समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

आज तिहारको अन्तिम दिन, भाइटीका

भकुन्डे, कात्तिक १९ - आज यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवं दीर्घायुको कामनाका साथ भाइटीका लगाईदैछ  ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिंदा धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पूजागरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने मखमली, सयपत्री र दुबोको माल लगाइदिएर लामो आयुको कामना गर्ने गर्छन् ।

यस वर्षको भाइटीकाको शुभ साइत बिहान ११ बजेर २७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । साइतमा टीका लगाउन नभ्याउनेहरुले आज दिनभरी नै टीका लगाउन सक्ने छन् । साइतमा टीका लगाउन नपाउन...ेले दिनभर टीका लगाउँदा पनि शुभ हुने समितिले बताएको छ ।

भाइटीकाको दिन आयु समाप्त भइसकेको आफ्ना भाइलाई यमराज सहित उनका दूतले लिन आउँदा दिदीले तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल नलैजान यमराजलाई बाचा गराएपछि भाइले दीर्घजीवन पाएको पौराणिक किंवदन्ती अनुसार आज दिदीबहिनीले दाजुभाइलाई मखमलीको माला लगाइदिने परम्परा छ ।

आज दिदीबहिनीले आफ्ना दाजु भाइलाई सात रंगका टीका लगाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस र मसलाका साथै सेलरोटी खान दिने चलन छ । दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन् ।

दिदीबहिनी नभएका दाजुभाइले तुलसीको डाँठले आफैं टीका लगाउने चलन छ भने कसैकसैले धर्मदिदी बहिनीबाट पनि टीका लगाउने गर्छन् । यस्तै नेवार समुदायले किजापूजाका नामले भाइटीका मनाउँछन् भने मैथिली र भोजपुरी समाजमा भरद्वीतियाका नाममा भाइटीका मनाउने गरिन्छ ।

Date: 11/4/2013 10:01:29 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

घैटोमा रित्तियो पानी

बागलुङ, २६ माघ-  खानेपानीले हैरानी खेपेका भकुण्डेबासीले दश बर्षअघि बनाएका आकासे पानी संकलन गर्ने घैटा समेत रित्तिन थालेका छन् । हिउँदमा पानी नपरेपछि बर्षातको पानी सकिएर टाढा पुगेर पानी खेप्न बाध्य भएको भकुण्डेका ६५ बर्षिय हरिलाल थापाले बताए । उनले दैनिक डेढघण्टा परको मुलबाट पानी खे more..

सपनाको एक महल

२८ वर्षकी भएँ । नेपालमा दुईवटा छोरा छन् । प्रेम विवाह गरेको हाम्रो जोडीलाई खान-लाउन मुस्किल थिएन । घरको एक्लो छोरो अनि म एक्ली बुहारी । सासू-ससुरा देवताजस्ता छन् । एउटी नन्द बिहे गरेर गइसकिन्, अहिले अस्ट्रेलियामा बस्छिन् । घरको सटरमा होलसेल पसल छ, खानपिनका सामानको । पहिले सासू-ससुरा बस्थे पसलमा, more..

शिक्षा

जनता प्रा. वि.  नाम - जनता प्रा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०४६ संचालित कक्षा  - १-३ जम्मा विद्यार्थी - १९ जम्मा शिक्षक - ३ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम १ अध् more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

Yanimaya by Namuna Female Group Deurali
Yanimaya by Namuna Female Group Deurali

भैरवस्थान मन्दिर
यो विश्वास गर्ने गरिन्छ कि, श्रद्धालु भक्तहरु आपनो मनोकांक्षा पूर्णहोस भनी भैरवको भाकल गर्छन र पूजा अर्चना गर्छन् । श्रद्धालुहरु पुत्रप्राप्ति, रोगव्याधको निदान, मुद्दामामिलामा जीत, आफ्ना सन्तानको more..