Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भैरव उच्च मा. वि.

नाम - भैरव उच्च मा. वि. 
अवस्थित - भकुण्डे ४
स्थापना - २०११
संचालित कक्षा  - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

Bhairav -Higher -school

वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थापा मगरको अगुवईमा प्रा.वि. तह स्थापना भएको आज भैरव उच्च मा.वि. सम्म आईपुगेको छ । अनेककिसिमका उकाली ओरालीहरू, अप्ठ्यारा चुनौतीहरू र अवसर एवम् सफलताहरू पार गर्दै यहाँसम्म आउँदा २०३३ सालमा नि.मा.वि. २०४४ सालमा मा.वि. तथा २०६४ सालबाट उच्च मा.वि. समेत गरी हाल सम्म संरचनाका ४ तहहरू नै पुरा गरिसकेको छ । उच्च मा.वि. तर्फ २०६४ मा शिक्षा संकाय, २०६५ मा व्यवस्थापन संकाय र २०६७ बाट मानविकी संकायसमेतको व्यवस्था गरी अहिले १५८ जना छात्रछात्राहरू अध्ययनरत छन् । विगतमा छात्राहरूको न्यून उपस्थिति पाइने यस विधालयमा अहिले आउँदा कक्षा १-१२ सम्म नै छात्राहरूको भर्नादर र उपस्थिति दर बढी भएको स्थिति छ । विगत लामो समयदेखि एस.एल.सी. परीक्षामा सहभागी हुदैँ आएको विधालयको उत्तीर्ण प्रतिशत क्रमश: सुधारन्मुख दिशामा छ । विगत तीन वर्षको उक्त प्रतिशतलाई हेर्दा २०६४ मा ९७.०६ प्रतिशत ल्याई सामुदायिक सरकारी विद्यालयतर्फ जिल्ला प्रथम भई जि.वि.स. बागलुङबाट रु.५०,००० पुरस्कार तथा गाजा युवा क्लव बागलुङको तर्फबाट रु.२००० र सम्मानपत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै २०६५ मा ९६.१० प्रतिशत २०६६ मा ८३ प्रतिशत नतिजा हासिल गर्न सफम भएको छ । उ.मा.वि. तर्फ २०६४ मा सञ्चालित यस विद्यालयले हालसम्म ५५ विद्यार्थीलाई कक्षा १२ उत्तीर्ण बनाई प्रमाणपत्र दिने कार्य गरिसकेको छ । उच्च मा.वि. सञ्चालनका दौडानमा विद्यालयले आर्थिक अवस्थालाई केही सुढृढ बनापनुपर्छ भन्ने मान्यताका साथ आर्थिक अभियानमा अगाडि बढी हालसम्म १८,९२,३७८.११ रकम जम्मा गरिसकेको छ भने अझै यो लक्ष्य पूर्णरूपले सफल गर्न केही बाँकी नै छ ।

bhhs

विद्यालयका पुराना भवनहरूलाई क्रमश: नयाँ निर्माण गर्ने कार्यको थालनी भएको छ । अझै पनि सम्पूर्ण भवनलाई नयाँ रूप दिन सकिएको छैन । यिनै सफलता र असफलताका बीचबाट अगाडी बढ्दै गर्दा विद्यालयको शैक्षिक गुणस्तर सुधारको बारेमा विद्यालयभित्रै तथा समुदायहरू माझ पनि चर्चा परिचर्चा हुँदै आइरहेका छन् । यस चर्चाहरूलाई समेत सम्बोधन गर्ने गरी विद्यालयले आफ्नो ५६ औँ बार्षिकोत्सव कार्यक्रमको अवसरमा शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको तर्फबाट छुट्टाछुट्टै "शैक्षिक गुणस्तर सुधार" विषयमा कार्यपत्र समेत प्रस्तुत गरी छलफलको निश्कर्ष सहित नयाँ कार्ययोजना तयारी सहित अगाडि बढ्ने जमर्को गरिरहेको छ । विद्यालयलाई स्तोरन्नति गर्दै निकट भविष्यमै स्नातक तह सञ्चालनका लागि क्याम्पसको रूप दिनुपर्ने आवाहरू पनि बुलन्द हुन थालेका छन् । यसरी सबै अवस्थालाई स्वीकार गर्दै प्रगति र उन्नतिको बाटोमा अगाडि बढ्न विद्यालय पक्कै पनि दरिलो खम्बा भई उभिने आँट गर्नुपर्छ भन्ने सहयोग र प्रतिवद्दता समुदायका आम जनसमुदायमा रहनुपर्छ । यी र यस्तै गतिविधिलाई समेटेर विद्यालयले २०६१ सालमा आफ्नो ५० औँ स्वर्ण महोत्सव मनाउने क्रममा "भैरव सन्देश" स्वर्ण महोत्सव स्मरीका प्रकाशित गरिसकेको छ भने ५६ औँ बार्षिकत्सव समारोहदेखि बार्षिक बुलेटिन अंक प्रकाशन गरेको छ । यसलाई वर्षेनि निरन्तरता दिने अठोट गर्दै विद्यालयका सांगठनिक, आर्थिक, भौतिक, शैक्षिक पक्षका मुख्य झलकहरू समेट्ने प्रयास गरेको छ । उचित ब्यवस्थापनका लागि भैरव उच्च मा.वि. को प्रशासनिक तथा सहि ब्यवस्थापकिय पक्ष मजमुद हुन नितान्त जरूरि छ ।

computer 

विद्यालय व्यवस्थापन समिति

क्र.म

पद

नाम

ठेगना

अध्यक्ष

प्रेम बहादुर थापा

भकुण्डे २

सदस्य

नर बहादुर थापा

भकुण्डे ७

सदस्य

सु.दल बहादुर थापा

भकुण्डे १

सदस्य

दल बहादुर थापा

भकुण्डे ४

सदस्य

लाल बहादुर थापा

भकुण्डे २

सदस्य

मनोज थापा

भकुण्डे २

सदस्य

सिता थापा

भकुण्डे ८

सदस्य

गंगा थापा

भकुण्डे ३

शिक्षक प्रतिनधि

खिम बहादुर थापा

भकुण्डे ३

१०

सदस्यसचिव

विष्णु प्रासद शर्मा

भकुण्डे ६

शिक्षक अभिभावक संघ

क्र.म

पद

नाम

ठेगना

अध्यक्ष

मन बहादुर थापा

भकुण्डे ४

सदस्य

सोम बहादुर थापा

भकुण्डे १

सदस्य

अप्सरा थापा

भकुण्डे २

सदस्य

गंगा थापा

भकुण्डे ४

सदस्य

नन्दलाल किसान

भकुण्डे ५

सदस्य

डम्मर बहादुर थापा

भकुण्डे ५

सदस्य

मान बहादुर खर्ति

भकुण्डे ९

सदस्य

बल बहादुर थापा

भकुण्डे ८

सदस्य

प्रेम बहादुर थापा

भकुण्डे २

१०

शिक्षक प्रतिनधि

खड्ग बहादुर थापा

भकुण्डे ३

११

सदस्यसचिव

विष्णु प्रासद शर्मा

भकुण्डे ६

भैरव उच्च माध्यामिक विद्यालय भकुण्डेको शिक्षक कर्मचारी विविरण

क्र.म

पद

नाम

योग्यता

प्र.अ

विष्णु प्रासद शर्मा

एम.ए. वीएस्सी. वी.एड

नि.प्र.अ

खगराज रिजाल

एम.ए. वी.कम. वी.एड

शिक्षक

लोक राना

एम.ए. एम.एड

''

तारा शर्मा

एम.ए. आचार्य. वी.एड

''

सिद्धि पौड्याल

एम.वी.एस.

''

ठगेन्द्र थापा

एम.ए.

''

किसान सापकोटा

एम.एड

''

लाल चन्द्र सुवेदी

वी.एड

''

दुर्गादत्त जैसी

वीए.

१०

''

खीम बहादुर थापा

वीए.

११

''

मन्जू थापा

वी.एड

१२

''

बालकृष्ण शर्मा

आई.ए

१३

''

खड्ग बहादुर थापा

वीए.वी.एड

१४

''

नर बहादुर थापा

एल.एल.सी

१५

''

हर्क बहादुर थापा

एल.एल.सी

१६

''

दिलकुमारी थापा

पलस टू

१७

''

रीता थापा

पलस टू

१८

''

विशाल थापा

पलस टू

१९

कर्मचारी

रविन थापा

पलस टू

२०

सहयोगी

रवीलाल थापा

टेष्ट पास

 विद्यार्थी विवरण २०६८

तह

जम्मा

दलित

जनजाति

अपाङग

 

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

केटा

केटी

जम्मा

प्रा.वि

५४

४९

१०३

५०

४६

९६

-

नि.मा.वि

५९

३९

९८

५०

३४

८४

-

मा.वि

३७

२७

६४

३५

२४

५९

-

-

-

उ.मा.वि

८१

७६

१५७

५५

५८

११३

-

-

-

जम्मा

२३१

१९१

४२२

१४

१९०

१६२

३५२

 

Date: 1/24/2017 10:48:18 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

श्री बराह महोत्सव पूजा (मेला) २०७३

For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: 

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - भकुण्डे ६ स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम बहादुर थापा more..

भैरव उच्च मा. वि.

नाम - भैरव उच्च मा. वि.  अवस्थित - भकुण्डे ४ स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थ more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

सौरे
कुथुकर्मको लेक (पिकनिक स्पट) भकुण्डे उच्च हिमाली हिम टाकुराको, प्राकृतिक वन जंगलले घेरिएको, पानीको सुविधा भएको पिकनिक स्पट हो ।  यहाँ वर्षेनी हजारौ संख्यामा वनभोजको लागि मानिसहरू जाने गर more..

भकुण्डे बागलुङ नेपालका चाडपर्वहरू
Festivals of Bhakunde Baglung Nepal भकुण्डे बागलुङ नेपालका चाडपर्वहरू नेपाल विषेश गरि परम्परासंग सम्बन्ध राख्ने सामाजिक र सांस्कृतिक विविध चाडपर्व मनाउने देश भनेर विश्वमा चिनिन्छ । नेपालीहरूल more..