कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

शिक्षाको आमुल सुधार अर्थात संक्रान्ति

betha unko

जीवनको उद्देश्य बाच्नु हो। बाँच्न सिकाउनु शिक्षाको उद्देश्य हो।संसारमा हरेक प्राणीहरुले आफ्ना बच्चाहरुलाई बाँच्न सिकाउछन्।कतिपय प्राणीहरुले केवल जन्माएर मात्र छाड्छन र आफै वाच्न सिक्दछन।मानिस मात्र यस्तो प्राणी हो जस्ले आफ्ना वाल वच्चाहरुलाई बाँच्न सिकाउनको लागि स्कूल, विद्यालय, कलेज, विश्वविद्यालय, बोर्डिङस्कूल, तालिम केन्द्र ईत्यादि खोलेर बिसौ बर्ष त्यहाँ सिकाउने र तालिम गराउने गर्दछ।यसरी एक जीवनको एक तिहाई समय विद्यालय र तालिम केन्द्रमा खर्च गर्दा पनि मानिस अझै गुणस्तरिय जीवन प्राप्त गर्ने सक्दैन।आज हामी शिक्षक, व्यवस्थापक र अविभावक यसैमा चिन्ता गरिरहेका छौ।

    हामीले बैगुणी होईन गुणी मानिस चाहन्छौ।हाम्रो चाहना र लक्ष्य गुणी मानिस बनाउने हो।

अनपढ मानिसहरु पढेकाहरु भन्दा निर्दोष, दयालु र सुन्दर देखिन्छन। शिक्षाले मानिसलाई धुर्त, चलाख बनाएको छ।चलाख यस मानेमा कि मानिसहरुलाई कसरी शोषण गर्न सकिन्छ; कसरी प्रयोग गर्ने सकिन्छ र कसरी बेईमानी गर्न सकिन्छ भन्ने सिकाएको छ।पढेकाहरु काम नगर्ने तर खान धेरै खोज्ने स्वभावका छन।केहि पनि नगरिकन सब थोक खोज्दछन। वास्तवमा पढेकाहरु कुनै काम नगरिकन धेरै सुखसुविधा खोज्दछन।उनिहरु अरुको शोषण गर्दछन, अरुलाई लुट्छन।यहि होईन अहिलेको शिक्षा?

यसकारण शिक्षामा आमूल सुधारको आवश्यकता छ।शिक्षामा संक्रान्ति ल्याउन आवश्यक छ।

हामी विद्यार्थीहरुलाई स्पर्धा सिकाई राखेका छौ।प्रतिस्पर्धा सिकाई राखेका छौ।प्रतियोगिता र प्रतिद्वण्दिता सिकाई राखेका छौ।नाम, दाम, पद प्रतिस्ठा जस्ता महत्वाकांक्षाको लागि लडाई।यस्तो लाग्छ हाम्रा बालबालिकाहरु हतारमा छन; दौडिरहेका छन।जीवनमा तनाव छ, ज्वरो छ। एकले अर्कोलाई उछिन्ने होडमा कुदिरहेका छन।जो पहिलो हुन्छ उसले जित्छ र बाँकि सब हार्दछन।गहिराईमा पुग्दा यो शिक्षा हिंसात्मक शिक्षा हुन पुग्द छ।एकले अर्कोको गला थिच्ने स्थिति सिर्जना हुन्छ।

शिक्षा परिक्षा केन्द्रित र भविष्य प्रति समर्पित छ।बिद्यार्थीहरुको सारा समय र शक्ति एक वर्ष पछि सोधिने ५ वटा प्रश्नको बनावटि उत्तर लेख्नमा खर्च गरिन्छ। बर्तमान, अहिले नभएको भविश्यको लागि बलिदान गर्न विवश पारिदै आएको छ।बर्तमानको खुशी, आनन्द र उत्सवपूर्ण क्षणहरु भविष्यको लागि त्याग, समर्पण गर्न वाध्य पारिन्छ।बर्तमानलाई तनाव र बचैनिमा परिणत गरिन्छ।

अमन, चैन र आनन्द जीवनको आवश्यकता हो।हाम्रो शिक्षाको कारण हाम्रा नानी बाबुहरुको जीवन तनाव र बेचैन बनेको छ र आनन्दको खोजि गलत तरिकाबाट गर्न बाढ्य छन, जस्तो जाँड रक्सी र ड्रग्सको प्रयोग।

हाम्रो शिक्षामा प्रेम, हासो खुशी अनि जीवनको ज्ञान, जीवनको रहस्य, यसको आश्चर्य तथा यसको आदर गर्ने विषय समावेश गर्नु पर्छ।हाम्रो कथित शिक्षाले मानिसलाई दुखि र गम्भिर तुल्याउदछ।यदि जीवनको एक तिहाई समय विद्यालय र विश्वविद्यालयमा गम्भिर भएर बिताउने हो भने यो उसको आदत बन्दछ, उसले हासोको भाषा भुल्दछ र जो हास्न भुल्दछ उसले जीवनको धेरैकुरा भुल्दछ।चराहरुले गाएको सुन्नु पर्छ।रुखमा फुलेका फूलहरु र आकाशका ताराहरू हाम्रो हृदयसंग जोडिनु पर्छ।सुर्यदय र सुर्यास्त केवल वाहिय घटना मात्र होइनन; हाम्रा अन्तरह्रदय र अन्तरमनसंग जोडिएको हुन्छन।जीवनको आदर गर्नु सिक्नु महत्वपूर्ण छ।

शिक्षाको अर्को आयाम कला र संगित सृजना हो जुन विद्यार्थीहरुले आफ्नो रुचि र चाहना अनुसार छनौट गर्दछन।चित्रकला, मुर्तिकला, वास्तुकला, साहित्य, संगित तथा नृत्य जसले जीवनलाई रसपूर्ण र आनन्दित तुल्याउदछ।बर्तमानमा रम्न र रमाउन सिकाउदछ।सृजना नै वास्तविक प्रार्थना हो, यसवाट परंमानन्द प्राप्त हुन्छ।

शिक्षाको अर्को पाटो ध्यान हो।जसले जीवन मरणको कला सिकाउदछ, जुन अपरिहार्य छ।जसले मृत्यूलाई जानेको छ, उसले जीवनलाइ जानेको हुन्छ।सबै प्रकारका ध्यानहरु जान्न जरुरी छ।यसले सवै अभिमानहरुलाई नाश गरि निर्वाणमा पुर्याउदछ।यसका साथै आत्मा रक्षाकोलागि मार्शल आर्टहरु जुडो, कराँते आदि सिकाउन जरुरी छ, आत्मरक्षामात्र नभई ध्यान पनि हो।

शिक्षा भनेको मानिस भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनु हो, उसलाई आफ्नै अद्वितिय अनुपम गुणको बिकास गर्न सहयोग गर्नु हो। एक अर्कालाई तुलना गर्ने र जान्ने-नजान्ने, उत्कृष्ट-निकृष्ट बनाउनु हुदैन।हरेक व्यक्ति अनुपम र अतुलनिय हुन्छन।पास र फेलको परिक्षा प्रणाली बदल्नु पर्दछ।फेल बनाउने तरिकाले जीवन भरका लागि हिनताबोध, लघुताभाषको घाउ लगाउदछ।अर्कोतिर पास हुनेहरुमा अहंकार र घमण्डको भवना विकास गराउदछ।जो अर्को प्रकारको रोग हो।कुनै विद्यार्थीले छिटो सिक्दछन र कुनै केहि ढिलो सिक्दछन।शिक्षकले हरेक घण्टा, हरेक दिनको अवलोकन द्वारा उनिहरुको विशेषता पत्ता लगाई मद्दत गर्नु पर्दछ।

कोहि उत्कृष्ट र कोहि निकृष्ट हुदैन। हरेक व्यक्ति अतुलनिय हुन्छन।

    शिक्षकको भूमिका यतिबेला बदलिएको छ।किनकी परिस्थिति बदलिएको छ।बिज्ञान र प्रविधिको उच्च र तिब्र बिकास भएको छ।टेलिभिजन र कम्प्युटरको माध्यामबाट प्रभावकारी ढंगले सिक्न र सिकाउन सकिन्छ।निरन्तर अध्यन अनुसन्धानबाट दिनहुँ नया नया ज्ञान र तथ्य प्रकाशित भईरहेका छन।अब शिक्षकको काम सहयोगिको रुपमा कसरी ज्ञान र सुचना प्राप्त गर्ने, कसरी कम्प्युटर अनि इनटरनेटमा नया सुचना, तथ्यहरु खोज्ने भनि सिकाउनु पर्ने भएको छ।परिस्थितिले शिक्षकको मान मर्यादामा कटौति गरिदिएको छ।बिगतमा शिक्षकनै ज्ञानको श्रोत थियो।उसले अनेकौ परिक्षा पास गरेर ज्ञान बटुलेको थियो।यसकारण ज्ञान प्राप्त गर्न उसको आदर सत्कार र चाकरी गर्नु पर्दथ्यो।प्रविधिको विकासले शिक्षकको ज्ञान पुरानो बनाईदियो।अब शिक्षक पनि दिनहुँ अपडेट हुन आवश्यक भएको छ।

    शिक्षित बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा हाम्रा विद्यालयहरु चित्रित गरिन्छन।यसकारण शिक्षालाई उत्पादन गर्ने उद्योग र व्यावसायसंग जोड्नु पर्छ।माद्यामिक तहका विद्यार्थिहरुलाई उनिहरुको रुचि र परिस्थितिको संभावनाको आधारमा व्यावसायिक विषय अनिबार्य सिकाउनु पर्दछ।श्रम गर्न सिकाउनु प्रदछ।अद्ययनको विषय किताब होईन धर्ति वा संसार हो।किताबहरु त केवल सहयगी सामाग्रीहरु मात्र हुन।यसकारण किताब अद्ययनको लागि कम समय र धर्तिमा श्रम गर्न बढि समय छुत्याउनु पर्दछ।

    उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गर्न सिकाउदा नै समुदायको विकास हुन्छ।जल, जमिन, जंगल र जडिबुटीको सदुपयोग गर्न सिकाउनु पर्दछ।यसो भयो भने नै सबैजना रोजगार बन्न सक्दछन।हाम्रो जीवन धन धन्य बन्छ।

    हामी ८ कक्षादेखि माथिका विद्यार्थीहरुलाई शिपमुलक र व्यवसायिक तालिम दिन सक्छौ।बुनाई र सिलाई, अन्न खेति, तरकारी खेति, कुखुरा पालन, गाई-भैसी पालन, बंगुर पालन, मौरीपलन, माछा पालन, होटेल, रेष्टुराँ ईत्यादि, व्यावसाय सन्चालन गर्न लगाउनु पर्दछ।सरकारी अर्थात सामुदायिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्नु पर्दछ।विद्यार्थीहरुलाई समुहमा वर्गिकरण गरि सहकारी वा सामुहिकि रुपमा काम गर्ने अभ्यास गराउनु पर्दछ।

    के हुनुपर्छ भन्ने भन्दा के गर्न सक्छौ भन्ने प्रश्न महत्व पूर्ण छ।

१) यतिबेला हामी विद्यालयलाई दिनमा आवासिय(Day boards)बनाउन सक्छौ।बिहान आठ बजे देखि साँझ ६ बजे सम्म बिद्यालयमा रहने वातावरण तयार गर्ने।बिहानको खाना र दिउसको खाजा खाने व्यवस्था मिलाउने र साँझमा खाना खान घर जाने।

२) व्यवसायको छनोट गरि समुहकार्यको रुपमा काम गर्न लगाउने।

३) विद्यालय कम्पाउण्ड, खालि जग्गा वा कुनै जग्गा लिजमा लिएर व्यावसाय संचालन गर्ने।

४) शैक्षिक सुधारको लागि टि. भी., कम्प्युटर, प्रजेक्टरको व्यवस्था गर्ने।सेमिनार हलको व्यवस्था गर्ने।

५) पुस्तकालय र ई-पुस्तकालयको व्यावस्था गर्ने।

६) हरेक एकाई वा खण्डको अन्तमा, हरेक ३ महिनामा लिइने परिक्षाको उत्तर पुस्तिका चेक गरेपछि व्यक्तिगत फाईल खडा गरि राख्ने र अविभावक वा स्वयं विद्यार्थीले हेर्न चाहेमा हेर्न दिई आवश्यक परे सुधार्न मद्दत गर्ने  .

२०६७।११।८ गते भैरव उच्च मा.वि. प्रस्तुत अवधारणा पत्र

उदितकुमार थापा

अ.हे.व.,

संकेत नं.-१७५६७६

सेवा अवधि-११ वर्ष

धौलागिरि अञ्चल अस्पताल

बागलुङ

सम्पर्क ९८४७६२९६८३, mail:dhyangeetn@gmail.com

Date: 10/11/2012 2:24:21 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

श्री बराह महोत्सव पूजा (मेला) २०७३

For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: 

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - भकुण्डे ६ स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम बहादुर थापा more..

भैरव उच्च मा. वि.

नाम - भैरव उच्च मा. वि.  अवस्थित - भकुण्डे ४ स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थ more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

उद्घाटन महोत्सव राष्ट्रपति डा. रामवरण यादब बागलुङ
"कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटन, उद्योग तथा व्यापारको प्रवर्द्धन" पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा तेस्रो बागलुङ महोत्सव बागलुङ महोत्सव २०६८ को उद्घाटन डा. रामबरण यादव द्वारा ग more..

नेपाल राष्ट्र बैंक
https://www.nrb.org.np