
भञ्ज्याङको चौतारीमा बसी कौडा
नाच्दा
सालैजो र सोरठीको तालमा कम्मर भाँच्दा
यस्तो लाग्छ स्वर्ग नै हो भकुण्डेको गाउँ
आउ सवै संग संगै यही ठाउँ घुम्न जाउँ
मुलावारी भ्यू टावरमा चढी हिमाल हेर्दै
हेर न त्यो सौर्यको पाखाभित्र कालिज मृग चर्दै
मुलावारी शिरमा छ त काखमा बग्छिन काली
...
गुन्द्रुक अनि ढिडोसंगै भरिदैछन
पाहुना थाली
सम्पदा र सस्कृतिको धनी मेरो गाउँ
आउ सवै ........................
बराहतालमा डुङ्गा चढी खेल्दै माछासंग
त्यो चमेरे गुफाभित्र छिर्दा मनै दंग
हिराताल खेलमैदानमा खेल्दाखेरि खेल
भकुण्डेमै बसौं लाग्छ दुई दिन बाचुञ्जेल
अन्त कहाँ कता होला यस्तो सुन्दर ठाउँ
आउ सवै ....................
भैरवस्थानमा पुजा गरि हिम श्रृङखला हेर्दै
सुन्दर गाउँ भकुण्डेले छ है कोल्टे फेर्दै
पर्यटनको संभावना छन् थुप्रै यहाँ
गर्व लाग्छ मेरो भूमि जन्मिए म जहाँ
जन्मौ जन्म यही ठाउँमा हाँसिरहन पाउँ
आउ सवै .....................
यस्तो लाग्छ स्वर्ग नै हो भकुण्डेको गाउँ
आउ सवै संग संगै यही ठाउँ घुम्न जाउँ ।
श्याम कुमार थापा मगर
भकुण्डे २ बागलुङ
Date: 10/8/2012 7:48:12 पूर्वाह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..