कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

सार्वजनिक प्रशासनमा सञ्चारको महत्व

susan

विषय प्रवेश

सूचना र सञ्चारको महत्व सार्वजनिक प्रशासनमा मात्र महत्व नभै सबै क्षेत्र र समुदायमा आवश्यकता भएपनि यो सानो आलेखमा सार्वजनिक प्रशासनमा केन्द्रित भै विश्लेषण गर्ने प्रयास गरिएको छ । समय र सन्दर्भ अनुसार सार्वजनिक प्रशासन शब्दको सट्टा जुनसुकै क्षेत्र वा विषयमा केन्द्रित भै सुचना र प्रविधिको वर्तमान युगमा बुझन सकिने भएपनि साघुरो घेरामा ध्यान केन्द्रित नगरी खुल्ला विषयको रुपमा लिनु हुन आम पाठक वर्गमा अनुरोध गर्दै सञ्चारको महत्व विषयमा आलेख प्रस्तुत गर्ने अभिप्राय बोकिएको छ । आशा एव विश्वास लिएको छु कि कोरा मन्थन भन्दा केही सन्दर्भ सामाग्रीको रुपमा लिइ बहुआयामिक रुपमा प्रयोग गर्ने प्रयासमा समेत टेवा पुग्ने देखिन्छ ।

सञ्चारको परिचय

एक व्यक्तिबाट अर्को व्यक्तिमा, एक स्थानबाट अर्को स्थानमा सूचना, विचार, अवधारणा, अभिमत, राय, खवर तथा भावना जस्ता सूचनाजनक कुराहरु पारस्पारिक समझदारीको प्रयोजनको निम्ति प्रसारित गर्ने प्रक्रिया नै सञ्चार हो । रोविन्सको शब्दमा " कुनै एक व्यक्तिको मस्तिष्कको सोचाई, धारणा, व्यवहार आदि अर्को व्यक्तिको मष्तिकमा पुरयाईने प्रक्रिया नै सञ्चार हो । " भनेका छन् । सूचना र सञ्चार एक आपसमा सम्बन्धित् छन् । सूचना भनेको विषयवस्तु, ज्ञानको श्रोत र शक्तिको आधार हो भने सञ्चार वाहक हो । सञ्चार सूचनाहरुको आदान प्रदान मात्र होईन, तिनीहरुको प्रसारण र त्यसमा सहभागिता राख्ने सम्पूर्ण गतिविधिहरुको समष्टीगत रुप हो । प्रशासनको पक्षबाट भन्नुपर्दा सञ्चार एउटा व्यवस्थापकीय साधन हो । सञ्चारको आधारमा सम्पूर्ण प्रशासकीय गतिविधिहरु सञ्चालन हुन्छन् । प्रशासनको आत्मबल, नैतिकता, दक्षता लगायतका सम्पूर्ण सीपको आधार नै सञ्चार हो । सञ्ँचार प्रशासकिय संगठनको रक्त सञ्चार जस्तै हो । सञ्चारमा दुई पक्षहरु एक सूचना दिने (Sender) र अर्को ग्रहण गर्ने (Receiver) हुन्छन् । सञ्चार दुई तर्फी (Two Way) हुन्छ । निरन्तर चलीरहने प्रक्रिया (Continue Process)  हो । सञ्चारमा पारस्परिक समझदारी (Co-Ordination & Understanding) सृजना हुनुपर्छ । सञ्चार प्रशासनिक प्रणालीको जिवन हो ।

सञ्चारको महत्व

नेपालको अन्तरिम संविधान, २०६३ मा धारा १२ - ३ क मा विचार र अभिव्यक्तिको स्व्तन्त्रता, धारा १५ मा प्रकाशन, प्रसारण तथा छापाखाना सम्बन्धी हक, धारा २७ मा सूचनाको हक भनी स्पष्ट व्यवस्था गरेको अवस्था छ । सञ्चारमा स्पष्टता (Celerity) सुसंगतता (Consistency) पर्याप्तता (Adequacy) सामायिकता (Timeliness), एकरुपता (Uniformity) , लचिलोपन (Flexibility), स्वीकार्य (Acceptability)  जस्ता विशेषताहरु ह्ुनुपर्दछ । ती विशेषताहरु बोकेको सञ्चारको महत्वलाई बुझेर प्रसिद्ध अलेक्जेण्डर महानले म तीन हजार तरवारको बदला ३ वटा समाचार पत्रबाट डराउँछु भनेर भनेका छन् । त्यसैले सञ्चारको महत्वलाई छोटकरीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । प्रशासनको सफल सञ्चालन गर्न, व्यवस्थापकीय कार्यको आधार तय गर्न, शीघ्र निर्णय र कार्यान्वयन गर्न, सुमधुर मानवीय सम्बन्ध स्थापित गर्न, उत्प्रेरणा र मनोबलमा वृद्धि गर्न, न्यूनतम लागतमा अधिकतम् उत्पादन दिलाउन, अन्तर वैयक्तिक सम्बन्ध, समन्वय र नियन्त्रण गर्न, सामाजिक सम्बन्ध विस्तार गर्न, सुशासनका आधारभूत तत्व मध्ये पारदर्शिताको आधार तयार गर्न, लोकतान्त्रिक शासन व्यवस्थाको प्राण वायु प्रदान गर्न, राज्यको चौथो अंगको रुपमा भूमिका दिलाउनको लागि सञ्चारको महत्व रहेको छ ।

निर्णय निर्माण प्रक्रियामा सञ्चारको भूमिका

प्रभावकारी संचार व्यवस्थापन रुपि शरीरको रक्त संचार हो । यसको स्वस्थ स्पन्दनबाट मुटुको धड्कन स्वस्थ र सन्तुलित भई व्यवस्थापन रुपि शरीरका गतिविधिहरुलाई लक्ष्योन्मुख बनाउन सकिन्छ । निर्णय निर्माण प्रक्रियामा समस्याको वास्तविकता पहिचान गर्न, समस्याको विश्लेषण गर्न आवश्यक तथ्याड्ढ सूचना र जानकारी उपलब्ध गराउन, निर्णयका सम्बन्धमा सरोकारवालाको अभिमत बुझन, निर्णय निर्माण प्रकृयामा सहभागितात्मक रणनीति अपनाउन, वास्तविक निर्णय निचोडमा पुग्न, निर्णयको सम्बन्धीत पक्षलाई सञ्चार गर्न, कार्यान्वयन पक्षलाई सबल र प्रभावकारी बनाउन, निर्णय कार्यान्वयन नियन्त्रण र अनुगमन मूल्याड्ढलाई प्रभावकारी बनाउन, श्रोत साधन र समय वचत गर्न, शीघ्र निर्णय गर्न तथा निर्णय प्रक्रियालाई पारदर्शी र प्रजातान्त्रिक बनाउन महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

सञ्चारका तरिकाहरु

व्यवस्थापकीय दृष्टिकोणले संगठनको प्रभावकारिता अभिवृद्धि गर्नको लागि प्रयोग हुने सञ्चारलाई अभिव्यक्तिको आधारमा, संगठनात्मक आधारमा, वहावको आधारमा, क्रिया÷प्रतिक्रियाको आधारमा वर्गीकरण गर्न सकिन्छ । अभिव्यक्तिको आधारमा सञ्चारलाई मौखिक, लिखित, सांकेतिक र मिश्रित रुपमा लिन सकिन्छ । संगठनात्मक आधारमा औपचारिक र अनौपचारिक संगठन मार्फत सञ्चार गरिन्छ । वहावको आधारमा माथिबाट तल हुने, तलबाट माथि जाने, समानान्तर र छड्के रुपमा सञ्चार गर्ने गरिन्छ । क्रिया÷प्रतिक्रियाको आधारमा एकोहोरो र दोहोरो हिसाबले सञ्चार हुने गर्दछ ।

संचारमा व्यवधानहरु

संगठनलाई सुचारु रुपले सञ्चालन गर्नको लागि प्रभावकारी सञ्चार व्यवस्थापन गर्नुपर्ने हुन्छ । सञ्चारमा व्यवधान पुरयाउने प्रमुख तत्वहरुमा मानवीय त्रुटि वा व्यक्तिगत कारण, भाषिक विविधता र सांकेतिक कारण, प्राविधिक समस्याहरु, मेसिनको खराबी हुन सक्दछन् । जसका कारणले सञ्चारमा व्यवधान सिर्जना हुन जान्छ । संगठनको संरचना धेरै तह धेरै अवरोध, अस्पष्ट, दोहोरो अर्थ हुने भाषिक कठिनाई, आदेशको श्रृखला तथा हैसियतको दुरीमा समन्वयको अभाव, व्यक्तिको मनस्थितिले आफ्नोे स्वार्थ अनुसार काम गर्ने, भौगोलिक दूरीले गर्दा प्रविधिको स्तरीय प्रयोगमा कठिनाइ, गोप्यतावादी चरित्र तथा संस्थागत स्वार्थ जस्तो सांस्कृतिक अवरोधले संचार प्रवाह गर्न नचाहने, लैगिक असमानताका कारणले केटा केटी बीच सूचना आदान प्रदान गर्न हिचकिचावट गर्ने, मनोवैज्ञानिक अवरोधका कारण डर, त्रास एवं असुरक्षा हुनु, विश्वास र इमान्दारिताको अभाव, कमजोर सुपरिवेक्षण, प्राविधिक अवरोध तथा मानवीय अवरोधका कारण सही सञ्चार नभएको गुनासो सर्वत्र सुन्न पाइन्छ ।

संचारमाथिको व्यवधानहरु ह्टाउने उपायहरु

राम्रो सञ्चारले राम्रै मानवीय सम्बन्ध स्थापित गर्दछ । संचारमाथिको व्यवधानहरु हटाउनको लागि विशेष अवस्थामा उकृष्ट सञ्चार गर्ने, बहुआयामिक सञ्चार साधनको प्रयोग गर्ने, कम्प्युटरमा आधारित सूचना र सञ्चार प्रणालीको स्थापना गर्ने, सञ्चार सीप विकासको लागि तालिमको व्यवस्था गर्ने, स्पष्ट सूचना प्रवाह गर्ने, अवरोध पत्ता लगाइ निरन्तर रुपमा सुधारका लागि सञ्चार गर्ने, सञ्चारको मूल्यांकन प्रभावकारी हिसाबले गर्ने, संगठनात्मक ढाँचा समय सापेक्ष सुधार गर्ने, सञ्चार योजनालाई वैज्ञानिक ढंगले तर्जुमा गर्ने, भरपर्दो एवं विश्वासको वातावरण सिर्जना गर्ने, ग्रामीण सुचना प्रविधिको विकासमा यथेष्ट ध्यान पुरयाउने गरेमा पक्कै पनि सञ्चार माथिको अवरोधमा कमी आउन सक्दछ ।

अन्त्यमा 

सार्वजनिक प्रशासनमा सञ्चारको मह्त्वले गर्दा कुन विषय वस्तु, कहिले, कसरी, कहाँ, किन सुचना आदान प्रदान गर्ने, सूचना प्रवाह गर्ने भन्ने बारेमा तथ्यपरक ढंगले निचोडमा पुग्नुपर्दछ । पछिल्लो समयमा अझ व्यवस्थित तरिकाले व्यवस्थापन सूचना प्रणालीको महत्व र आवश्यकताले गर्दा सुचना विनाको कार्य सम्पादन नै हुन नसक्ने अवस्थाको अवस्था आइरहेको छ । परम्परागत हिसाबले प्रशासनको शैली नचल्ने भएकोले बाध्य भएर पनि अब्बल स्तरको सेवा प्रवाह गर्नमा सञ्चारको प्रयोग गर्न कन्ज्युसाइ गर्न हुदैन ।

भकुन्डे - ३ बाग्लुंग

हाल : शिक्षा कार्यालय

बेनी म्याग्दी

Date: 10/8/2012 7:36:26 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

बा.न.पा १० भकुण्डेको कृषि अवस्था

नेपालको विकासको मेरुदण्डको रुपमा कृषि पेशा र कृषि आयले लिएको हुनाले अघिकांश नेपालीहरुको कृषि पेशा नै प्रमुख पेशा भएको र झण्डै ६६ प्रतिशत जनता कृषिमा नै आस्रित रहेको कृषि तथ्यांकमा अधावधिक रहेको छ । यहाँका कृषकहरुले प्राय: परम्परागत एवं निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएको परिप्रेक्ष्यमा ब्यवसायिक more..

क्यापिटल शिक्षा सदन बोर्डिङ

नाम - क्यापिटल शिक्षा सदन बोर्डिङ  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०६४ संचालित कक्षा  - १-४ जम्मा विद्यार्थी -९३  जम्मा शिक्षक -९   भवन - ३ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

गृह पृष्‍ठ
     

मुला बारी
ऐतिहासिक, धार्मिक, पर्यटनको दृष्टिकोणले हेर्दा मुला बारि अत्यन्तै मनमोहक स्थान हो । जहाँ अझै सम्म ऐतिहासिक भु्रे राजाका भग्नावसेस देख्न सकिन्छ । ढिकी, ओखल, बाग्लुङ जिल्ला, बलेवा क्षेत्रको मुलाबार more..