हालै मात्र प्रकाशित भयको प्रबेशिका परिक्षाको
नतिजा हेर्दा देशको शैक्षिक क्षेत्र दिनानुदिन खस्किदै गैरहेको महशुस
गर्न सकिन्छ । सरकारले देशमा साक्षरता संख्या बृद्दि गर्ने भन्दै
शैक्षिक गुणस्तरमा समेत बृद्दि गर्ने जस्ता जति नै खेश्रा भाषण गरे
पनि परिणाम अधोगति तिर गैरहेको छ। यसको मूल कारक भनेको राजनैतिक
प्रभाब मुख्य रुपमा देखिन्छ किनकी आजको युग सुहाउदो शिक्षा नीति कुनै
पनि सरकारले बनाउन सकिरहेको छैन भने राजनैतिक छहारिका कारण सरकारी तथा
समुदायका बिध्यालयहरुमा समेत योग्य र दक्ष शिक्षकहरुको अभाब नै
देखिन्छ । यसको दरो उदाहरण यो छ कि जुन सुकै सरकारी तथा समुदायका
बिध्यालयमा पढाउने शिक्षकका बच्चाहरु प्राय निजि बिध्यलयहरुमा पढ्ने
गर्दछन किनकी उनीहरु पूर्ण जानकार छन् कि आफुले आफ्ना बच्चाहरुलाई
राम्रो शिक्षा दिन सक्दैनन् । फेरी अर्को कुरा जहाँ जुन राजनैतिक दलको
बाहुल्यता छ त्यो क्षेत्रमा प्राय पढाइ भन्दा बढी राजनैतिक परामर्श
हुने गरेको पाइन्छ।
यस्तै उदाहरण बन्न पुगेका छन हाम्रै गाउ ठाउका बिध्यालयहरु तर हाम्रा
यी नाजुक परिणाम आइरहेका बिध्यालयको गुणस्तर अब कसले उकास्ने त ? को
जिम्मेबार छ त यसमा? सम्पूर्ण अभिभाबक चनाखो बन्नु पर्ने अबस्था देखा
परेको छ। हिजोका दिनमा जसरि यौटा राजनैतिक दलको सानो कार्यक्रम हुदा
बिध्यालय नै बन्द गरिन्थ्यो के अब पनि यस्तो हुन् दिने त? अब
शिक्षालाई राजनीति भन्दा टाढा नराख्ने हो भने हाम्रा साना भाई-बहिनि
तथा निनि-बाबुहरुको भबिष्य अझै दयनीय नबन्ला भन्न सकिदैन तर प्रत्यक
अभिभाबकहरुले आ-आफ्ना बच्चाहरुको दैनिक क्रियाकलाप बुझ्नु पनि जरुर छ
भने उनीहरुको लागि पढ्नको लागि उचित बाताबरण बनाइदिन सक्नु पर्दछ
।
नेत्र प्रसाद शर्मा,
माल्दिभ्स
Date: 6/13/2013 2:13:22 पूर्वाह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..