इतिहास
नेपालको पश्चिमाञ्चल विकास
क्षेत्र धवलागिरी अञ्चलको बागलुङ जिल्लामा अवस्थित एक बागलुङ
नगरपालिका वाड नं. १० भकुन्डे हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब ४
कोसको दुरिमा अवस्थित एक बा.न.पा १० भकुण्डे नाम हो
भकुण्डे। बाग्लुङ बजारबाट दक्षिण तिर फर्केर हेर्दा झट्ट देखिन्छ यो
वडा। यो गाउँ विकास समितीको पुर्बमा बलेवा पश्चिममा तित्याङ उत्तरमा
कालिगण्डकि र बाग्लुङ नगर पालिका दक्षिणमा रायडाँडा अवस्थित छन्। यो
बा.न.पा १० भकुण्डे सानो भएपनि घना बस्तीले सजिएको छ। यहाँ बिधिध जात
जाति, धर्म तथा पेशाका मान्छेहरूको बसोबास रहेको छ।मुख्य गरि मगर,
बाहुन, क्षेत्रि, ठकुरि, कामि (विश्व कर्मा), दमाई र सार्की जातको
बसोबास छ। कृषिको क्षेत्रमा हेर्दा यहाँ अमिला जातका फलफुल प्रसस्त
मात्रामा पाइन्छ भने आलु, मुला, धान, कोदो, मकै, गँहु, जौ आदिको खेति
गर्ने गरिन्छ। यो क्षेत्र माहुरि पालन, भेडा-बाख्रा, गाइ-बस्तु,
हाँस-कुखुरा आदि पशु-पन्छिको लागिपनि उपयुक्त मानिन्छ। पर्यतकिय
सम्भावना बोकेको यो गाँउबाट चारवटा ठूला हिमश्रिङ्खला देख्न सकिन्छ।
धौलागिरि, निलगिरि, माछापुछ्रे र अन्नपूर्ण हिम श्रिङ्खला।
यस बा.न.पा १० भकुण्डेको नामाकरण सम्वन्धमा धेरै विचार धेरै तर्फ
आए पनि अहिलेसम्मको आधार अनुसार यस वडाको नामाकरणको सम्वन्धमा
वाइसे चौविसे राजाहरुको पालमा यस ७०० वलेवा क्षेत्र अन्र्तगत यस
बा.न.पा १० भकुण्डे पनि पर्दथ्यो । त्यस समयमा भुरेटाकुरे राजाहरु यस
क्षेत्रमा आइ मुलावारीको डांडो (हाल निर्माणाधिन भ्यूटारव) मा बसेका
थिए । हाल त्यस क्षेत्रमा राजाहरु वस्दथे भन्ने कुरा त्यहां अहिले
भएको जांटो, ओखल, किल्लाहरु प्रस्सतै मात्रामा भएकोले पक्कै पनि त्यस
क्षेत्रमा भुरे राजाहरुले राज्य गरी वसेको पुष्टि हुन्छ । यस हालको यस
बा.न.पा १० भकुण्डे माथिल्लो पट्टीको क्षेत्र सम्मो भएको कारण र अन्य
क्षेत्रमा राज्य गरेर वसेका राजाहरुलाई वोलाई यस ठाउँमा विभिन्न
खेलकुदका कार्यक्रम अन्र्तगत भकुण्डो खेल खेल्ने भएको र त्यसैको
व्यापकता संगै यसलाई भकुण्डे भनिएको हो भन्ने भनाईहरु पाइन्छ
।
भूगोल
नेपालको पश्चिमाञ्चल क्षेत्रको धवलागिरी अञ्चलमा पर्ने बागलुङ
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा रहेको बागलुङ नगरपालिका वाड नं.
१० भकुन्डेको कूल क्षेत्रफल १०.७८ बर्ग कि.मी रहेको छ । यस बागलुङ
नगरपालिका वाड नं. १० भकुन्डेको पूर्वमा बा.न.पा १२ पैयूँपाटा,
पश्चिममा रायडांडा, उत्तर वा.न.पा. र बा.न.पा ९ तित्याङ,
दक्षिँण बानपा १० रायडांडा हरु पर्दछ । यस बागलुङ
नगरपालिका वाड नं. १० भकुन्डे समुद्री सतहदेखि करिब ६५० देखि २३५०
मिटर सम्मको उचाइमा अवस्थित छ । यो वडा २८०३° उत्तर देखि २८० ४°
उत्तरी अक्षांशसम्म र ८३० ९° पूर्व देखि ८३० १०° पूर्वी देशान्तर
सम्म फैलिएको छ ।
हावापानी
यस बा.न.पा १० भकुण्डेको हावापानी समशितोष्ण प्रकारको छ ।
यहाँको तापक्रम जाडो याममा शुन्य डिग्री सेल्सियस भन्दा तल पुग्ने र
गर्मी याममा ३२० सेल्सियस सम्म बढ्ने गर्दछ । कहिलेकाँही जाडो याममा
हिउँसमेत पर्दछ ।
बन्य जन्तु
यस बा.न.पा १० भकुण्डेको मुख्या प्राकृतिक स्रोत जंगल र जमिन हो ।
गाविसको वीचमा बस्ती रहेको छ भने बस्तीको पूर्व, पश्चिममा जंगल रहेको
छ । पश्चिमको जंगलमा खर्सु, सल्ला, गुरांस, अंगेरी, ढाल्ने, उत्तिस
जातका वनस्पती पाइन्छन् भने वाघ, स्याल चितुवा, मृग जस्ता जनवारहर
पाइन्छन् । पूर्व तर्फको जंगलमा साल, सल्ला, चिलाउने, उत्तिस, दवदवे
अदि बनस्पितिहरु पाइन्छन् भने वांदर, चितुवा, कालिज आदि जनवारहरु
पाइन्छन् । टिमुर, सिल्टीमुर चिराइतो, अमिली, कुरीलो जस्ता जडिबुटीहरु
समेत पाइन्छ । यस गा.वि.स.को उत्तर तर्फ कांठेखोला वगीरहेको छ ।
त्यस्तै गरी बा.न.पा १० भकुण्डेको पूर्व तर्फ कालिगण्डकी नदि वगीरहेको
छ ।
यस बा.न.पा १० भकुण्डेमा खर्सु, साल, सल्ला, उत्तीस, पैयुँ, ओखर,
चिलाउने, लाँकुरी, गुरास, दवदवे, झ्यानो, अंगेरी, टिमुर, आरे, काफल,
सिल्टिमुर आदि प्रकारका बनस्पतिहरु पाइन्छन । फूलका बोटहरुमा,
सयपत्री, थुङे, मखमली, गुलाफ, आदि फूलहरु पाइन्छन् । त्यस्तै फलफूलमा
सुन्तला, नास्पाती, पलम, आरु, सुन्तला, भोगटे, कागती, निबुवा, विमीरो,
केरा लगायत फलफूल पाइन्छ ।
जनसंख्या
यस बागलुङ नगरपालिका वाड नं. १० भकुण्डेमा कुल जनसंख्या ४९५२
रहेको छ । जस मध्ये महिला को संख्या २४४३ रहेको छ । जुन कुल
जनसंख्याको ४९.३३ प्रतिशत हो । त्यसै गरी पुरुषहरुको संख्या २५०९
रहेको कुल जनसंख्याको ५०.६७ प्रतिशत मात्र रहेको छ । पुरुषहरुको भन्दा
पुरुषको संख्या ०.६७ प्रतिशतले बढी रहेको छ ।
संस्कृति
१. सालैजो
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेमा अत्याधिक वसोवास मगर
समुदायको वसोवास भएको क्षेत्र भएकोले यहांका मगरहरुमा सालैजो,
यानिमाया, झ्यारे जस्ता गितहरु बढी लोकप्रिय छन् । यहांका मगर
समुदायले विभिन्न चाडवाद रितिरिवाज मनाउँदा आफ्ना साथीसंगीहरु संग
संगै वसी विभिन्न सालैजो, यानीमाया, झ्यारे गित गाउने चलन अझै पनि छ ।
यसरी ति गितहरु गाउँदा साथमा केटाहरु मादल र दम्फु वोकी विभन्न ठाउँमा
भेलाहुने र केटीहरुलाई वोलाई गित गाउँदा ७ दिन ७ रात सम्म निरन्तर गित
गाउने चलन थियो । यसरी गितमा माया पिरति, सुख दुखका गित गाउने क्रममा
यदि केटाले वा केटी दुवै प्रभावीत हुन सके भने विवाह गर्ने चलन पनि
थियो । भने अर्को संगै वसी गीत गाउंदा जस्ले दोहोरीमा जित्न सक्यो
उसैले लैजाने भन्ने वाजी समेत थाप्न चलन थियो । हाल यस्ता प्रकारका
कुराहरु विस्तारै हट्दै गए पनि यो यस गा.वि.स.का मगर समुदायको
चलनचल्तीमा थियो ।
२. भजन
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेमा अत्याधिक वसोवास मगर
समुदायको रहेता पनि अन्य जाति संगको आपसि सम्वन्ध सौहार्दपूर्ण रहेको
छ । यहाँ देवीदेवताको नाममा गाईने भजनहरु ले पनि यस गा.वि.स. भित्र
रहेको कला संस्कृतिको महत्वलाई थप टेवा पुर्याएको छ । भजन प्राय गरेर
देवी देवताको नाममा गाइने भएकोले विशेष गरी छोराको वर्तवन्ध गर्दा,
चौरासीको पुजा गर्दा, चौतारीपोखरीको विवाह गर्दा, विभिन्न पुजापाठ
लगाउँदा समूहमा रहेर भजन गाउने चलन रहेको छ । यो भजन प्राय गरेर
व्राम्हण, क्षेँत्र ठकुरीले गाउने गर्दछन् ।
३. भैलो नाच
यहाँका समुदायमा भैलो नाच नाच्ने चलन छ । यो नाच मगरात राज्यका
बली राजाको पाला देखि नाच्दै आएको किम्बदन्ती रहेको छ । यो नाचलाई
पहिले पहिले फाइलो नाच्ने भनिन्थ्यो । स्थानीय भाषमा फाइलोको अर्थ
'हाम्रो प्यारो राजा' भन्ने हुन्छ । यो नाच विशेष गरी तिहारमा नाचिन्छ
। यो नाचको शुरु कसरी भयो भन्ने विषयमा मगरात राज्यका तत्कालिन बली
नामका राजाले यो नाच नाच्न लगाएको हो भन्ने विश्वास गरिन्छ । मगरात
राज्यका ती राजा अत्यन्त लोकप्रिय थिए र अनी त्रिकालदर्शी थिए । उनलाई
भूत वर्तमान र भविष्यमा हुने घटनाको समेत ज्ञान हुने भएकोले उनको
मृत्यूको लागि काल लिन आउँदैछ भन्ने थाहा पाई उनले काललाई रोक्ने
योजना बनाए । उनले आङ्खना प्रजाहरुलाई आफुलाई काल लिन आउने दिनमा काल
आउने बाटो भरी बत्ती बाली झिलीमिली पार्न लगाए । सबै प्रजाहरुलाई बाटो
बाटोमा गित गाउँन र नाच्न लगाए । मिठा मिठा खानेकुरा सजाएर बोटो
भरी राख्न लगाए । काल बली राजालाई लिन त्यही बोटो भएर आयो मिठा मिठा
खानेकुरा झिलीमिली बत्ती र नाचगान देखे पछि काललाई पनि ती खानेकुरा
खान र रमाइलो गर्न मन लाग्यो । केही बेर रमाइलो गर्यो मिठा मिठा
खानेकुरा खायो । यति गर्दै बली राजालाई जुन समयमा लैजानु पर्ने थियो
त्यो समय भन्दा निकै ढिला काल राजाकोमा पुग्यो । कालले लिन आएको कुरा
राखे पछि राजाले आफुलाई दिएको समय भन्दा धेरै ढिला आएकोले आफुलाई
मार्न नपाउने अड्चन थापे पछि कालले पनि हार खाएर फर्के छ र बली राजाको
आयु बढेछ । संयोगले उक्त दिन लक्ष्मी पुजाको दिन परेकोले यो नाच
लक्ष्मी पुजाको दिन देखि नाच्न शुरु गरिन्छ । त्यही समय देखि नै यो
भैलो नाच नाच्ने चलन चलेको किम्बदन्ती रहेको छ ।
यो नाच लक्ष्मी पूजाको पहिलो दिन गुरुमाउ (नाचरीहरुको मुख्य मान्छे)
को घरमा जम्मा भई विधिवत सरस्वतीको पूजा गरी शुरु गरिन्छ । यो नाच
समूहमा नाचिने भएकोले नाच्नको लागि १ जना पुर्सुङ, १ जना मादले, १ जना
मारुनी आवश्यकता पर्दछ र गीत गाउँनको लागि ५ देखि १० जना सम्मको समूह
हुनु आवश्यक हुन्छ । सरस्वतीको पूजा मन्त्र गीत बाट गरिन्छ । सो
अवसरमा सरस्वतीका भाडा (मादल, मजुरा, घोङरा, आदि) को समेत पुजा गरिन्छ
। पूजाको क्रममा बजाउने बाजाहरुमा ध्वजा बाध्ने काम पनि गरिन्छ ।
सरस्वती पूजा गरीसके पछि मारुनी पहिर्याउने काम हुन्छ । विभिन्न देव
देवीको नाम लिदै गुरुमाउले गीत शुरु गर्दछन् र बाँकी सबै सदस्यले गित
गाउँदै बजाउदै नाच्दै गर्दछन् । गूरुमाउले गितमा मारुनीले लगाउँने जुन
कपडाको नाम लिन्छन् मारुनी पहिरिनेले साह्री कपडा पालै पोलो लगाउँछन्
।
सरस्वतीमाईले हामी सबैको रक्षा गर ।
सरसस्वती माई रक्षा गर है ।।
भन्ने बोलका गीत यस अवसरमा गाइन्छ । यस कार्यलाई सरस्वती बाध्ने
भनिन्छ । सरस्वती बाधी सके पछि भैलो नाच्न शूरु गरिन्छ । भैलो नाच्न
पहिलो पटक सकेसम्म गाउँको ठूलाठालु कहाँ गइन्छ । यो नाच गुरुमाउले
भैलो भट्टयाउने र अरु सबैले भैलो भन्दै समूहमा घुमी घुमी नाचिन्छ । यो
नाच नाच्न कम्तीमा मादले २ मारुनी १ पुर्सुङे १ गरी ४ जना चाहिन्छ ।
यो नाच सकिएपछि सोरठी, खेली र झुमरा जस्ता नाचहरु नाचिन्छ ।
४. प्रमुख चाडहरु
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेका बासिन्दाहरु धेरैजसो
हिन्दू तथा बौद्ध धर्मावलम्बी भएको कारणले उनीहरुको चाड पर्व पनि
हिन्दू तथा बौद्ध संस्कारमा आधारित छन् । विशेषत हिन्दूहरुको महान चाड
दशैं, तिहार, माघे सङ्क्रान्ती, बौद्ध पूर्णिमा, ल्होसार, साउने
सङ्क्रान्ती, नागपञ्चमी, जनै पूर्णिमा, तीज लगायतका चाडपर्वहरु मनाउने
गरिन्छ । गा.वि.स. भित्र लगभग ६५.५७% बासिन्दाहरु जनजातिहरु रहेका छन्
।
५. भेषभूषा
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेका वासिन्दाहरु मेसिनमा
बुनेको कपडा नआउँदासम्म महिलाहरुले घरमै कपडा तयार गदर्थे । कपडा
बुन्नको लागि चाल्ने सिस्नु (अल्लो) र भेडाको उनको प्रयोग
गरिन्थ्यो । सिस्नो काट्ने, पुवा झिक्ने, सुकाउने, पकाउने, धुने र
सुके पछि धागो बनाउने सम्मका कार्यमा महिला पुरुष दुबैको संलग्नता
रहन्थ्यो । धोगो कटुवा र चर्खामा काढिन्थ्यो । तान बुन्ने काम भने
महिलाहरुले गर्दथे । यो कार्य विशेष गरी मगर समुदायले गर्दथे ।
महिलाहरुले लगाउने कपडालाई घरबुना भनिन्थ्यो भने पुरुषहरुले खादी र
कछाड लगाउथे । मेसिनले निर्माण भएका कपडा आई सके पछि महिलाहरु मखमल वा
पिलासको चोली, छिट, पदेला वा जिनको गुन्यू, मखमलको टेकी र घलेक लगाउने
र कर्मु (मजेत्रो) ओड्ने चलन चल्यो । घलेकलाई कम्मरमा अड्याउन
खुर्पेटोसंग चापीको झोप्पा भएको सेतो डोरीले बाध्ने गरिथ्यो ।
पुरुषहरुले भोटो, कछाड, टोपी, खादी लगाउने गर्दथे । शहरीकरण र
आधुनिकीकरणका कारण अहिलेका नयाँ पुस्ताका युवायुवतीहरु कुर्था
सुरुवाल, प्यान्ट र टिसर्ट लगाउँछन् भने युवकहरु प्यान्ट, सर्ट, सुट
लगायत जिन्सको पहिरनहरुको प्रयोग गर्ने गर्दछन् ।
६. जाति र धर्म
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेमा मगर, वाहुन, क्षेत्री,
सार्की, कामी, दमाई, ठकुरी, नेवा लगायतको जातजातिका वसोवास रहेको छ ।
सङ्ख्यात्मक हिसावले हेर्दा मगरहरुको अत्यधिक वाहुल्यता रहेको छ यस
गा.वि.समा बस्ने अधिकांश मानिसहरुमा हिन्दू तथा बौद्ध धर्मालम्वीहरु
छन् । यस गा.वि.स.मा अत्यधिक मगरहरुको बसोबास भएको र आफ्नै मातृ भाष
भएता पनि आफ्नै मातृभाषा बोल्दैनन् । सबै नेपाली भाषा बोल्दछन् ।
७. परिवार र संस्कार
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेका अधिकांश मगर परिवार संयुक्त
परिवारमा बस्दछन् । एउटा परिवारमा बाजे, बजै, बाबा, आमा, काका काकी
दाई भाई दिदी बहिनी समेत संगै बस्ने प्रचलन धेरे छ । आधुनिकताको
प्रवेशसंगै एकल परिवारमा बस्ने प्रचलन समेत बृद्धि हुँदै गएको छ ।
दलितहरुको समेत कतिपय परिवार संयुक्त परिवार रहेको छ । अधिकांश
परिवारको घरमूली श्रीमान् बुबा दाजु रहेकाले यस गाविसमा पनि
पृतिसत्तात्मक पारिवारिक संरचाना रहेको छ । यहाँका पुरुषहरु बिदेश
जाने, भर्ती हुने, खेतबारी जोत्ने काम गर्ने, पशुपालनको कार्य गर्ने
गर्दछन् भने महिलाहरु घरायसी कार्य, सरसफाईको काम, र खेतीपातीको कार्य
गर्दछन् । प्रायजसो परिवारका पुरुषहरु आफुले आर्जन गरेको कमाई घरमा
महिला (श्रीमति) लाई राख्न दिन्छन् । पहिले पहिले महिलाहरुमा पेवा
कमाउने चलन भएता पनि हाल उक्त कार्य कम हुदै गएको छ ।
यहाँ भाद्र महिनाको पहिलो मंगलवार हरेलोको पुजा गरिन्छ । जुन
वर्षायाममा खेतिपाती लगाई सकेपछि आफुले लगायको खेति राम्रोँ होस्
भन्ने उद्देश्यले गरिन्छ । जुन पुजा गर्दा खानेपरिकारको चरा मुसा वनाई
खेतवारीको डिलमा लगी विभिन्न देवीदेवताहरुको नाम पारी पुजा गर्ने चलन
छ ।
८. जन्म संस्कार
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेका जनताहरु हिन्दु तथा बौद्ध
धर्मालम्वी रहेका छन् । जन्म संस्कारमा हिन्दु तथा बौद्ध धर्म अनुसार
जन्म संस्कार गर्ने गर्दछन् । हिन्दु धर्ममा पुरेत राखेर गर्ने
गर्दछन् भने बौद्ध संस्कारमा पनि बौद्धकै वापा, मापावाट जन्म संस्कार
गर्ने गर्दछन् । वच्चा जन्मेको छोरा जन्मेमा पाँच दिनको दिन न्वारन
गरिन्छ भने छोरी जन्मदा तीन दिनमा न्वारन गर्ने चलन रहेको छ ।
सुतक भने एघार दिनसम्म बार्ने प्रचलन छ । न्वारन गर्नको लागि परिवारको
नजिकको चेलीवेटीले बच्चालाई बाधनको लागि धागो, गाईको गहत लिएर आउछिन्
। बच्चाको नाम राख्ने काम समेत यसै दिन हुन्छ । न्वारनको दिनमा छोरा
जन्मेको भए भाले कुखरा र छोरी जन्मेको भए पोथी कुखुरा काट्ने चलन छ ।
न्वारनको दिनमा सुत्करी हुदा सहयोग गर्ने सुडेनी महिलाहरुलाई बोलाई
भोज खुवाउने र कपडा (लुङगी) समेत दिने चलन छ । उक्त दिन बच्चालाई भुत
पिचासले नछलोस भनी पिठ्यूमा बोकी घरको यताउता घुमाउने चलन छ । यसो
गर्दा सेतो फुको धजा समेत बाध्ने चलन छ । पहिलो बच्च जन्मेको हो भने
छैठी गर्ने समेत प्रचलन छ ।
९. पास्नी
जन्मेको बच्चा छोरी भए ५ महिना र छोरा भए ६ महिनामा भात खुवाउने चलन छ
। भात खुवाईमा समेत आफन्तहरुलाई बोलाई भोज खुवाउने पनि गरिन्छ । नाम
जुरेका तीन जना कन्याहरुले बच्चाको बोली छिटो आवस भनेर बच्चालई
भट्टराई चराको चुच्चोले भात खुवाइन्छ । भात खुवाईमा विभिन्न प्रकारका
परिकारहरु तयार पारिन्छ ।
१०. चुडा कर्म (बर्तबन्ध)
छोराको उमेर ३ बर्ष, ५ वर्ष अथवा ७ वर्षको उमेरमा चुडाकर्म गरिन्छ ।
चुडा कर्मको लागि पनि जैसीले नाम जुराउछन् । नाम जुरेको मामाले
बच्चाको टाउकाको रौं निश्चित शुभ साइतमा काटी दिन्छन् र टोपी
लगाइदिन्छन् ।
११. गुन्यू चोली दिने
छोरीको उमेर ३ वर्ष, ५ वर्ष अथवा ७ वर्षमा गुन्यू चोली दिने चलन छ ।
यसरी गुन्यू चोली दिदा एकसरो चोली, लुङगी र घलेक बाबा आमाले छोरीलाई
दिने र छोरीले शुभ साइत जुरेमा घरमै र नजुरेमा दोबाटोमा गई लगाउँने
गरिन्छ । यो प्रचलन विस्तारै कम हुदै गएको छ ।
१२. विवाह
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेमा बसोबास गर्ने जनजाति र
दलितहरु दुबैमा मामाको छोरी विबाह गर्ने चलन छ । विवाह मागी र प्रेम
दुवै हुने गर्दछ । पहिलो विबाहमा मागी वा प्रेम जे भए पनि तीन दिनको
दिनमा सोधनी आउनु पर्ने चलन छ । सोधनी नआएमा खतबात लाग्ने हुन्छ ।
यसरी सोधनी ढिलो गरि अचानक माईतीसंग नव विबाहित केटाकटी भेट भएमा दोष
लाग्छ भन्ने चलन छ । यसरी भेट भई हालेमा केटा पक्षले चुरोट मिठाई
जस्ता केही न केही खानेकरा दिनु पर्छ । त्यति पनि नभएमा केटी पक्षले
ढुङ्गाले हान्नु पर्छ भन्ने चलन छ । यसरी केटा पक्षले सोधनी ढिलो गरी
आएमा माइती पक्षले आफुहरु अपहेलित भएको ठान्दछन् र यस पछि हुने
कार्यमा रोक लगाउछन् । केटा पक्षले माफी मागेमा माफी दिने चलन छ ।
सोधनी आउदा कुटुम्बले कम्तीमा एक बोतल रक्सी लिएर आउनु पर्छ । केटी
पक्ष मञ्जुर भएमा उक्त रक्सी दुवै पक्ष साथै बसी खाइन्छ र नव विवाहित
केटा कटी र माइती पक्ष देखादेख गर्ने दिन तय गरिन्छ । केटी पक्ष
मञ्जुर नभएमा केटाकेटी र माइती पक्ष देखादेख गर्ने दिन तय नभएसम्म यो
कार्य दोहोरी रहन्छ । केटाकेटी र माइतीको देखादेख पछि ठेकी खुवाउने,
ढोगभेट गर्ने कार्य हुन्छ । केटाकेटी र माइतीको देखादेख गर्ने दिनमै
पनि माइती पक्षले ठेकी माग्न सक्छ । ढोगभेट भए पछि मात्र विबाह
सम्पन्न भएको मानिन्छ ।
कतै कतै बहु विबाह गरेको समेत पाइन्छ । लोग्नेले बहु विबाह गरे पनि
संगै बस्ने चलन छ । हाल बुहविबाह गर्ने चलन कमी हुँदै गएको छ । दोस्रो
विबाह गर्ने प्रचलन महिलाहरुमा पनि छ । कतिपय महिलाहररु लोग्नेले
अर्को श्रीमति लिएमा, बिधुवा भएमा महिलाहरुले दास्रो बिबाह गर्ने चलन
छ । कतिपय महिलाहरुले पनि एकल विबाहमा समेत दोस्रो विवाह गरेको पाइन्छ
।
१३. मृत्यु
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेमा बसोबास गर्ने हिन्दु र
बौद्ध धर्मालम्बीहरुले मृत शरीर गाड्ने र जलाउने दुबै गर्दछन् ।
बौद्धहरुले हिन्दु संस्कार पुरोहित नराखी बौद्धकै वापा, मापा राख्ने
प्रचलन रहेको छ । भने हिन्दु धर्ममा पुरोहित राखी १३ दिन सम्म क्रिया
गर्ने चलन रहेको छ । जुठो बार्ने भने नुन खाए पनि १३ दिन नै गरिन्छ ।
हिन्दु संस्कारमा सेतो कपडा लगाई व्यक्तिको चाहना अनुसार ६ महिना र १
वर्षसम्म दुख बोक्ने चलन छ । दुर्घट्ना भई मरेको भए झाक्री लगाई सियो
मार्ने चलन पनि छ ।
Festivals of Bhakunde Baglung Nepal
भकुण्डे बागलुङ नेपालका चाडपर्वहरू
नेपाल विषेश गरि परम्परासंग सम्बन्ध राख्ने सामाजिक र सांस्कृतिक
विविध चाडपर्व मनाउने देश भनेर विश्वमा चिनिन्छ । नेपालीहरूलार्इ
वर्षका दिनहरू भन्दा बढि चाडपर्व मनाउने भनेर भनिन्छ । यहाँ थुप्रै
चाडपर्वहरू हिन्दु/बुद्ध भगवानको सम्मानमा मनाउने गरिन्छ र अरू
महत्वपूर्ण दिवास/घटना प्राचिन मिथकशात्र र साहित्यिक ग्रन्थ देखि
सिर्जना गरिन्छ । सांस्कतिक सम्पदामा धनि मानिने नेपाल ठुला/साना
चाडपर्वहरू वर्षभरी नै एक महत्वपुर्ण रूपमा हेर्ने गरिन्छ ।
नेपालहरूमा भिन्न अस्था र जातीय पृष्ठभुमि रहेपनि तापनि, मुख्य
चाडपर्वहरू एकताबद्द भएर मनाउने गर्दछन । भकुण्डे बागलुङ नेपालमा
घुम्न, जुनसुकै समयमा आउदापनि विभिन्न चाडपर्वको अनुभव गर्न सकिन्छ
।
Nag Panchami (24 July)
नाग पञ्चमी साउन ९ गते
नेपालीहरूले सर्पलार्इ पुज्छन, यसलार्इ पुज्नेसमयमा नाग पनि भनिन्छ
। पराचिन समयमा नागले नेपाल दुव्ने गरि आएको पानी रोकेको युक्ती छ ।
त्यतिबेलाका राजा तान्त्रिक हुनुका साथै उसको शक्ति नागलार्इ पानी
रोक्न खर्च गरेको पाइन्छ । राजा सफल भएको दिन उसले नागको शक्तिको
सम्मान गर्दै त्यस दिनलार्इ नाग पञ्चमी मनाउने गरेको पाइन्छ । विशेष
गरि खेत वा बारीको कुनामा नाग अकारको ढुङ्गामा पुजा आजा साथै बलि दिइ
मनाउने गरिन्छ । नाग पञ्चमीका दिन नागको चित्र ढोकाको माथि तास्नुका
साथै गोवरको डल्ला टासी त्यसमा टिका लगाइदिने गरिन्छ । खिर र
अन्य परिकार नागको नाममा खेत बारीमा चढाउने गरिन्छ ।
Janai Poornima and Rakshya Bandhan(2 August)
जनैपुर्णिमा वा रक्षा बन्दन साउन १८ गते
जनैपुर्णिमामा, पुर्णिमाको दिन ब्रह्माणले गायत्रि मन्त्र पाठ गरि
जनै फेर्ने गर्दछन । रक्षाबन्धनका दिन, रातो वा पहेलो रक्षा बन्धन
नाडिमा हिन्दु र बुद्धिस्तहरूलार्इ बाँध्नेकाम गर्दछन ।
तिर्थयात्रीहरू पवित्र ताल गोसाइगुण्डको यात्रा गर्दछन । तिनिहरूले
पवित्र नदिमा स्नान गरेपछि शिवको पुजा गर्दछन । कुम्वेश्वर महादेव
मन्दिर पतनामा पनि जहां पोखरी छ विशेषगरि चाडको तयारीका दिन
तिर्थयात्रीको भिडलाग्ने गर्दछ ।
Father's Day (Gokarna Aunsi) (17 August)
बाबुको मुख हेर्ने दिन भदौ१ गते
बाबुको मुख हेर्ने दिन विशेष गरि आफ्नो जीवनलार्इ अगाडि कसरि
बढाउने भनेर सिकाउने बाबाको सम्मानमा मनाउने गरिन्छ । यो दिन हो जव
छोरा र छोरी नजिक वा ताढा भए पनि जम्मा भर्इ उपहार र रमाइलो गरी दिन
बिताउछन । यो कुशे अशी भनेर चिनिन्छ । जस्को बाबा जिवित हुनुहुन्न
उनिहरू गोकर्ण माहादेव मन्दिर काठमाडुको उत्तर पुर्व अवस्थित स्थानमा
पुग्छन । मानिसहरूले यो अवसरमा बाबालार्इ अन्न, तरकारी र फलफुल उपहार
दिने गर्दछन ।
Teej (17 September)
तिज असोज २ गते
तिज आफ्नो श्रीमानका लागी विवाहित महिलाको दिन हो । विवाहित र
अविवाहित महिलाको पशुपतिनाथ र अन्य शिव मन्दिरमा भिड लाग्ने गर्छ ।
राम्रो रातो सारी, चम्किलो पोटे तथा गहनाले सजिनुका सथै पार्वती
शिवप्रति समर्पित भावले नाचे झै नाच्ने गर्दछन । यो विश्वास गरिन्छ
कि, विवाहित महिला श्रीमानको चिरायुका लागी वर्त बस्ने गर्दछन ।
अविवाहित महिलाले राम्रो पति पाइयोस भनेर वर्त वस्छन । विवाहित महिला
बाबाको घरमा जान्छन । सवै छोरी तथा दिदिहरूले माइतीपक्षबाट दक्षिणा
लिने गर्दछन र वर्तका लागि सुविस्तार योजना बनाउछन । यो अत्यन्तै
रमाइलो तरिकाले अवेर राती सम्म मनाउछन, जव सम्म वर्त शुरू हुन्छ । शिव
र पर्वतीको अर्शिवादले परिवारमा शुख र शान्ति मिल्ने थान्दछन
।
Dashain (24October)
दशै कात्तिक ८ गते
दशै नेपालको सवैभन्दा लामो र मुख्य चाड हो । आकाश चङ्गाले भरिन्छन
। ठुल-ठुला पिङ र चम्च्चा बच्चा तथा ठुलाक लगि हालिन्छ । कालरात्रि
दुर्गाले असत्य माथि सत्यको विजय प्राप्त गरेको दिन जनवार जस्तै भैसी,
बख्रा, हांस र कुखुराको बलि चढाउने गरिन्छ । त्यतै गरि नमवीका दिन,
मेसिन सफा गरि सुभ यात्राका लागी जनावर वा अण्डाको सामर्पण गर्दछन ।
अर्को दिन, दशमीका दिन ठुलाबडा बाट निडार भरि टिका लगाइन्छ । यसरी
दशैको दिन आफन्त, साथिभार्इ संगै बसि मनाउने खाने पिउने तथा अर्शिवाद
र उपहार आदानप्रदान गर्दछन।
Tihar (15 November)
तिहार कात्तिक ३० गते
तिहार दशै पछिको दोस्रो मुख्य चाड भनेर मनाइन्छ । यो दिपावलीको चाड
भनेर चिनिन्छ । विभिन्न दिनमा, गार्इ, कुकुर, गोरूलार्इ माला लगार्इ
मिठो मिठो खाना दिर्इ पुजा गरिन्छ । लक्षमी पुजाको रात घरहरू सफा र
मम्बत्तीले श्रीङ्गारिएका हुन्छ, दियो वा अन्य प्रकाशमा जस्को घरमा
सफा र चम्किलो छ त्यस्ता घरमा लक्षमी प्रवेश गर्ने विश्वास गरिन्छ ।
घर, पसलमा काम गर्ने ठाउका ढोका र झ्यालको माथी माला झुन्डाउनुका सथै
दियो बालि धनकी लक्षमीको स्वागत गरिन्छ । नेवार समुदायकाले महा पुजा
परम्परागत मृतक आत्मको शान्तीहोस भनि पुजा गर्दछन । अन्तिम भाइटिकाको
दिन दिदिले भाइको चिरायुको कामना गर्दै टिका लागाइदिन्छिन, त्यसको
सातो भाइले मुल्यवान उपहार दिन्छन । मृत्युका राजा यमराज बाट आफ्नो
भाइलाइ बचाउनु परम्परगत रूपमा ओखर फुतालि, तोरीको तेलको घेरा लागाइ
साथमा मखमलिको माला लगाइदिन्छिन ।
Magar Sankranti or Magi Parva (14 January)
मकर संक्रान्ति/माघि पर्व माघ १
यो पवित्र माघ महिना विशेष गरेर दिनहरू लामा र गर्मिको शुरूवाट
हुने विश्वास गरिन्छ । माघे संक्रान्तिको दिन मानिसहरूले पवित्र नदिमा
स्नान गर्नुका सथै विष्णुको मुर्तिमा फुल, धुप र खिर चढाउछन ।
तिनिहरूले भगवद गिता पढने गर्दछन । तिनिहरूले शरिरमा तोरिको तेल
लगाउनुका सथै खिचडि तरूल र तिलको लडडु र मिस्ठान्न भोजन गर्दछन ।
विभिन्न ठाउबाट मानिसहरू पिवत्र तिनवटा नदिको दोभान देवघाटमा स्नान
गर्न जाने गर्दछन । तर मगरहरूले यस दिन लार्इ नया वर्ष साथै माहान
चाडको रूपमा मनाउने गर्दछन । यस दिनमा चेलिवेति तथा आफन्तहरू जम्मा
भर्इ रमाइलो गरि मनाउने गर्दछन । यस दिनमा तरूल, खिचडि लगाएतका
मिष्ठान्न भोजन गरि मनाउने गर्दछन ।
Basanta Panchami (15 February)
वसन्त पञ्चमी फागुन ४ गते
वसन्त पञ्चमीलार्इ श्रीपञ्चमी/सरस्वति पुजा भनिन्छ र ज्ञानको खानि
सरस्वति माताको सम्मानमा पुजा गरिन्छ । यो दिनमा विशेषगरि
विद्यार्थिहरूका लागि महत्वपूर्ण मानिन्छ । तिनिहरूले विहानै
नुहाउनुका साथै सफा कपडा लगार्इ सरस्वतिको पुजा गर्दछन ।
विद्यार्थिहरूले यो विश्वास गर्दछन कि सरस्वतिको पुजा गर्दा ज्ञानको
वृद्धि हुनुका साथै पढार्इमा राम्रो सफलता पाइन्छ । अभिभावक साना
वच्चा छन उसलार्इ सरस्वतिको मन्दिरमा लगेर लेखाउने काम गर्दछन । यो
दिन सांस्कृतिक र धार्मिक रूपमा महत्वपूर्ण छ किनकि वुद्धले पनि यस
दिन मञ्जुरश्रीको पुजा गरेको पार्इन्छ । हनुमान ढोकामा आधिकारिक
स्पिरिङगको आगमन भएको घोषणा गरिन्छ । ज्योतिष शात्र अनुसार, श्री
पञ्चमीमा लगन गाठोमा बाधिनु र नवजात शिशुको न्वारन गर्दा धार्मिक
महत्वहुने विश्वाष गरिन्छ ।
Shivaratri (10 March)
शिवरात्रि फागुन २७ गते
त्यो रात शिव भगवानको दिन मुख्य शिवरात्रि एक चाड हो । सयौ हजारौको
संख्यामा देशका विभिन्न स्थान र भारत बाट समेत पशुपतिनाथमा भिड लाग्ने
गर्दछ । भगवान शिव लार्इ अस्तित्वमा रहेका सवैवस्तुको संरक्षकका रूपमा
पुजा गरिन्छ । रङ्गिन र नाङ्गे बाबा, शन्त यताउता भौतारिन्छन कस्ले
बढि खरानी घस्ने स्पर्दा गर्दछन, शिक्षयहरूलाइ शिक्षा, ध्यान वा योग
गर्न सिकाउछन । खोला कनारका गाउंमा अवस्थित स्थानहरूमा विशेष ध्यान
शिविर हुनुका गैर हिन्दुहरू पनि लार्इ जे गर्न पनि छुट दिइन्छ ।
योगीले विभिन्न रोचक शिव सम्बन्धि खेल देखाउने गर्दछन । बच्चाहरूले
विहान देखि बेलुकासम्म बतुवाहरूलार्इ चन्दा उठाउछन र चाहिने सामाग्रि
किनछ र मिठो मिठो परिकार बनाइ खान्छन । साझमा मानिसहरूले चोक चोकमा
घोनी जगाउने र प्रशाद वा खाना खाने गर्दछन
।
February/March 2012 (26 March)
फागु पुर्णिमा/होलि चैत १३ गते
फागु पुर्णिमा/होलि यो रङगिन र रमार्इलो चाड हो । यो पानि र रङको
चाड जसलार्इ नेपालमा फागु पनि भनिन्छ । हिन्दु शात्र अनुसार, राजा
हिरायनकाश्याप ले भगवान विष्णुको सत्ता आफुलार्इ पुजा गर्न दवाप दिएको
पाइन्छ । राजालर्इ विष्णु प्रति अत्यन्तै घृणा थियो । तर राजाको
छोरा परलाड व्यग्र समर्पित थिए । जव राजालार्इ यो कुरा थाहा भयो, उसले
आफ्नो छोराको विष्णु प्रतिको भुत उतारन कठोर कदम चाले । जे गरे पनि
विष्णु प्रतिको समर्पण छुताउन सकेनन । उसको अभियानमा होलिका दिदिलार्इ
पर्लाडलार्इ मार्न नियुक्त गरे ।
होलिका आगो बाल्न सक्ने शक्ति थियो । उनले पर्लाडलार्इ काखमा लिर्इ
जलाउन थालिन तर विष्णुको अमर आशिर्वादका कारणा उल्तै आफै खरानि भइन ।
यो विश्वास गरिन्छ कि त्यो दिन देखि मानिसहरूले होलिकाको मृत्युमा
होलि चड मनाउने गरेको पाइन्छ ।
अग्लो पोल रङगित गरार्इ झण्डा सिधा गरि गाडिन्छ । अन्तिम दिन पगल
झै गरि जवानहरू यताउता ग्रुप ग्रुप भर्इ सडक भरि थुप्रै रङ, लोला,
पानिले छ्यापाछ्याप गरि रमार्इलो गर्दछन ।
Chaite Dasain
चैते दशै
नेपालमा हिन्दुहरूले वर्षमा दुइवटा चाड मनाउने गर्दछन । चैते दशै
एक हो । यो पर्वका दिन विशेष हनुमान ढोकामा आर्मि पुलिसले वलिदिने
गर्दछन । यो ८.३० बजे देखी शरू हुन्छ, र आ-आफ्नो पल्टनका ब्याज पोस्टर
व्यानर देखार्इ भेला भर्इ मनाउने गरिन्छ । बोका वा भैसीलार्इ सिकार
बनाइन्छ, तरवारले एकै चोटमा छिन्ने गर्दछन । पहिलेका वर्षहरूमा
कुनैपनि दर्शकलार्इ जनवारलार्इ समाचार स्वेच्छाले पठाउन सकिन्छ, तर यो
परम्परा हराएको छ । पश्चिमा घुमन्तेलार्इ बाल्कुनिबाट हेर्न दिइन्छ
ताकि तैजस रगत जमेको हर्न सकियोस । अन्तमा दुइ घण्टा पल्टन कमान्डरले
बलिचढाइएको रगले आफ्नो व्यानर रङगाइ अन्त्य गर्दछन ।
Mother's day (21 April)
आमाको मुख हेर्ने दिन वैशाख ९ गते
आमाको मुख हेर्ने दिन आमाको अतुलनिय माया र सहयोगकालागी परसम्सा र
सम्मान प्रकत गर्दछन । यो दिन विवाहित छोरीहरूका लागी अमासंग हुदा
पुर्नजन्मको महसुस गर्दछन । छोरा र छोरीले आफ्ना आमालार्इ उपहार र
मिठो मिठो खानेकुरा दिन्छन । जसको आमा यो धर्तिमा हुनुहुदैछ उसले
मfतातिर्थमा गर्इ आमाको मुख हेर्ने गर्दछन । यहाँ दुइ धारा नुहाउनका
लागी र जहां आमाको मुख हेर्ने स्थान भनेर चिनिन्छ । यो भनिन्छ कि
राजाले पराचिन समयमा त्यो गरेको युक्ति छ । एक राजाको आमाको मृत्युले
विर्तिएर पुजा गर्न र पानि चडाउनका लागी जङ्गल तिर जाने गर्दथ्यो ।
चमतकारिक रूपमा जब उसले पनी चडाइरहेको थियो त्यती बेला आमाको अनुहार
प्रकत भएको विश्वास गरिन्छ । त्यो वेला देखी मानिसहरू आमाको एक झलक
पउनका लागी जाने गर्दछन । मानिसहरू अझै विश्वास गर्दछन कि यो ठाउमा आइ
पुजा गर्दा आमाको मृतक आत्मले शान्त पाउछ ।
Buddha Jayanti (6 May)
बुद्ध जयन्ति वैशाख २४ गते
बुद्ध जयन्ति बुद्धमा विश्वास गर्नेका विशेष दिनको रूपमा लिइन्छ ।
मानिसहरू यस दिनलार्इ बुद्ध जन्म, बुद्धत्व र मृत्युको दिन भनेर
मनाउने गर्दछन । भगवान बुद्धको जन्मस्थान-लुम्विनि वृक्षबाटिका तरार्इ
क्षेत्रमा भिड लाग्ने गर्दछ जहा विश्वका बुद्ध अनुयायिहरू आउने गर्दछन
। विश्वका स्तुपाहरू काठमाडुको स्वयम्भुनाथ, बुद्धनाथ र पतनाको ठुलो
बुद्धिस्त शहर तर्थयात्रिहरू आउने गर्दछन । बुद्धका स्तुपा पवित्र
गराउनुका साथै सफा गर्दछन । बुद्ध जयन्तिका दिन काठमाडुका
स्वयम्भुनाथ, बुद्धनाथमा व्यस्त स्थल हो ।
भकुण्डे डट कम डट एनपी
Website:-
Email:- info@bhakunde.com.np
बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे
| बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे |
| देश |
नेपाल |
| अञ्चल |
धौवलागिरी |
| जिल्ला |
बागलुङ |
| जनसंख्या |
| जम्मा |
४९७७ |
| पुरूष |
२५११ |
| महिला |
२४६६ |
नाम - बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेभकुण्डे
जिल्ला - बागलुङ
अञ्चल - धौलागिरी
घर घुरी - ९३७
जनसंख्या - ४९७७ हजार
पुरूष - २५११
महिला - २४६६
० - २ बर्षका पुरूष - ८० महिला - ७३
३ - ५ बर्षका पुरूष - १४२ महिला - ९७
६ - १४ बर्षका पुरूष - ४४५ महिला - ४१६
१५ - ४९ बर्षका पुरूष - १३६४ महिला - १३६३
५० बर्षका पुरूष - ४८० महिला - ५१७
शिक्षित - ३९००
पुरूष - २०९९
महिला - १८०१
अशिक्षित - ७८४
पुरूष - ३२४
महिला - ४६०
सिमान्तकृत - १३९५
पुरूष - ७०६
महिला - ६८९
जात - मगर, बाह्मण, ठकुरी, क्षेत्री, सार्कि, विश्वकर्मा, दमाई र
नेवार
भाषा - नेपाली, मगर, अंग्रेजी, हिन्दी
धर्म - बुध्द, हिन्दू
पेशा - कृषी, पयर्टन
खेल -फुटबल, भलिबल
जीवन आयु - ५७ वर्ष
धौलागिरी अञ्चल बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार देखि दक्षिण
पट्टि पूर्वी उत्तर मोह्डामा बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे
अवस्थित छ । यो बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेको पूर्वमा
पैयूपाटा गाविस पश्चिममा तित्याङ गाविस उत्तरमा बागलुङ नगरपालिका र
कालीगण्डकी, दक्षिणमा रायडाँडा र अमालचौर गाविस रहेका छन् । यो बागलुङ
नगरपालिका वाड नं. १० भकुन्डे कालीगण्डकी नदि (करिब ८५० मिटर) देखि
माथि उठेर सौरेको धुरी कुथुकर्मको लेक (करिब २३५० मिटर) सम्म भिरालो
भु-भागमा रहेको छ । यहाँ मगर, क्षेत्री, ठकुरी, बाह्मण, सार्की,
विश्वकर्मा, दमाई र नेवार गरी ८३१ घरधुरीका करिव ५,००० जनसङ्ख्या
बसोबास गर्दछन् ।
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे मा नगदेवालीको रूपमा
आलु, मूला, सुन्तला, नास्पती, केरा, पलम (खुर्पानी), आरू र तरकारी
खेतिले ब्यवसायिक रूप धारण गर्ने प्रयास गर्दैछन् ।
यो बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे अत्यन्तै रमणीय गाविस
हो । यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे को उच्चटाकुराबाट
दक्षिण पुर्व देखि लम्पसार परेर उत्तर पश्चिमसम्म फैलिएर रहेको
हिमचुचुराहरू, धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलागिरी, मनास्लु,
डकुर, टुक्चे, लम्जुङ्ग, गुर्जा, मुस्ताङ, पिक हिमशृङ्खलाहरूको
दृश्यावलोकन गर्न सकिन्छ ।
यस बागलुङ नगरपालिका वाड नं. १० भकुन्डेमा रहेका मूलाबारी,
कुथुकर्मको लेक, सौरे पिक्निक स्पोर्ट, बराह मन्दिर, बराहताल,
चमेरेगुफा, खेल मैदान ठुलाताल र ऐतिहांसिक भुरेराजाका दरबार र
किल्लाका भग्नाशेषहरू (ढिंकी, जाँतो, ओखलहरू) जस्ता प्राकृतिक एवं
भौगोलिक विविधताले युक्त स्थलहरूले भकुण्डेलाई पर्यटकीय एवं धार्मिक
गन्तव्य स्थलको रूपमा उजागर गरेको छ ।
|
वड नं.
|
भारतिय सेना
|
|
बहालवाला
|
निवृत्त
|
|
सुबेदार
|
जम्दार/हल्दार
|
सिपाहि
|
जम्मा
|
सुबेदार
|
जम्दार/हल्दार
|
सिपाहि
|
जम्मा
|
|
एक
|
1
|
1
|
15
|
17
|
1
|
2
|
23
|
26
|
|
दुर्इ
|
2
|
-
|
17
|
19
|
4
|
6
|
31
|
41
|
|
तिन
|
-
|
2
|
11
|
13
|
-
|
5
|
4
|
9
|
|
चार
|
-
|
3
|
10
|
13
|
-
|
4
|
6
|
10
|
|
पाँच
|
1
|
-
|
7
|
8
|
-
|
2
|
10
|
12
|
|
छ
|
-
|
9
|
9
|
18
|
-
|
1
|
8
|
9
|
|
सात
|
-
|
8
|
7
|
15
|
1
|
8
|
16
|
25
|
|
आठ
|
-
|
2
|
19
|
21
|
1
|
8
|
14
|
23
|
|
नौं
|
-
|
-
|
20
|
20
|
2
|
3
|
18
|
23
|
|
जम्मा
|
2
|
18
|
115
|
135
|
9
|
38
|
131
|
178
|
|
वड नं.
|
शाहि नेपालि शेना
|
|
बहालवाला
|
निवृत्त
|
|
सुबेदार
|
जम्दार/हल्दार
|
सिपाहि
|
जम्मा
|
सुबेदार
|
जम्दार/हल्दार
|
सिपाहि
|
जम्मा
|
|
एक
|
-
|
-
|
10
|
10
|
-
|
3
|
1
|
4
|
|
दुर्इ
|
-
|
-
|
1
|
1
|
-
|
-
|
-
|
-
|
|
तिन
|
-
|
-
|
2
|
2
|
-
|
-
|
2
|
2
|
|
चार
|
-
|
-
|
-
|
-
|
-
|
-
|
1
|
1
|
|
पाँच
|
-
|
-
|
-
|
-
|
-
|
-
|
-
|
-
|
|
छ
|
-
|
-
|
6
|
6
|
-
|
2
|
2
|
4
|
|
सात
|
-
|
1
|
20
|
21
|
1
|
1
|
-
|
2
|
|
आठ
|
-
|
-
|
5
|
5
|
-
|
2
|
1
|
3
|
|
नौं
|
1
|
-
|
22
|
23
|
-
|
3
|
-
|
3
|
|
जम्मा
|
1
|
1
|
66
|
67
|
1
|
11
|
7
|
19
|
|
वड नं.
|
नेपाल प्रहरि
|
|
बहालवाला
|
निवृत्त
|
|
सुबेदार
|
जम्दार/हल्दार
|
सिपाहि
|
जम्मा
|
सुबेदार
|
जम्दार/हल्दार
|
सिपाहि
|
जम्मा
|
|
एक
|
-
|
11
|
-
|
11
|
-
|
11
|
-
|
11
|
|
दुर्इ
|
-
|
1
|
2
|
3
|
-
|
6
|
-
|
6
|
|
तिन
|
-
|
-
|
5
|
5
|
-
|
1
|
-
|
1
|
|
चार
|
-
|
1
|
1
|
2
|
-
|
6
|
-
|
6
|
|
पाँच
|
1
|
-
|
-
|
1
|
-
|
1
|
1
|
2
|
|
छ
|
-
|
1
|
5
|
6
|
-
|
2
|
-
|
2
|
|
सात
|
-
|
-
|
3
|
3
|
-
|
-
|
1
|
1
|
|
अठ
|
-
|
1
|
4
|
5
|
-
|
-
|
-
|
-
|
|
नो
|
|
|
|
|
|
|
|
|
|
जम्मा
|
1
|
15
|
28
|
44
|
-
|
29
|
2
|
31
|
|
वड नं.
|
निजामति सेवा
|
|
बहालवाला
|
निवृत्त
|
|
अधिकृत
|
सुब्बा
|
खरदार
|
मुखिया
|
बैदार/पियत
|
जम्मा
|
अधिकृत
|
सुब्बा
|
खरदार
|
मुखिया
|
बैदार/पियत
|
जम्मा
|
|
एक
|
-
|
1
|
1
|
-
|
3
|
5
|
-
|
-
|
-
|
-
|
-
|
-
|
|
दुर्इ
|
-
|
4
|
2
|
3
|
-
|
9
|
-
|
-
|
-
|
-
|
-
|
-
|
|
तिन
|
-
|
-
|
-
|
-
|
-
|
-
|
-
|
-
|
-
|
-
|
-
|
-
|
|
चार
|
-
|
-
|
1
|
-
|
1
|
2
|
-
|
-
|
-
|
-
|
-
|
-
|
|
पाँच
|
-
|
-
|
2
|
-
|
4
|
6
|
-
|
-
|
-
|
-
|
-
|
-
|
|
छ
|
3
|
2
|
5
|
4
|
11
|
27
|
-
|
1
|
-
|
-
|
-
|
1
|
|
सात
|
-
|
2
|
2
|
-
|
4
|
8
|
-
|
-
|
3
|
-
|
7
|
10
|
|
आठ
|
-
|
-
|
-
|
-
|
2
|
2
|
-
|
-
|
-
|
-
|
-
|
|
|
नौं
|
2
|
-
|
-
|
2
|
4
|
8
|
-
|
-
|
1
|
-
|
-
|
1
|
|
जम्मा
|
5
|
8
|
14
|
9
|
29
|
67
|
-
|
1
|
4
|
-
|
7
|
12
|
|
वड नं.
|
शिक्षक
|
|
मा.वि
|
नि.मा.वि
|
प्रा.वि
|
जम्मा
|
|
एक
|
-
|
-
|
5
|
5
|
|
दुर्इ
|
-
|
-
|
5
|
5
|
|
तिन
|
1
|
1
|
4
|
6
|
|
चार
|
-
|
-
|
1
|
1
|
|
पाँच
|
-
|
-
|
4
|
4
|
|
छ
|
2
|
2
|
5
|
9
|
|
सात
|
1
|
1
|
3
|
5
|
|
आठ
|
-
|
-
|
1
|
1
|
|
नौं
|
1
|
-
|
1
|
2
|
|
जम्मा
|
5
|
4
|
29
|
39
|
|
वड नं.
|
अन्य बैदेशिक सेवा
|
|
India
|
Golf
|
EMHER
|
GRAND
|
|
एक
|
5
|
6
|
2H4W
|
17
|
|
दुर्इ
|
-
|
4
|
1S.1K.4W
|
10
|
|
तिन
|
3
|
1
|
1
|
5
|
|
चार
|
1
|
2
|
1 CBR
|
3
|
|
पाँच
|
-
|
10
|
-
|
10
|
|
छ
|
17
|
10
|
1
|
28
|
|
सात
|
4
|
3
|
1
|
8
|
|
आठ
|
-
|
2
|
1
|
3
|
|
नौं
|
5
|
2
|
1
|
8
|
|
जम्मा
|
35
|
40
|
18
|
92
|
होमस्टे

धार्मिक एवं प्राकृतिक पर्यटकीय संभावनाको आधारलाई देख्दा
र यहाँको आर्थिक आम्दानीको बाटो खोज्दै जाने क्रममा पर्यटन ब्यवसायलाई
पनि अगाडि सार्दा ब्यवहारिक र यथार्थ मुखी हुने देखि होमस्टे सेवा
शुरू गर्ने प्रयास भएको छ । नेपाल रेडक्रस सोसईटी अन्य संघ संस्था र
सरकारी निकायको सहयोगमा भकुण्डेलाई खुला दिशामुक्त गाविसको रूपमा
घोषणा गर्न सफल भएपछी र दशै मेला आयोजना गरेर भकुण्डेको पहिचान
बढाउँदै अझै उज्यालो थपेर होमस्टे सेवाको प्रचार प्रसार गर्नको लागि
२०६८ साल कार्तिक ४ देखि ७ गते सम्म भकुण्डे महोत्सव आयोजना गरिसकिएको
छ । यसले पर्यटन ब्यवसाय पुर्वाधारमा महत्वपूर्ण योगदान गर्ने विश्वास
गरिएको छ ।
पात्ले
नाम - पात्ले
घरधुरी - १११
जनसङ्ख्या - ६५५
पुरूष - ३३५
महिला - ३२०
० - २ बर्षका पुरूष - ६ महिला - ९
३ - ५ बर्षका पुरूष - २९ महिला - १४
६ - १४ बर्षका पुरूष - ४७ महिला - ४४
१५ - ४९ बर्षका पुरूष - १७५ महिला - १८२
५० बर्षका पुरूष - ७१ महिला - ७८
सिमान्तकृत - ५३
पुरूष - २८
महिला - २५
शिक्षित - ६१
पुरूष - ३०७
महिला - २०९
अशिक्षित - ८१
पुरूष - ३०
महिला - ५१
भकुण्डे गाविसको पहिलो वार्ड पात्ले हो । यो गाउँमा झन्डै १११
घरधुरिमा ६५५ जनसङ्ख्या बसोवास गर्ने गर्दछन । यहाँका मानिसहरू
अत्यन्तै मिहेनती, दयालुका साथै मिलनसार छन् ।
भकुण्डे
नाम - भकुण्डे
घरधुरी - ११५
जनसङ्ख्या - ६५५
पुरूष - ३१२
महिला - ३४३
० - २ बर्षका पुरूष - ९ महिला
- ७
३ - ५ बर्षका पुरूष - १५ महिला
- १६
६ - १४ बर्षका पुरूष - ५९ महिला
- ५८
१५ - ४९ बर्षका पुरूष - १६९
महिला - १८७
५० बर्षका पुरूष - ६० महिला
- ७५
सिमान्तकृत - १३६
पुरूष - ६२
महिला - ७४
शिक्षित - ५२७
पुरूष - २९३
महिला - २३४
अशिक्षित - ८२
पुरूष - २८
महिला - ५४
भकुण्डे गाविसको दोस्रो वार्ड भकुण्डे हो । यो गाउँमा झन्डै ११५
घरधुरिमा ६५५ जनसङ्ख्या बसोवास गर्ने गर्दछन । यहाँका मानिसहरू
अत्यन्तै मिहेनती, दयालुका साथै मिलनसार छन् ।
अर्बाउदी
नाम - अर्बाउदी
घरधुरी - ६३
जनसङ्ख्या - ३३१
पुरूष - १७८
महिला - १५३
० - २ बर्षका पुरूष - ४ महिला
- ३
३ - ५ बर्षका पुरूष - ९ महिला
- ६
६ - १४ बर्षका पुरूष - २८ महिला
- ३२
१५ - ४९ बर्षका पुरूष - १००
महिला - ८१
५० बर्षका पुरूष - ३३ महिला
- ३५
सिमान्तकृत - ३१
पुरूष - १९
महिला - १३
शिक्षित - ३०१
पुरूष - १५४
महिला - १४७
अशिक्षित - २३
पुरूष - ८
महिला - १५
भकुण्डे गाविसाको तेस्रो वार्ड अर्बाउदी हो । यो गाउँमा
झन्डै ६३ घरधुरिमा ३३१ जनसङ्ख्या बसोवास गर्ने गर्दछन ।
यहाँका मानिसहरू अत्यन्तै मिहेनती, दयालुका साथै मिलनसार छन् ।
देउराली
नाम - देउराली
घरधुरी - ५८
जनसङ्ख्या - ३२२
पुरूष - १६०
महिला - १६२
० - २ बर्षका पुरूष - ३ महिला
- ६
३ - ५ बर्षका पुरूष - ६ महिला
- ७
६ - १४ बर्षका पुरूष - २८ महिला
- २२
१५ - ४९ बर्षका पुरूष - ८९
महिला - ९०
५० बर्षका पुरूष - ३४ महिला
- ३७
सिमान्तकृत - ८६
पुरूष - ४०
महिला - ४६
शिक्षित - २६४
पुरूष - १३४
महिला - १३४
अशिक्षित - ३७
पुरूष - १३
महिला - २४
भकुण्डे गाविसको चारौ वार्ड देउरली हो । यो गउँमा झन्डै ५८
घरधुरिमा ३२२ जनसङ्ख्या बसोवास गर्ने गर्दछन । यहाँका मानिसहरू
अत्यन्तै मिहेनती, दयालुका साथै मिलनसार छन् ।
निफन्नी
नाम - निफन्नी
घरधुरी - १०८
जनसङ्ख्या - ५४२
पुरूष - २५८
महिला - २८४
० - २ बर्षका पुरूष - ११ महिला
- १२
३ - ५ बर्षका पुरूष - १६ महिला
- १२
६ - १४ बर्षका पुरूष - ४४ महिला
- ५९
१५ - ४९ बर्षका पुरूष - १४६
महिला - १३८
५० बर्षका पुरूष - ४१ महिला
- ६५
सिमान्तकृत - ३६२
पुरूष - १७४
महिला - १८८
शिक्षित - ४३४
पुरूष - २२१
महिला - २१३
अशिक्षित - ६३
पुरूष - १६
महिला - ४७
भकुण्डे गाविसको पाँचौ वार्ड निफन्नी हो । यो गाउँमा
झन्डै १०८ घरधुरिमा ५४२ जनसङ्ख्या बसोवास गर्ने गर्दछन ।
यहाँका मानिसहरू अत्यन्तै मिहेनती, दयालुका साथै मिलनसार छन् ।
द्वार
नाम - द्वार
घरधुरी - ९९
जनसङ्ख्या - ५४२
पुरूष - २७९
महिला - २४८
० - २ बर्षका पुरूष - ६ महिला
- ३
३ - ५ बर्षका पुरूष - १४ महिला
- ५
६ - १४ बर्षका पुरूष - ५५ महिला
- ३०
१५ - ४९ बर्षका पुरूष - १४७
महिला - १५४
५० बर्षका पुरूष - ५७ महिला
- ५६
सिमान्तकृत - १३०
पुरूष - ७१
महिला - ५९
शिक्षित - ३६३
पुरूष - १८५
महिला - १७८
अशिक्षित - १५८
पुरूष - ९१
महिला - ६७
भकुण्डे गाविसको छैतौ वार्ड द्वार हो । यो गउँमा झन्डै ९९
घरधुरिमा ५४२ जनसङ्ख्या बसोवास गर्ने गर्दछन । यहाँका मानिसहरू
अत्यन्तै मिहेनती, दयालुका साथै मिलनसार छन् ।
काउरे
नाम - काउरे
घरधुरी - ९५
जनसङ्ख्या - ५८०
पुरूष - २९१
महिला - २८९
० - २ बर्षका पुरूष - ११ महिला
- १६
३ - ५ बर्षका पुरूष - ११ महिला
- १४
६ - १४ बर्षका पुरूष - ५९ महिला
- ५०
१५ - ४९ बर्षका पुरूष - १४९
महिला - १६१
५० बर्षका पुरूष - ५८ महिला
- ५१
सिमान्तकृत - ११९
पुरूष - ६३
महिला - ५६
शिक्षित - ४१५
पुरूष - २०९
महिला - २०६
अशिक्षित - १६५
पुरूष - ८२
महिला - ८३
भकुण्डे गाविसको आठौ वार्ड काउरे हो । यो गाउँमा झन्डै १३६
घरधुरिमा ५८० जनसङ्ख्या बसोवास गर्ने गर्दछन । यहाँका मानिसहरू
अत्यन्तै मिहेनती, दयालुका साथै मिलनसार छन् ।
गलुवा
नाम - गलुवा
घरधुरी - १३६
जनसङ्ख्या - ७९३
पुरूष - ४११
महिला - ३८२
० - २ बर्षका पुरूष - २२ महिला
- ११
३ - ५ बर्षका पुरूष - २८ महिला
- १४
६ - १४ बर्षका पुरूष - ७३ महिला
- ७३
१५ - ४९ बर्षका पुरूष - २२८
महिला - २१५
५० बर्षका पुरूष - ६० महिला
- ६९
सिमान्तकृत - २५३
पुरूष - १३४
महिला - ११९
शिक्षित - ६०२
पुरूष - ३४४
महिला - २५८
अशिक्षित - ११६
पुरूष - ४०
महिला - ७६
भकुण्डे गाविसको नबौ वार्ड गलुवा हो । यो गाउँमा झन्डै १३६
घरधुरिमा ७९३ जनसङख्या बसोवास गर्ने गर्दछन । यहाँका मानिसहरू
अत्यन्तै मिहेनती, दयालुका साथै मिलनसार छन् ।
Date: 1/17/2018 11:46:24 अपराह्न :
: Yam Thapa