ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज
वैशाख कृष्णपक्ष औंसी नेपालीहरूले मातातीर्थ औंसी (मातृऔंसीका) रूपमा
मनाउँदैछन् ।
आजका दिनलाई आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति
श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने
उल्लेख गरिएको पाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई
राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन
छ ।
आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा
दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् र कष्टकर काम
सम्झने गर्दछन् । शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण,
मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।
आजका दिन दिवङ्गत आमाको सम्झनामा थानकोटनजिक मातातीर्थमा ठूलो मेला
लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर
(विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् ।
मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै
वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चउर थियो । एकदिन एउटा
गोठालाले सो चउरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी
रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले
पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी
त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।
कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन
वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो
रोटी हराएन । यो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस
ठाउँमा आई आफ्ना छोराछोरीले दिएका चिजवस्तु खाँदा रहेछन् भन्ने
विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरे ।
यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँको कुण्डमा नुहाएर
मीठामीठा खाद्यवस्तु चढाई मातृदिवस मनाउन थालेका हुन् ।
Date: 5/9/2013 7:03:55 पूर्वाह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..