिन सकिन्छ, यहाँ । भैरवस्थान, शिवमन्दिर, बराहताल, बराहमन्दिर, हिराताल, सुनझाँक्री भ्युटावरलगायतका धार्मिक स्थान पनि अवलोकन गर्न सकिन्छ ।

कसरी पुग्न सकिन्छ ?
भकुण्डे जानका लागि काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानबाट बागलुङ सदरमुकामसम्मका लागि बस, माइक्रोबस र जिप पाइन्छन् । बागलुङ सदरमुकाममा भकुण्डे हामेस्टेको सम्पर्क कार्यालय छ । त्यहाँ सम्पर्क गरेर पैदलयात्रा गर्न सकिन्छ ।
त्यस्तै, पैदलयात्रामा पर्वत सदरमुकाम कुस्मा बजारबाट पनि जान सकिन्छ । त्यसका लागि कुस्मामा रहेको यान्त्रिक पुल तरेर नारायणस्थानको बलेवा विमानस्थलको बाटो हुँदै पैयुँपाटा, अर्भक निस्केर भकुण्डे पुगिन्छ । सवारीसाधनका लागि बागलुङ सदरमुकामबाट देउराली चोकतर्फको १४ किमि र मालढुंगा हुँदै गलुवातर्फको १० किमिमा हुइँकिएपछि भकुण्डे पुग्न सकिन्छ ।

के पाइन्छ कोसली ?
भकुण्डेबाट स्थानीय परिकार कोसेलीका रूपमा लिन सकिन्छ । जस्तोः मुलाको सिन्की, धजरा, चाना, बाँकोको सिन्की, मकै सिरौँला, भाँगो, टिमुर, सिल्टिमुर, सिलाम, सिताके च्याउ, स्थानीय भटमास, कोदोको रक्सी, आलुलगायतका परिकार छन् ।
कति लाग्छ खर्च ?
काठमाडौंबाट बागलुङ सदमुकाम पुग्न गाडीभाडा एक हजार रुपैयाँ लाग्छ भने त्यहाँबाट तीन सय रुपैयाँ गाडीभाडा तिरेर भकुण्डे पुग्न सकिन्छ । होमस्टेमा एक रातको प्रतिव्यक्ति ६ सय लाग्छ । यसमै मासुसहितको खाना, बिहानको खाजा र रातको पनि समेटिएको छ । यसबाहेक स्थानीय पेयपदार्थ लिए छुट्टै खर्च लाग्छ । साँझ प्रदर्शन गरिने सांस्कृतिक कार्यक्रममा टिप्स दिने गरिन्छ । लोकदोहोरी गाउन र सुन्न चाहेमा दुई हजारसम्म तिर्नुपर्छ । हरेक शुक्रबार होमस्टे स्पेसलको व्यवस्था हुन्छ ।  नयाँ पत्रिका

Date: 17/09/2018 21:41:21 :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

Foods
Potato, Rice,,......

Welcome To Bhakunde, Nepal
Nepal is a heady mix, a fascination land of ancient history, vibrant cultures and people, bio-diversity scenic grandeur. From the magnificent snow-capped peaks to the north, the lesser mountains more..