Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

संस्कृति

१. सालैजो

                यस गा.वि.स.मा अत्याधिक वसोवास मगर समुदायको वसोवास भएको क्षेत्र भएकोले यहांका मगरहरुमा सालैजो, यानिमाया, झ्यारे जस्ता गितहरु बढी लोकप्रिय छन् । यहांका मगर समुदायले विभिन्न चाडवाद रितिरिवाज मनाउँदा आफ्ना साथीसंगीहरु संग संगै वसी विभिन्न सालैजो, यानीमाया, झ्यारे गित गाउने चलन अझै पनि छ । यसरी ति गितहरु गाउँदा साथमा केटाहरु मादल र दम्फु वोकी विभन्न ठाउँमा भेलाहुने र केटीहरुलाई वोलाई गित गाउँदा ७ दिन ७ रात सम्म निरन्तर गित गाउने चलन थियो । यसरी गितमा माया पिरति, सुख दुखका गित गाउने क्रममा यदि केटाले वा केटी दुवै प्रभावीत हुन सके भने विवाह गर्ने चलन पनि थियो । भने अर्को संगै वसी गीत गाउंदा जस्ले दोहोरीमा जित्न सक्यो उसैले लैजाने भन्ने वाजी समेत थाप्न चलन थियो । हाल यस्ता प्रकारका कुराहरु विस्तारै हट्दै गए पनि यो यस गा.वि.स.का मगर समुदायको चलनचल्तीमा थियो ।

२. भजन

                यस गा.वि.स.मा अत्याधिक वसोवास मगर समुदायको रहेता पनि अन्य जाति संगको आपसि सम्वन्ध सौहार्दपूर्ण रहेको छ । यहाँ देवीदेवताको नाममा गाईने भजनहरु ले पनि यस गा.वि.स. भित्र रहेको कला संस्कृतिको महत्वलाई थप टेवा पुर्याएको छ । भजन प्राय गरेर देवी देवताको नाममा गाइने भएकोले विशेष गरी छोराको वर्तवन्ध गर्दा, चौरासीको पुजा गर्दा, चौतारीपोखरीको विवाह गर्दा, विभिन्न पुजापाठ लगाउँदा समूहमा रहेर भजन गाउने चलन रहेको छ । यो भजन प्राय गरेर व्राम्हण, क्षेँत्र ठकुरीले गाउने गर्दछन् ।             

३. भैलो नाच

                यहाँका समुदायमा भैलो नाच नाच्ने चलन छ ।  यो नाच मगरात राज्यका बली राजाको पाला देखि नाच्दै आएको किम्बदन्ती रहेको छ । यो नाचलाई पहिले पहिले फाइलो नाच्ने भनिन्थ्यो । स्थानीय भाषमा फाइलोको अर्थ 'हाम्रो प्यारो राजा' भन्ने हुन्छ । यो नाच विशेष गरी तिहारमा नाचिन्छ । यो नाचको शुरु कसरी भयो भन्ने विषयमा मगरात राज्यका तत्कालिन बली नामका राजाले यो नाच नाच्न लगाएको हो भन्ने विश्वास गरिन्छ । मगरात राज्यका ती राजा अत्यन्त लोकप्रिय थिए र अनी त्रिकालदर्शी थिए । उनलाई भूत वर्तमान र भविष्यमा हुने घटनाको समेत ज्ञान हुने भएकोले उनको मृत्यूको लागि काल लिन आउँदैछ भन्ने थाहा पाई उनले काललाई रोक्ने योजना बनाए । उनले आङ्खना प्रजाहरुलाई आफुलाई काल लिन आउने दिनमा काल आउने बाटो भरी बत्ती बाली झिलीमिली पार्न लगाए । सबै प्रजाहरुलाई बाटो बाटोमा  गित गाउँन र नाच्न लगाए । मिठा मिठा खानेकुरा सजाएर बोटो भरी राख्न लगाए । काल बली राजालाई लिन त्यही बोटो भएर आयो मिठा मिठा खानेकुरा झिलीमिली बत्ती र नाचगान देखे पछि काललाई पनि ती खानेकुरा खान र रमाइलो गर्न मन लाग्यो । केही बेर रमाइलो गर्यो मिठा मिठा खानेकुरा खायो । यति गर्दै बली राजालाई जुन समयमा लैजानु पर्ने थियो त्यो समय भन्दा निकै ढिला काल राजाकोमा पुग्यो । कालले लिन आएको कुरा राखे पछि राजाले आफुलाई दिएको समय भन्दा धेरै ढिला आएकोले आफुलाई मार्न नपाउने अड्चन थापे पछि कालले पनि हार खाएर फर्के छ र बली राजाको आयु बढेछ । संयोगले उक्त दिन लक्ष्मी पुजाको दिन परेकोले यो नाच लक्ष्मी पुजाको दिन देखि नाच्न शुरु गरिन्छ । त्यही समय देखि नै यो भैलो नाच नाच्ने चलन चलेको किम्बदन्ती रहेको छ ।

                यो नाच लक्ष्मी पूजाको पहिलो दिन गुरुमाउ (नाचरीहरुको मुख्य मान्छे) को घरमा जम्मा भई विधिवत सरस्वतीको पूजा गरी शुरु गरिन्छ । यो नाच समूहमा नाचिने भएकोले नाच्नको लागि १ जना पुर्सुङ, १ जना मादले, १ जना मारुनी आवश्यकता पर्दछ र गीत गाउँनको लागि ५ देखि १० जना सम्मको समूह हुनु आवश्यक हुन्छ । सरस्वतीको पूजा मन्त्र गीत बाट गरिन्छ । सो अवसरमा सरस्वतीका भाडा (मादल, मजुरा, घोङरा, आदि) को समेत पुजा गरिन्छ । पूजाको क्रममा बजाउने बाजाहरुमा ध्वजा बाध्ने काम पनि गरिन्छ । सरस्वती पूजा गरीसके पछि मारुनी पहिर्याउने काम हुन्छ । विभिन्न देव देवीको नाम लिदै गुरुमाउले गीत शुरु गर्दछन् र बाँकी सबै सदस्यले गित गाउँदै बजाउदै नाच्दै गर्दछन् । गूरुमाउले गितमा मारुनीले लगाउँने जुन कपडाको नाम लिन्छन् मारुनी पहिरिनेले साह्री कपडा पालै पोलो लगाउँछन् ।

                                सरस्वतीमाईले हामी सबैको रक्षा गर ।

                                सरसस्वती माई रक्षा गर है  ।।

                भन्ने बोलका गीत यस अवसरमा गाइन्छ । यस कार्यलाई सरस्वती बाध्ने भनिन्छ । सरस्वती बाधी सके पछि भैलो नाच्न शूरु गरिन्छ । भैलो नाच्न पहिलो पटक सकेसम्म गाउँको ठूलाठालु कहाँ गइन्छ । यो नाच गुरुमाउले भैलो भट्टयाउने र अरु सबैले भैलो भन्दै समूहमा घुमी घुमी नाचिन्छ । यो नाच नाच्न कम्तीमा मादले २ मारुनी १ पुर्सुङे १ गरी ४ जना चाहिन्छ । यो नाच सकिएपछि सोरठी, खेली र झुमरा जस्ता नाचहरु नाचिन्छ ।

४. प्रमुख चाडहरु

यस गा.वि.स.का बासिन्दाहरु धेरैजसो हिन्दू तथा बौद्ध धर्मावलम्बी भएको कारणले उनीहरुको चाड पर्व पनि हिन्दू तथा बौद्ध संस्कारमा आधारित छन् । विशेषत हिन्दूहरुको महान चाड दशैं, तिहार, माघे सङ्क्रान्ती, बौद्ध पूर्णिमा, ल्होसार, साउने सङ्क्रान्ती, नागपञ्चमी, जनै पूर्णिमा, तीज लगायतका चाडपर्वहरु मनाउने गरिन्छ । गा.वि.स. भित्र लगभग ६५.५७% बासिन्दाहरु जनजातिहरु रहेका छन् ।

५. भेषभूषा

यस गा.वि.स.का वासिन्दाहरु मेसिनमा बुनेको कपडा नआउँदासम्म महिलाहरुले घरमै कपडा तयार गदर्थे । कपडा बुन्नको लागि चाल्ने सिस्नु (अल्लो) र भेडाको उनको प्रयोग   गरिन्थ्यो । सिस्नो काट्ने, पुवा झिक्ने, सुकाउने, पकाउने, धुने र सुके पछि धागो बनाउने सम्मका कार्यमा महिला पुरुष दुबैको संलग्नता रहन्थ्यो । धोगो कटुवा र चर्खामा काढिन्थ्यो । तान बुन्ने काम भने महिलाहरुले गर्दथे । यो कार्य विशेष गरी मगर समुदायले गर्दथे । महिलाहरुले लगाउने कपडालाई घरबुना भनिन्थ्यो भने पुरुषहरुले खादी र कछाड लगाउथे । मेसिनले निर्माण भएका कपडा आई सके पछि महिलाहरु मखमल वा पिलासको चोली, छिट, पदेला वा जिनको गुन्यू, मखमलको टेकी र घलेक लगाउने र कर्मु (मजेत्रो) ओड्ने चलन चल्यो । घलेकलाई कम्मरमा अड्याउन खुर्पेटोसंग चापीको झोप्पा भएको सेतो डोरीले बाध्ने गरिथ्यो । पुरुषहरुले भोटो, कछाड, टोपी, खादी लगाउने गर्दथे । शहरीकरण र आधुनिकीकरणका कारण अहिलेका नयाँ पुस्ताका युवायुवतीहरु कुर्था सुरुवाल, प्यान्ट र टिसर्ट लगाउँछन् भने युवकहरु प्यान्ट, सर्ट, सुट लगायत जिन्सको पहिरनहरुको प्रयोग गर्ने गर्दछन् ।

६. जाति र धर्म

यस गा.वि.स.मा मगर, वाहुन, क्षेत्री, सार्की, कामी, दमाई, ठकुरी, नेवा लगायतको जातजातिका वसोवास रहेको छ । सङ्ख्यात्मक हिसावले हेर्दा मगरहरुको अत्यधिक वाहुल्यता रहेको छ यस गा.वि.समा बस्ने अधिकांश मानिसहरुमा हिन्दू तथा बौद्ध धर्मालम्वीहरु छन् । यस गा.वि.स.मा अत्यधिक मगरहरुको बसोबास भएको र आफ्नै मातृ भाष भएता पनि आफ्नै मातृभाषा बोल्दैनन् । सबै नेपाली भाषा बोल्दछन् ।

७. परिवार र संस्कार

                यस गाविसका अधिकांश मगर परिवार संयुक्त परिवारमा बस्दछन् । एउटा परिवारमा बाजे, बजै, बाबा, आमा, काका काकी दाई भाई दिदी बहिनी समेत संगै बस्ने प्रचलन धेरे छ । आधुनिकताको प्रवेशसंगै एकल परिवारमा बस्ने प्रचलन समेत बृद्धि हुँदै गएको छ । दलितहरुको समेत कतिपय परिवार संयुक्त परिवार रहेको छ । अधिकांश परिवारको घरमूली श्रीमान् बुबा दाजु रहेकाले यस गाविसमा पनि पृतिसत्तात्मक पारिवारिक संरचाना रहेको छ । यहाँका पुरुषहरु बिदेश जाने, भर्ती हुने, खेतबारी जोत्ने काम गर्ने, पशुपालनको कार्य गर्ने गर्दछन् भने महिलाहरु घरायसी कार्य, सरसफाईको काम, र खेतीपातीको कार्य गर्दछन् । प्रायजसो परिवारका पुरुषहरु आफुले आर्जन गरेको कमाई घरमा महिला (श्रीमति) लाई राख्न दिन्छन् । पहिले पहिले महिलाहरुमा पेवा कमाउने चलन भएता पनि हाल उक्त कार्य कम हुदै गएको छ ।

                यहाँ  भाद्र महिनाको पहिलो मंगलवार हरेलोको पुजा गरिन्छ । जुन वर्षायाममा खेतिपाती लगाई सकेपछि आफुले लगायको खेति राम्रोँ होस् भन्ने उद्देश्यले गरिन्छ । जुन पुजा गर्दा खानेपरिकारको चरा मुसा वनाई खेतवारीको डिलमा लगी विभिन्न देवीदेवताहरुको नाम पारी पुजा गर्ने चलन छ ।

८. जन्म संस्कार

                यस गा.वि.स.का जनताहरु हिन्दु तथा बौद्ध धर्मालम्वी रहेका छन् । जन्म संस्कारमा हिन्दु तथा बौद्ध धर्म अनुसार जन्म संस्कार गर्ने गर्दछन् । हिन्दु धर्ममा पुरेत राखेर गर्ने गर्दछन् भने बौद्ध संस्कारमा पनि बौद्धकै वापा, मापावाट जन्म संस्कार गर्ने गर्दछन् । वच्चा जन्मेको छोरा जन्मेमा पाँच दिनको दिन न्वारन गरिन्छ भने छोरी जन्मदा तीन दिनमा न्वारन गर्ने चलन  रहेको छ । सुतक भने एघार दिनसम्म बार्ने प्रचलन छ । न्वारन गर्नको लागि परिवारको नजिकको चेलीवेटीले बच्चालाई बाधनको लागि धागो, गाईको गहत लिएर आउछिन् । बच्चाको नाम राख्ने काम समेत यसै दिन हुन्छ । न्वारनको दिनमा छोरा जन्मेको भए भाले कुखरा र छोरी जन्मेको भए पोथी कुखुरा काट्ने चलन छ । न्वारनको दिनमा सुत्करी हुदा सहयोग गर्ने सुडेनी महिलाहरुलाई बोलाई भोज खुवाउने र कपडा (लुङगी) समेत दिने चलन छ । उक्त दिन बच्चालाई भुत पिचासले नछलोस भनी पिठ्यूमा बोकी घरको यताउता घुमाउने चलन छ । यसो गर्दा सेतो फुको धजा समेत बाध्ने चलन छ । पहिलो बच्च जन्मेको हो भने छैठी गर्ने समेत प्रचलन छ ।

९. पास्नी

                जन्मेको बच्चा छोरी भए ५ महिना र छोरा भए ६ महिनामा भात खुवाउने चलन छ । भात खुवाईमा समेत आफन्तहरुलाई बोलाई भोज खुवाउने पनि गरिन्छ । नाम जुरेका तीन जना कन्याहरुले बच्चाको बोली छिटो आवस भनेर बच्चालई भट्टराई चराको चुच्चोले भात खुवाइन्छ । भात खुवाईमा विभिन्न प्रकारका परिकारहरु तयार पारिन्छ ।

१०. चुडा कर्म (बर्तबन्ध)

                छोराको उमेर ३ बर्ष, ५ वर्ष अथवा ७ वर्षको उमेरमा चुडाकर्म गरिन्छ । चुडा कर्मको लागि पनि जैसीले नाम जुराउछन् । नाम जुरेको मामाले बच्चाको टाउकाको रौं निश्चित शुभ साइतमा काटी दिन्छन् र टोपी लगाइदिन्छन् ।

११. गुन्यू चोली दिने

                छोरीको उमेर ३ वर्ष, ५ वर्ष अथवा ७ वर्षमा गुन्यू चोली दिने चलन छ । यसरी गुन्यू चोली दिदा एकसरो चोली, लुङगी र घलेक बाबा आमाले छोरीलाई दिने र छोरीले शुभ साइत जुरेमा घरमै र नजुरेमा दोबाटोमा गई लगाउँने गरिन्छ । यो प्रचलन विस्तारै कम हुदै गएको छ ।

१२. विवाह

                यस गाविसमा बसोबास गर्ने जनजाति र दलितहरु दुबैमा मामाको छोरी विबाह गर्ने चलन छ । विवाह मागी र प्रेम दुवै हुने गर्दछ । पहिलो विबाहमा मागी वा प्रेम जे भए पनि तीन दिनको दिनमा सोधनी आउनु पर्ने चलन छ । सोधनी नआएमा खतबात लाग्ने हुन्छ । यसरी सोधनी ढिलो गरि अचानक माईतीसंग नव विबाहित केटाकटी भेट भएमा दोष लाग्छ भन्ने चलन छ । यसरी भेट भई हालेमा केटा पक्षले चुरोट मिठाई जस्ता केही न केही खानेकरा दिनु पर्छ । त्यति पनि नभएमा केटी पक्षले ढुङ्गाले हान्नु पर्छ भन्ने चलन छ । यसरी केटा पक्षले सोधनी ढिलो गरी आएमा माइती पक्षले आफुहरु अपहेलित भएको ठान्दछन् र यस पछि हुने कार्यमा रोक लगाउछन् । केटा पक्षले माफी मागेमा माफी दिने चलन छ । सोधनी आउदा कुटुम्बले कम्तीमा एक बोतल रक्सी लिएर आउनु पर्छ । केटी पक्ष मञ्जुर भएमा उक्त रक्सी दुवै पक्ष साथै बसी खाइन्छ र नव विवाहित केटा कटी र माइती पक्ष देखादेख गर्ने दिन तय गरिन्छ । केटी पक्ष मञ्जुर नभएमा केटाकेटी र माइती पक्ष देखादेख गर्ने दिन तय नभएसम्म यो कार्य दोहोरी रहन्छ । केटाकेटी र माइतीको देखादेख पछि ठेकी खुवाउने, ढोगभेट गर्ने कार्य हुन्छ । केटाकेटी र माइतीको देखादेख गर्ने दिनमै पनि माइती पक्षले ठेकी माग्न सक्छ । ढोगभेट भए पछि मात्र विबाह सम्पन्न भएको मानिन्छ ।

कतै कतै बहु विबाह गरेको समेत पाइन्छ । लोग्नेले बहु विबाह गरे पनि संगै बस्ने चलन छ । हाल बुहविबाह गर्ने चलन कमी हुँदै गएको छ । दोस्रो विबाह गर्ने प्रचलन महिलाहरुमा पनि छ । कतिपय महिलाहररु लोग्नेले अर्को श्रीमति लिएमा, बिधुवा भएमा महिलाहरुले दास्रो बिबाह गर्ने चलन छ । कतिपय महिलाहरुले पनि एकल विबाहमा समेत दोस्रो विवाह गरेको पाइन्छ ।

१३. मृत्यु

                यस गाविसमा बसोबास गर्ने हिन्दु र बौद्ध धर्मालम्बीहरुले मृत शरीर गाड्ने र जलाउने दुबै गर्दछन् । बौद्धहरुले हिन्दु संस्कार पुरोहित नराखी बौद्धकै वापा, मापा राख्ने प्रचलन रहेको छ । भने हिन्दु धर्ममा पुरोहित राखी १३ दिन सम्म क्रिया गर्ने चलन रहेको छ । जुठो बार्ने भने नुन खाए पनि १३ दिन नै गरिन्छ । हिन्दु संस्कारमा सेतो कपडा लगाई व्यक्तिको चाहना अनुसार ६ महिना र १ वर्षसम्म दुख बोक्ने चलन छ । दुर्घट्ना भई मरेको भए झाक्री लगाई सियो मार्ने चलन पनि छ ।  

Date: 1/19/2014 11:11:11 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

श्री बराह महोत्सव पूजा (मेला) २०७३

For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: 

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - भकुण्डे ६ स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम बहादुर थापा more..

भैरव उच्च मा. वि.

नाम - भैरव उच्च मा. वि.  अवस्थित - भकुण्डे ४ स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थ more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

भूगोल
नेपालको पश्चिमाञ्चल क्षेत्रको धवलागिरी अञ्चलमा पर्ने बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा रहेको भकुण्डे गा.वि.स.को कूल क्षेत्रफल १०.७८ बर्ग कि.मी रहेको छ । यस गा.वि.सको पूर्वमा पैयूँपाटा गा. more..

जनता प्रा. वि.
नाम - जनता प्रा. वि.  अवस्थित - भकुण्डे १ स्थापना - २०४६ संचालित कक्षा  - १-३ जम्मा विद्यार्थी - १९ जम्मा शिक्षक - ३ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोट more..