कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

गरिबी अन्त्यका लागि विश्वव्यापी सोच अभियानमा

Yam -Bahadur -Thapa

-याम बहादुर थापा मगर

पृष्ठभुमि

गरिबी निवारणलाई विश्व व्यापी ग्रस्त समस्यामुलक दुश्चत्र्रm युक्त अभिशापको रुपमा रहेको मानवीयता विरुद्धको कलंक हो । गरिबीलाई सापेक्ष र निरपेक्ष सहित बहुआयामिक हिसाबले आम रुपमा लिने गरिन्छ । तर आर्थिक हैसियतमा गरिबी निवारण गर्न नेपाल सरकारले प्रमुख दायित्वको रुपमा लिएको पनि प्रतिफल हात पार्न नसकेको अवस्था छ । महिला, आदिवासी, अल्पसख्यक तथा दुर्गम ग्रामिण क्षेत्रमा अझै पनि आमनागरिकहरुमा गरिबीको गहनता र दयनीय मात्रामा पाइन्छ । गरिबीलाई अर्थपूर्ण तरिकाले घटाउन र सदाका लागि अन्त्यको लागि विचार मन्थन गराउन जरुरी भएको छ ।

गरिबीको वितरण भौगोलिक क्षेत्रीय रुपमा मात्र नभई जातीयता पनि असमान रहेको देखिन्छ । यससँगै गरिबी निवारणका लागि गरिब घरपरिवारको पहिचान कार्य हुन नसक्नु, लक्षित घर परिवारमा सामाजिक संरक्षण कार्यक्रमहरु केन्द्रित गर्न नसकिनु, विभिन्न निकायहरुबाट सञ्चालित गरिबी निवारण कार्यक्रमहरु बीच समन्वयको अभाव रहनु, क्षमता विकासका कार्यहरु पर्याप्त नहुनु एवम नीति, योजना र बजेट कार्यक्रम बीच सामानजस्य नभएको पाइन्छ । संख्यात्मक रुपले गरिबी तथ्याङमा सुधार आएको देखिए तापनि आर्थिक असमानता डरलाग्दो रुपमा बढेको पाउन सकिन्छ ।

गरिबीको चुनौती तथा अवसर
गरिबी न्युनीकरणको प्रयासलाई तीव्रता दिँदै भौगोलिक, लैगिंक, जातिय र आय वर्गबीच रहेको गरिबीको मार र असमानताको अन्तरलाई कम गर्नु, न्यून आर्थिक वृद्धि, विनाशकारी भुकम्प र सीमा क्षेत्रको व्यापारिक अवरोधबाट सिर्जित समस्याबाट गरिबीको अवस्थामा परेको प्रतिकुल असर छिटो निवारण गर्नु, सीप, पुँजी र प्रविधिमा बहुसङयक जनताको आवश्यक पहँुच नभएको अवस्थामा स्वरोजगार प्रवद्र्धन गर्नु, द्धन्द्धको अन्त्य भए पनि पूर्ण शान्तिको प्रत्याभुति नभएकोले लगानी मैत्री वातावरण कुण्ठित हुँदा नयाँ रोजगारीका अवसरहरु सिर्जना गर्नु र वैदेशिक रोजगारीमा जानेलाई निरुत्साहित गर्नु चुनौती रहेका छन् । अनौपचारिक क्षेत्रमा अत्यधिक रुपमा केन्द्रित विद्यमान बढ्दो अदृश्य बेरोजगारीलाई घटाउनु, कृषिमा आश्रित आवश्यकता भन्दा बढी जनसख्यालाई क्रमिक रुपले गैरकृषि क्षेत्रमा स्थानास्तरण गराउनु, नयाँ रोजगारीको अवसर सिर्जना गुर्न, स्थानीय सीप, पुँजी र प्रविधिमा पहुँच भएका स्वदेशी उद्यमीहरुको निमित्त स्वरोजगार प्रवद्र्धन गर्नु, औपचारिक वा सङगठित क्षेत्रमा संयुक्त लगानीमा आधारित उद्योगको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारीको अवसरहरु उपलब्ध गराउनु तथा प्रतिस्पर्धाको आधारमा सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन गर्नु र सहरी तथा ग्रामीण एवम् विभिन्न भौगोलिक क्षेत्र र समुहहरु बीचको खाडल अझै कम गर्नु समेत चुनौती रहेका छन् । गरिब घर परिवार पहिचान र परिचयपत्र वितरणको सूरुवातसँगै गरिब लक्षित कार्यक्रम अघि बढाउने अवसर प्राप्त हुनेछ । कृषि, पर्यटन, निर्माण तथा अन्य सेवा क्षेत्रको विस्तारले आर्थिक वृद्धि एवम् रोजगारी सिर्जना भई गरिवी घटाउने बलियो अवसर प्राप्त छ । उत्पादनका साधन तथा अवसरहरुमा पहँुच वृद्धि गरी रोजगारीका अवसरहरुमा सशक्तिकरण गर्नु पर्दछ । नेपालको सन्दर्भमा वृद्धि,आय र रोजगारीका अवसर वृद्धि गर्दै गरिवी न्युनीकरण र आर्थिक समृद्धिको वृहत सोच रहेको छ । निरपेक्ष गरिबी निवारण गर्दै आर्थिक समृद्धिको आधार तयार गर्ने लक्ष्य छ । चौधौ योजनाको उद्धेश्य गरिवीको रेखामुनि रहेको जनसख्या १७ प्रतिशतमा ल्याउनु रहेको छ ।

विश्वलाई गरिबीबाट मुक्त गराउन चाहिने खर्च
कोपेनहेगन कन्सेन्सस सेन्टरका निर्देशक व्योर्न लम्वर्ग कोपेनहेगन बिजनेस स्कुलका अतिथि प्राध्यापकका अनुसार गरिवी मानव जाति माथिको सबैभन्दा क्रुर पीडा हो । हामीमा यदि अत्यन्त गरिबहरु मध्ये सामान्य रोगको सहज उपचार गर्ने सामथ्र्य पनि राख्नुहुन्न भने गरिबीका कारण ६ जनामा एकको मृत्यु हुन्छ । पौष्टिक आहारको कमीले बच्चामा शारीरिक विकास हुँदैन । बच्चाको मानसिक बौद्धिकतामा कमी आउँछ जसको हानिले चरम तनाव र दुखको अवस्थामा पुरयाई जीवनलाई सुन्दर बनाउने तरिकाको अन्त्य गरिदिन्छ । त्यस्तै गरी बुक्रिङसले वर्षौ अघिको टे«न्ड र डाटालाई लिएर गरेको अध्ययन अनुसार सन् २०१५ मा गरिबी अन्त्य गर्न ७५ बिलियन डलर बर्सेनी लाग्छ । तर विश्वले वर्षेनी विकास सहायतामा एक सय चालीस विलियन डलर खर्च गरिरहेको छ । सन् २०३० सम्ममा विश्वभरमा ४ सय मिलियन गरिब हुने अनुमान छ । र आयमा हुने वृद्धिले सन् २०६० सम्ममा गरिबीलाई पुर्ण रुपमा निर्मुल पार्ने अनुमान पनि छ । यो तथ्यांकलाई आधारमानेर अमेरिकी सेनामा हुने १८ महिनाको खर्चले विश्वबाट सधैका लागि गरिबी अन्त्य गर्न पुग्छ । अर्थात विश्वमा संयुक्त राष्ट्र संघका स्थायी सदस्यहरुको चिन, रुस, वेलायत सहित अन्य देशहरुको सेनामा भएको एक मुष्ट कोष तयार गरेमा विश्वमा गरिवी सदाका लागि बिदाइ गर्न यथेष्ट बजेटको व्यवस्था हुने अनुमान गर्न सकिन्छ । विश्व बन्धुत्वको भावनामा घात गर्ने, मानवअधिकारको अवहेलना गर्ने र मानवताको ह्रास हुने क्रमलाई रोकेमा गरिबीका विविध योजना नीति र कार्यक्रमहरु सदाका लागि तिलाञ्जली दिन सकिन्छ ।

वर्तमानमा नेपालको सन्दर्भ
अहिले नेपालमा गरिबी परिचय पत्र वितरणको कार्यक्रम चलि रहेको छ । परिचय पत्रको तथ्यांक संकलनको त्रुटीका कारण धनी भन्ने मानिसहरुले समेत गरिव परिचय पत्र लिईएको र जग्गा जमिन नभएका,गोठाले जिवन यापन गरेका मानिसहरुको परिचय पत्रमा नाम नभएकोले व्यापक रुपमा आलोचना भएको छ । यसलाई संशोधन सहित पुन तथ्यांक सत्यापनको तरिकामा लैजानु पर्दछ र बास्तविक गरिबहरुको नाम नछुटने प्रक्रिया अवलम्बन गर्नुपर्छ । गरिबका नाममा आउने विदेशी सहायताको ठुलो हिस्सा स्वयम गरिबीलाई वास्तविक रुपमा छुन सकेको छैन । सहायताको आधा रकम भन्दा बढी दातृ निकायमा नै फिर्ता भै जाने जालो निर्माण गरिएको छ । परनिर्भरताको विकासमा टेवा दिने तर आत्मनिर्भरताको खोक्रो आर्दशपनाको नौटंकी मञ्चन गर्ने परिपाटीको विकासमा निरुत्साहीत हुने संस्थागत विकास नगरे सम्म भजन मण्डलीले गरिबी बढाउनमा प्रत्यक्ष गरिव देशमा सञ्जालको काम गरिरहने छन् । भाग्यबादी चिन्तन र सोचले ग्रस्त भएको समाजमा बाबु बाजेको पाला देखि नै सनातनमा नै गरिवी भएको सान्त्वना मिल्ने तस्थटताको शैली र संस्कारको जगेडामा गुर्जेको अवस्था छ । गरिबी कगो र नाइजेरियामा जस्तै भोलि भयावह रुपमा नेपालमा पनि भित्रिने सम्भावना नकार्न सकिदैन । आज धनी भएको परिवार अर्को पुस्तामा गरिवीको दुश्चक्रमा परि गरिब हुन सक्दछ । तर सधै सुखी र समृद्धि नेपालीको सपना बाँडनेले गरिबीको आधारभुत पक्षमा माखो पनि नपार्ने हो भने सुखी हैन दखी बनाउने सपनाको खेती भएको भान हुन सक्दछ ।
समृद्ध नेपाल र सुखी नेपालीको महत्वकांक्षी दुरदर्शनले सडकको सञ्जालले नसमेटेको गाउँ, खाना खान नपाएर च्याउँ खादा ज्यान गुमाउने नेपाली, अस्पतालको उपचारबाट विकटता भएकोले धामी झाँक्रीको उपचारमा अमूल्य जिवन बाँचेको गाउँ समाज धेरै छन् । सन्तुलीत खाना नै स्वास्थ्यको लागि उपयुक्त हो भन्ने जान्दा जान्दै पनि भान्छामा पाक्ने खानामा सधै खाए खा नखाए घिचको रुपमा एउटै खाना खाइ रहेका छौ । तै पनि हामी सुखी र खुसी नै छौ । गरिबीपना भित्रको सुखख भनेको एक छिन पिसाबको न्यानो भए जस्तै क्षणिकतामा अल्मलिएर मौलिक संस्कार र चलन चल्ती गुमाइ रहेका छौँ ।

गरिबी विरुद्ध अभियान
शिक्षाको अभावले गरिबीको अभियानमा तुषारापात भएको छ । शिक्षाको लगानी बालुवामा पानी हाले जस्तो हुनु हुदैन । शिक्षालाई विभेदको स्तरमा नलगी समानता र सामाजिक न्यायको तरिकामा जनस्तर सम्म लैजानु पर्दछ । औपचारिक र अनौपचारिक शिक्षण विधिलाई अवलम्बन गर्र्दै मानसीक दरिद्रतालाई त्याग्ने उत्प्रेरणा र मनोवललाई सस्थागत गरेमा हितग्राही हुने थियो । गरिबीको सोच विश्वव्यापी रुपमा भएपनि जाति,रंगभेद,असमानतामा भएपनि अमेरिका, चिन, बेलायत, जर्मन, जापान र रुस लगायतका सिमित देशमा उच्च दरमा सेनामा भएको खर्चलाई गरिबी विरुद्धमा लगाउने हो भने त विश्वमा नै गरिबी अन्त भएको पाउनको लागि महिना दिन पनि लाग्दो रहेनछ । गरिबी विरुद्ध अभियान होइन कि विश्वजगत नै सुखी र समृद्धि देख्न देख्न बाइसौ शताब्दी कुर्नुपर्ने रहेनछ । सन् २०६० को मिति भने धेरै टाढाको आकलन हो । विकासको स्वाद हाम्रै पालामा अनुभुति गर्ने खालको बनाउनमा गरिबी सर्वाङ्गिण पक्षमा बाधक भएको छ । विश्वलाई सुचना र प्रविधिले सानो गाउँ बनाएको वकालत गर्ने विश्वका बाहकहरु किन विश्व गाउँबाट गरिबीको क्रुरता र वेदनाबाट मुक्त बनाउन चाहदैन भन्ने प्रश्न सोध्न ढिला भएको छ ।
हरेक विश्व व्यापी संघ सस्थाले मानव जिवनलाई समुन्नत र समृद्ध बनाउनको लागि ध्येय,उद्धेश्य र लक्ष्य लिएको पाउन सकिन्छ । मानव जिवन समुन्नत बनाउने नाममा गरिवीको खाडललाई गहिरो बनाउनमा झन बल पुरयाएको छ । समृद्धको रस चुहिदै जादा ग्रामीण भेगमा पुग्दा फ्रोसा आर्दशबादी शब्दवाणी मात्र पुगेको पाउन सकिन्छ ।
अन्तमा कोपेनहेगन बिजनेस स्कुलका अतिथि प्राध्यापक व्योर्न लम्बर्गले विश्लेषण गरे जस्तै १८ महिनाको अमेरिका सेनाको खर्च मात्र हैन, जापान, चिन, भारत, रुस, बेलायत लगायत विकासोन्मुख देशहरु सबैको सेनाको खर्च कटौती गरी एक महिना दिन भित्रै गरिबीलाई सदाका लागि निर्मुल गर्न हातेमालो अभियान जनस्तरबाट शुरुवात गर्ने कि ?

Date: 10/27/2018 10:27:25 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसंख्या रहेको more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप्रतिनिधिलाई सो more..

हाम्रो टिम

Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar Shyam Kumar Thapa Magar Durgesh Thapa Magar Mahesh Thapa Magar Technical support Darbin Pulamee

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

परिचय
इतिहास नेपालको  पश्चिमाञ्चल विकास क्षेत्र  धवलागिरी अञ्चलको  बागलुङ जिल्लामा अवस्थित एक बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब ४ कोस more..

गृह पृष्‍ठ
इतिहास नेपालको  पश्चिमाञ्चल विकास क्षेत्र  धवलागिरी अञ्चलको  बागलुङ जिल्लामा अवस्थित एक बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब ४ कोस more..