
भकुण्डे गाउँ अञ्चल अस्पताल रहेको सदरमुकाम बागलुङ बजारबाट ३ घण्टा
मात्र टाढा रहेको ठाउँ हो।त्यहि कि साढे २ वर्षकी भूमिका थापालाई पेट
दुख्न थलेछ।उनि पेट दुख्यो भनेर रोई कराई गरिन।तर बा-आमा बाजे बज्यै
सबैले तैले जे पायो त्यही खाएर हो, भुटेको मकै खाने, बिस्कुट, चाउचाउ
खाएर टुस(ग्याष्ट्रिक) भएर हो, एक छिन पछि आफै सन्चो हुन्छ भनेर फकाई
फुल्याई गरेर राखेछन।त्यो दिन अनि रातमा उनि निदाउन सकिनन्, दुखाईको
कारणले।उनको घर भकुण्डे भए पनि पैयुपाटा गा.बि.स. नजिक बस्ने र
पैयुपाटा उप स्वा.चौ. नजिक पर्ने भएकोले भोलिपल्ट सो उप स्वा.चौ.मा
लगे।त्यहाको स्वस्थ्य कर्मिले उनलाई दुखाई कम गर्ने औषधि र जीवन जल
दिएर पठाए।औषधि खाए पनि उनको पेट दुखिनै रहयो।वाक वाक गर्ने र वान्ता
गर्ने भईनै रहयो।दोस्रो रात पनि उनि छटपट गरिरहिन निदाउन सकिनन्।घर
परिवार र छरछिमेकमा समेत चर्चा हुन थाल्यो कि यस्तो बिमार त देवि
देवता लागेर पनि हुन सक्छ।देवि देवता लागेमा औषधि खाँदा वान्ता हुन्छ
र खाए पनि देवि देवताले औषधि लाग्न दिदैनन्।अनि उनको अभिभावकहरुले
त्यो दिनभर लामा झाक्रिको खोजिमा लागे र झार फुक गरे।तर उनलाई बिमारले
झन साह्रो पार्दै गयो।रातभर उनि पेट दुख्यो भनि छटपटाई रहिन।उनको
अवस्था झन नाजुक हुदै गयो।चौठो दिन बिहान सबेरै बा-आमाले नानुलाई
बोकेर धौलागिरि अञ्चल अस्पतालतिर लागे।बिहान ८ बजे अस्पतालमा ल्याई
पुर्याए।बच्चा निकै सिकिष्ट देखिन्थ्यो।"कहा दुखेको छ नानु" भनेर
सोद्धा दाया तल्लो पेट(RIF)मा औल्यायो। मलाई लाग्यो कि यो त पक्कै पनि
एपेन्डिसाईटिस हुनु पर्छ। हामी कहा शल्यक्रिया गर्ने सुविधा छैन। हुनत
यहा भिडियो एक्सरे गरेर निष्चित निदान गर्न सकिन्थ्यो। तर यो प्रकृया
तर्फ लाग्दा ढिलो हुने थानेर मैले डाक्टर सा'बलाई नभनिकनै तुरुन्त
पोखरा लैजान भने।उनिहरु तुरुन्त पोखरा गए। पोखरामा डा. ध्रुव
अधिकारीले तुरुन्त अपरेशन गर्नु भएछ। उनको एपेन्डिक्स फुटिसकेको
रहेछ।उहाले भन्नु भएछकि, तपाईहरुले २ घण्टा अझै ढिला गर्नु भएको भए
बच्चा नबाँच्न सक्थ्यो। यो सुनेर मलाई आफुले समयमै अनुमानित निदान गरि
उपचार मा पठाउन सकेकोले बच्चा बाच्न सफल भयो भनि गर्वको अनुभव
भयो।
उदितकुमार थापा
अ.हे.व.,
संकेत नं.-१७५६७६
सेवा अवधि-११ वर्ष
धौलागिरि अञ्चल अस्पताल
बागलुङ
सम्पर्क ९८४७६२९६८३, mail:dhyangeetn@gmail.com
Date: 10/8/2012 7:34:25 पूर्वाह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..