
श्री बराह मन्दिर र बराह ताल भकुण्डे गाविसको वडा नं ७ मा हरेक
कार्तिकमा धुमधामका साथ श्री बराहको पुजा हुने मेला लाग्दै आएको बराह
मन्दिर र १९ मिटर अग्लो परिधि, ६० मिटरको व्यासम फैलिएको बराह ताल एक
पर्यटकिय एवं धार्मिक महत्वपुर्ण स्थल हो । यो समुन्द्र सतहदेखि १२००
मिटरको उचाईमा फैलिएको छ । यस तालको बारेमा जनश्रुती र बुढापाकाको
भनाई अनुसार पहिला पहाडको खोंचमा समतल खेतको फाँट, जुन यस गाउँको
सबभन्दा ठूलो र राम्रो पनि भन्दा हुन्छ, टाढा टाढा ठाउँ ठाउँबाट आएर
खेतीपाती गर्ने गर्दथे । त्यहाँ खेतला, गोरू आदी वास वस्ने गोठमा वसी
खेतीपाती लगाई आफ्नो घर फर्कने गर्दथे । कुनै समयमा असारको महिनामा
ठूलो वर्षा भएछ, त्यहाँ खेत रोपाईको काम चलिरहेको थियो, यसै विच त्यस
ठाउँ अचानक भासीन गई रोपाई गर्दा गर्दै हली, खेताला, गोरू, गोठहरू
समेत त्यही भासिई, त्यस खाल्टोमा पानि जमेर तालको सृजना भएको भनाई छ ।
यसरी ठूलो दुर्घटनाको वारेमा त्यस समयका मानिसहरूले यस दुखद घटनाको
वारेमा त्यस वेलाको अड्डा पाल्पा हुँदै काठमाडोंमा सरकारमा जाहेर
गर्ने काम भएपछि सरकारबाट त्यहाँ वराहको पुजा आजा गर्नु भनी
व्राम्हणलाई पुजारी नियुक्ति गरी पुजा आजाको चलन अक्षेता फुलपातीको
लागि सोही ठाउँ नजिक खेतवारीको गुठीको वन्दोवस्त गरी डण्डपाणी पाध्यका
नाममा गुठीको व्यवस्था भएको र वि.स. १९८१ देखि पश्चिम चार नम्बर
अड्डाबाट गुठी लगत जाँच अड्डा तर्फ लगत काटेको, गुठीयारसँग भएका
कागजाटबाट समेत देखिन्छ । सो ताल कुन सालमा वनेको हो, खोज गर्न बाकी
नै भएको र अहिले पनि उहाँका दर सन्तानबाट सो बराहको पुजाआजा वर्षको
दुई चोटी जेठ पूर्णिमामा गर्ने चलन छ । साथै सो मन्दिरमा अन्य
व्यक्तिहरूने पनि मनोकामना पुरा गर्न भाकल तथा पुजा गर्ने चलन छ ।
तालमा करिव सात हल गोरू खेताला, गोठ परेकाले, १०, १२ वर्षसम्म निलो
पानीको तालमा गोठका भागहरू देखिन्थे । ताल पहिला कोही जान नसक्ने थियो
किनभने विचमा एकदम गहिरो, छेउमा उठ्दै गएको थियो करिव ७ रोपनी भन्दा
वढी फैलिएको र गहिरो ताल भएकोमा छेउ छाउको भागमा ढुंगा माटोले पुरी
त्यसबेलाका ठालुहरूले २ रोपनी भन्दा बढी अतिक्रमण गरी खेत तयार गरी
दर्ता समेत गरी आवाद गरेकोले हाल आएर करीव ४ रोपनी भन्दा बढी तालको
क्षेत्रफल बाँकी रहेको छ । तालको गहिराई पहिला मापन हुन नसकेको हाल
वरीपरिको वतावरणको भूक्षयको कारण विस्तारै विस्तारै ताल पुरीदै गएको छ
। पहिला तालमा विभिन्न रूखहरू, कमलको फूल, विभिन्न जातका माछा आदि
देखिन्थे भने हाल मानिसको अतिक्रमणले हामीले सो देख्न सक्दैनौ ।
यस तालमा पहिले मार्ग पूर्णिमामा ठूलो मेला लाग्ने गर्दथ्यो ।
बागलुङ बजारबाट व्यापार लाने चलन थियो । पछि झगडा आदि बढ्दै गएकाले
मेला बन्द गरिएको रहेछ । हाल पुन सोही दिनमा तोरण तार्ने, भजन, किर्तन
आदि गाउने चलन छ । यो ताल र दमेकको गाजाको दहको पनि सम्वन्ध भएको
यहाँका बुढापाकाहरूले सुनाउँछन् । यस ताल भन्दा माथी अर्को मूल छ,
त्यसलाई ठाडी मूल पनि भन्दछन् किनभने त्यहाँ ठाडो पानी निस्कने भएकोले
मूल वर्षा याममा मात्र देखिन्छ । हिउदमा पानी देखिदैन । यहाँ गाजाको
दहको पानी आउँछ, कहिले काहीँ गाजाको दहको खरसुको पातहरू यहाँबाट
निस्कने गर्दथे भन्ने कथन छ । यस गाउँको नाम रहनु भन्दा अगाडी अर्को
नाम हुन सक्छ । अनुसन्धान गर्न बाँकी छ । यस गाउँलाई वलेवा दह पनि
भनिन्छ, किनभने यो वलेवा थुम काउले अन्तर्गत पर्ने रहेछ । वराहको
गुठीको कागजमा पनि वलेवा वराह भनी उल्लेख भएबाट पनि प्रष्ट हुन्छ ।
स्थानीय श्री वराह मन्दिर र ताल व्यवस्थापन तथा संरक्षण समिति र महिला
समुहको सकृयतामा स्थानीय समुदाय र नेपाल सरकार संघ संस्थाको सहयोगमा
यो स्थानको संरक्षण शुरू भएको छ । यसमा श्री बराहको मन्दिर निर्माण
तथा अन्य संरचनालाई विकास गर्न सके, बागलुङ वजारबाट ८ किलोमिटरको
दुरिमा रहेकाले पर्यटन व्यवसायमा थप टेवा पुग्ने छ । यस तालम ढुङ्गा
सयर गर्नुका साथै पुजाआजा गर्न सकिन्छ । यस तालमा धौलागिरी को छायाले
यस ताललाई थप आकर्षक भनाएको छ । यस ताल वरिपरि वसेर नियाल्दा छुट्टै
आनन्द आउने र वरिपरि खेतका फातहरू छन । यो ताल पर्यटकीय स्थलको रूपमा
विकसित गर्न लागि परेको देखिन्छ । आउनुहोस तपाई पनि यस ताल सँगै रमाउन
चाहानुहुन्छ, तपाईलाई हार्दिक स्वागत भकुण्डे वराह तालमा ।
धन्यवाद !
Date: 12/23/2013 5:19:53 पूर्वाह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..