Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकुण्डेको कृषि अवस्था

an image

नेपालको विकासको मेरुदण्डको रुपमा कृषि पेशा र कृषि आयले लिएको हुनाले अघिकांश नेपालीहरुको कृषि पेशा नै प्रमुख पेशा भएको र झण्डै ६६ प्रतिशत जनता कृषिमा नै आस्रित रहेको कृषि तथ्यांकमा अधावधिक रहेको छ । यहाँका कृषकहरुले प्राय: परम्परागत एवं निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएको परिप्रेक्ष्यमा ब्यवसायिक एवं आधुनिक कृषि प्रणाली आजको आवश्यकता भएको छ । देशमा करिव ४०% कूल ग्राह्यस्थ उत्पादनमा कृषि क्षेत्रले ओगटेको सन्दर्भमा बागलुङ जिल्लामा झण्डै ८१% जनताहरू कृषि पेशामा नै संलग्न रहेको पाइन्छ । सदरमुकाम नजिकै रहेको भकुण्डेको कृषि विकासको सम्भावना र हाल शुरू गरिएका गतिविधिहरू ।

भकुण्डे गाविसका अधिकांश जनताहरूको प्रमुख आयश्रोत र पेशा कृषि नै रहेको छ । सदरमुकामको निकतमा रहेको भकुण्डे गाविस समुद्र सतह बाट ६००० मिटर देखि करिव २२०० मिटर सम्म रहेको छ । कूल क्षेत्रफल १६६२.३१ हेक्टर मध्ये ९५० हेक्टर क्षेत्रफल खेतयोग्य रहेको छ । पकेट क्षेत्रको रूपमा विस्तार गर्न सकिने सम्भावित क्षेत्र १५० हेक्टर मध्ये केवल २० हेक्टर सुन्तलाजात फलफूल १५ हेक्टर तरकारी बाली र बाँकी अन्य बालीहरूले ढाकेको छ र ६० मेट्रिक टन सुन्तला जात फलफूल र १९० मेट्रिक टन ताजा तरकारी उत्पादन भएको अनुमान गरिएको छ । घरायशी प्रयोजन गरेर केहि मात्रा स्थानीय बागलुङ बजारमा बिक्री वितरण भैरहेको छ । यसबाट साना कृषक एवं ब्यवसायिक कृषकहरूको राम्रो आयश्रोत बनेको छ । बजारको आपूर्ति अझै हुन सकेको छैन । तर कृषकहरू अझै पनि धान, मकै, कोदो जस्ता अन्नबाली मात्र लगाउने र ब्यवसायिक खेतीतर्फ उल्लेखनीय रूपमा अगाडि नबढ्नु पनि उक्त ठाउँको पछौटेपन तर्फ धकेलिने सम्भावना प्रशस्त देखिन्छ । परम्परागत र निर्वाहमुखी कृषि प्रणाली नै अपनाइरहेकाले ब्यवसायिक रूपमा आधुनिक खेती तर्फ अग्रसरता देखिएको छैन । आधुनिक कृषि प्रणालीका अभावले सम्भावित उत्पादित भन्दा कम उत्पादन गरेको पाईन्छ । तथापी परम्परगत खेति प्रणाली अपनाएर पनि तल्लो भु-भाग देखि माथिल्लो भु-भागमा विभिन्न हिउँदे, वर्खे, मौसमी, बेमौसमी वाली उत्पादनगरि जिविका निर्वाह गरेका छन् । साथै पशुपालन अन्तरगत बाख्रा, कुखुरा, भैसी, भेडा, सुगुर, गाई, गोरू, आदि पाल्दैआएका छन् । परम्परगत खेति प्रणालीहरू धान, मकै, कोदो, गँहु, जौँ, फापर, तोरी आदिको उत्पादन गर्दै आएका छन् ।

भकुण्डे क्षेत्रको भौगोलिक एवं आवहवाहको दृष्टिकोणले सबै खाले कृषिजन्य वस्तुहरूको उत्पादन गर्न सकिन्छ । तल्लो भू-भागदेखि माथिल्लो भाग सम्म बेग्लाबेग्लै कृषि उपजको उत्पादनको प्रचूर सम्भावना बोकेको यस क्षेत्रमा हिउँदे फलफूल (नासपति, आरू, आरूवखडा, खुर्पानी, ओखर, आदि) सुन्तलाजात फलफूल (सुन्तला, कागती, जुनार आदि) मौसमी तथा बेमौसमी तरकारी खेती, अदुवा, अलैची, खायन तथा बीउ आलु उत्पादन र मौरीपालन जस्ता ब्यवसायिक कृषि खेती प्रणालीको विकास गर्न सकिन्छ ।

यस क्षेत्रलाई सुन्तला जात फलफूल, मौरीपालन,बिउ आलु उत्पादन, तरकारी बिउ उत्पादन र ताजा तरकारी उत्पादनका लागि क्षेत्र विस्तार गरी विकास गर्नुपर्ने देखिन्छ ।

कृषि विकासका आधारभूत आवश्यकताहरू भौतिक पूर्वाधारको विकास, सडक एवं कृषि सडक, सिचाई, ग्रामीण विधुत र कृषि सामग्री (बिउ, मल, कृषि औजार, उपकरण आदि) हरूको सर्वसुलभ पहुँच आदिको कारण यस क्षेत्रका कृषकहरू कृषिमा उन्नत तथा आधुनिक प्रविधि तर्फ आकर्षित भै दिनप्रतिदिन ब्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख हुन आवश्यक रहेको पाइन्छ । सदरमुकामबाट नजिकै रहेको यस क्षेत्रमा ब्यवश्थित सुन्तला जात फलफूल बगैचा ब्यवश्थापन गरी उत्पादन बृध्दि गराइ स्थानीय स्तरको सेलर स्टोरमा भण्डार गर्न मात्र सके दिगो रूपमा आम्दानीको श्रोत बन्ने देखिन्छ । माथिल्लो भेगमा बिउ आलु उत्पादन गरी रष्टिक स्टोर निर्माण गरी भण्डारण गर्न सकेमा जिल्लाले वर्षेनी सयौ क्वीन्टलको परिमाणमा बिउ आलु बाहिरबाट ल्याउनुपर्ने तीतो यथार्थ ब्यहोर्नु नपर्ने र आन्तरिक श्रोतको स्थापना भै वाह्य जिल्लामा समेत निकासा गर्न सक्ने र यस क्षेत्रका कृषकहरूको प्रमुख आम्दानीको श्रोतको रूपमा विकास हुन सक्नुको साथै जिल्लाकै आम्दानीमा टेवा पुग्न सक्ने देखिन्छ । त्यस्तै यस क्षेत्रमा प्रशस्त तोरी खेती गर्न सकिने प्राकृतिक रूपमा मौरीको चरन तथा खर्क क्षेत्रहरूको अवस्थितिले गर्दा मौरीपालन ब्यवसायको प्रचुर सम्भावना छ । हाल परम्परागत तथा स्थानीय मुढे एवं खोपे घारमा मौरीपालन गर्दै आएकोमा उन्नत तथा आधुनिक घारमा मौरीपालन ब्यवसाय अवलम्बन गर्न सके यस क्षेत्रका कम तथा भूमिहिन कृषकहरूले पनि थोरै लगानिमा बढी भन्दा बढी आम्दानी लिन सकी स्वरोजगार बढ्न गै लिल्लाको आर्थिक उन्नतिमा सहयोग पुग्न सक्ने कुरामा कुनै दुईमत हुनै सक्दैन । यसरी नै कम आयतन र उच्च मूल्य प्रकृतिका तरकारी बिउ उत्पादनमा संलग्न हुन सकेमा कृषकहरूको आय आर्जनमा थप बृध्दि हुनुका साथै वैदेशिक बिउहरूको आयात प्रतिस्थापन गर्न सकिने प्रवल सम्भावना रहेको छ । यी बाहेक अन्न बाली, मसला बाली (अदुवा, बेसार, अलैची) र कफी उत्पादन गरी यस क्षेत्रको दिगो कृषि विकास र आम्दानीको राम्रो श्रोत बन्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।

तसर्थ यस क्षेत्रमा भौतिक पूर्वाधार विकासहरू भैरहेको परिप्रेक्ष्य र हरेक दृष्टिकोणले कृषि क्षेत्रको विकासको सम्भावना रहेको सन्दर्भमा यहाँका कृषकहरूले समुह पद्दति मार्फत सम्बन्धित लाइन एजेन्सीहरूको समन्वयमा सबै जातजाती, लिङ्ग, धर्म, विपन्न, असहाय र पिछडिएका वर्ग विशेषका कृषकहरूलाई समेत समेटी उच्च प्राथमिकताका साथ पकेट प्याकेजको अवधारणालाई अंगिकार गरी ब्यवसायिक कृषि प्रणाली अवलम्बन गर्नुपर्ने तड्कारो देखिन्छ । जसको लागि हामीले यहाँको माटोलाई चिन्न सक्नुपर्दछ, न कि आफ्नै माटोलाई चिन्न नसके संसारको कुनैपनि माटोलाई सजिलै चिन्न सकिन्न ।

धान, मकै, कोदो र गहुँ यहाँका प्रमुख वाली हुन् । आलु, मुला यँहाको प्रमुख नगदे वाली हुन् । सुन्तला, केरा र प्लम प्रमुख फलफुल खेती हुन् । विगत एक दुई वर्ष़ अगाडि देखि सुन्तला, केरा र प्लम फलफुल, आलु, मुला र गोलभेडा जस्ता तरकारी खेतीलाई व्यवसायिक खेतीको रुपमा विकास गर्ने प्रयास गरेको पाईन्छ। भैसी, वाख्रा, भेडा यहाँका प्रमुख पशुवाली हुन भने कुखुरापालन व्यवसायले व्यवसायिक रुप लिने प्रयास गर्दैछ । उनबाट राडी पाखी, धागोबाट खाडी र व्याग, बाँसबाट डोका, डाला, भकारी, टोकरी र काईयो बनाउने, काठबाट आरी, ठेकी, खुर्पेटो र मदुस, तामाका भाँडाकुँडा र फलामका औजार र भाँडाकुँडा बनाउँदै जीवन गुजारा गर्दै आएका छन् । बावियो र चोयाबाट डोरी र नाम्लो पनि बनाउने गर्दछन् । 

Date: 5/11/2012 3:58:10 अपराह्न :writer: Jivan Pulamee

Powered by Disqus

श्री बराह महोत्सव पूजा (मेला) २०७३

For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: 

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - भकुण्डे ६ स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम बहादुर थापा more..

भैरव उच्च मा. वि.

नाम - भैरव उच्च मा. वि.  अवस्थित - भकुण्डे ४ स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थ more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

Fascination Nepal
Welcome to Nepal

भकुण्डेको कृषि अवस्था
नेपालको विकासको मेरुदण्डको रुपमा कृषि पेशा र कृषि आयले लिएको हुनाले अघिकांश नेपालीहरुको कृषि पेशा नै प्रमुख पेशा भएको र झण्डै ६६ प्रतिशत जनता कृषिमा नै आस्रित रहेको कृषि तथ्यांकमा अधावधिक रहेको छ more..