
प्रशान एलुङ रार्इ
meetprashan@gmail.com
केहि दिन बित्यो यताको मदर्स डे र उताको आमाको मुख हेर्ने दिन ।
खै, हामी त पृथ्वीको ठीक उल्टो भूगोलमा ओतिएका छौ । बाबाले भनेजस्तै
घामको जरा निस्कने पातालको कत्रिट शहरमा म पनि हाम्रै घरआँगनको माटो
सुँघेर बसेको छु । तिम्रो मजेत्रो र बर्कोको सुगन्ध यो पल मैले खुव
याद गरेको छु । तिमी चाहिँ उता पहाडको कुन बारको डल्ला फोर्दैछौ
कुन्नि ? कि चौतारीको डिलमा बसेर मूलबाटो हेर्दैछौ ?
यहाँ आफूसँगै आमा हुने धेरै सखीहरूले आफ्ना आमालार्इ मिष्ठान्न
भोजनसँगै पुष्पगुच्छा दिए । टाढा भएकाहरूले चाहिँ फेसबुक र ट्युटरबा
भित्ताहरूमा आमाबा तस्वीर टाँसेर आदरभाव चढाए । बैशाखको याम छ, सायद
तिमीले पनि एक थुंगा गुराँस टिपेर घरको दैलोमा चढायौ । किनकि तिम्रा
छोराहरलार्इ रातो गुराँस मनपर्छ । खै, मिष्ठान्न भोजन त के खायौ होली
र ? अगेनामा जे उम्लिन्छ सन्तोष मानेर खान्छयौ त्यही तिम्रो चौरासी
व्यञ्जन । यता म चाहिँ छोरी एलिनाले स्केच गरेको तिम्रो आकृति नियालेर
बसे । अमूर्त स्केच र तिम्रो मूर्त आकृति दाँजेर खुव हेरे । चाउरी
परेका अनुहार अनि सेताम्मे कपाल । कति सुन्दर चेहरा ? उस्तै अलौकिक
मुस्कान । त्यस्तै उज्यालो आशा । तिम्रो मूर्त/अमूर्त आकृतिमा भेटेको
समानता यिनै हुन् । तिमि साँच्चै हाम्रो घरको झ्यालबाट देखिने
आमादव्लम हौ । अनि त तिमी हिमाल हौ । हाम्रा लागि सधै
पग्लिरह्यौ...पग्लिरहेछौ...पग्लिरहनेछौ ।

तिमी आफू पग्लेर हामीलार्इ निरन्तर सिञ्चित बनाउदै हराभरा बनायौ ।
हामी भने सुदूर भविष्यको बहानामा प्रवास आँट्यौ । सायद तिमीले कहिल्यै
बाँडेनौ आमा हुनुका पीडा । केवल गर्वले छाती पिट्यौ । अनि त सुनसान
घरको भित्ताहरूमा झुण्डिएको फोटाहरूमा कहिले रातो गुराँस सिउरिउँछौ त
कहिले पहेँलो जमरा । यता परदेशमा क्याक्टस् उमार्छौ, सिउँडि फुलाउँछौ
। साँच्चै हामी कति स्वार्थी ? कति नजाति ?
साँच्ची ! अब त हाम्रो गाउँको आकाशमा हुल बाधेर कर्याङ्कुरूङ उड्ने
बेला आयो । गर्मी छल्न साइवेरियाको तट छिचोल्दै उड्ने चराहरूले पनि
सुरक्षाकै निम्ति त हाम्रो आकाश रोजेका होलान् । विदेशी चराहरूलार्इ त
हाम्रो आकाश सुरक्षित लाग्छ भने हामीलार्इ हाम्रो पहाड, हाम्रो माटो
कित भरपर्दो लाग्छ कति । वास्तविकता यही त हो आमा । यहाँ त थाहा नै
हुन्न म उभिएको आकाशमाथि कुन आतङ्ककारी आत्मघाती जहाज उडाएर अमेरिका
ताक्दैछ भनेर । कुनै खुसियालीको माहोलमा साम्राज्यवादको विरोध गर्दै
कसले झोलामा बम बिस्कुनझै सुकाएर जान्छ पत्तै हुन्न यहाँ । उता
ठूल्दाइ बसेको ठूलो बेलायतमा पनि कहाँ सरल छ र जिन्दगी ? विश्व
युद्धको धङ्धङी छ जसलार्इ पनि । कति बेला दाजुलार्इ अफगान पठाउँछ ?
ठेगना छैन । हाम्रा पूर्वजहरूको बीरता र इतिहासको व्याज बल्लतल्ल त
बाँड्दैछ बेलायत सरकार । मध्यपूर्वमा नि निर्धक्क छैन जिन्दगी । अस्ति
मात्रै त हो मलायमा मलेहरूले नेपालीहरूमाथि त्यत्रो रडाको मच्चाएको ।
धन्न माइला दाइ फरक होस्तेलमा बस्दा रहेछन् ।
कतैको आकाश सुरक्षित छैन त कतैको धर्ती कमजोर छ । कतैको आकाशमा
आणविक अस्त्र परीक्षण गर्छन त कतैको धर्ती सुनामीले बगाउँछ । यसो
घोत्लिदा त हाम्रै आकाश सुरक्षित रहेछ नि हगि आमा ? हाम्रै पहाड बलियो
रहेछ ।
बलियो पहाडका उर्जाशील ग्रहहरूमा निर्धक्कको जीवन बाँचेको मेरी
आमालार्इ मैले नि भन्नु छ- "आमा ! ह्याप्पी मदर्स डे ।"
यति ।
Date: 10/1/2013 8:56:38 अपराह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..